राष्ट्रिय परिचय पत्र कसरी बनाउने सम्पूर्ण जानकारी | How to make a National Identity Card

राष्ट्रिय परिचय पत्र (rastriya parichaya patra) कसरी बनाउने, प्रकृया गाह्रो होला कि भनेर सोची राख्नु भएको छ भने यो प्रकृया खासै गाह्रो हुँदैन । तपाईंको कागजातहरु सबै मिलेको खण्डमा केहि समयमा नै बायोमेट्रिक पूरा हुन्छ ।

bima

१. सबै भन्दा पहिले राष्ट्रिय परिचय पत्रका लागि विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिनुहोस् । तपाईंसँग कम्प्युटर/ल्यापटप छ भने तपाईं आफैले पनि भर्न सक्नुहुन्छ अथवा साईबरमा गएर पनि भर्न सक्नुहुन्छ ।

२. त्यसपछि त्यहाँबाट आफ्नो क्षेत्रका लागि तोकिएको राष्ट्रिय परिचयपत्र दिने केन्द्रमा बायोमेट्रिकको लागि आवश्यक कागजातसहित पुग्नुपर्ने हुन्छ । यहाँ पनि अनलाइन आवेदन भरिदिन्छ यदी तपाईंले भर्नु भएको छैन भने तर तपाईंले भर्नु भएको छ भने अलि छिटो काम सकिन्छ ।

३. आवश्यक कागजातहरू सक्कल नागरिकता, विवाह गरेको भएमा विवाह दर्ताको प्रमाणपत्र, बसाईंसराइ प्रमाणपत्र लैजानुपर्छ आदी लानु पर्ने हुन्छ । Documents required to make National Identity Card

४. अनलाइन आवेदन पूरा गरेपछि अनि तपाईंको कागजातहरु सबै रुजु भएपछी भित्र तस्वीर खिचाउने, बायोमेट्रिकको काम गरिन्छ । बायोमेट्रिक सकिसकेपछी तपाईंको सम्पूर्ण विवरण एउटा कागजमा प्रीन्त गरी तपाईंलाई दिईन्छ । त्यसमा तपाईंको सबै विवण ठीक छ, छैन हेर्न सक्नुहुन्छ र गल्ती छ भने सच्याउन पनि सक्नुहुन्छ ।

राष्ट्रिय परिचयपत्र कहाँ बनाउने

राष्ट्रिय परिचयपत्र नम्बर कसरी हेर्ने