राष्ट्रिय परिचयपत्र कहाँ बनाउने (rastriya parichaya patra kaha banaune) | Where to get National Identity Card

Rastriya parichaya patra kaha banaune – सबै भन्दा पहिले अनलाईन फर्म भर्नुपर्छ । अनलाईन फर्म भर्नको लागी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको ठाउँमा पनि भर्न सक्नुहुन्छ अथवा अनलाईन पनि भर्न सक्नुहुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाईटमा गएर आफैले पनि भर्न सक्नुहुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाईट www.donidcr.gov.np हो ।

bima

सबै भन्दा पहिले बायोमेट्रिक गराउने ठाउँ तपाईंको स्थानबाट कतिको नजिक पर्छ त्यो बुझ्न सक्नुहुन्छ ।

अनलाइनमा विवरण भरिसकेपछि तोकिएको ठाउँमा गएर बायोमेट्रिक गराउनु पर्छ । त्यस्पछी तपाईंको विवरण स्विकृत भएको केहि समय पछी (हप्ता अथवा महिना) तपाईंको मोबाईलमा तपाईंको राष्ट्रिय परिचयपत्रको नंम्बर एसएमएस आउँछ । एसएमएस आएको केहि समय (महिना) पछी राष्ट्रिय परिचयपत्र पनि छपिएर तयार हुन्छ ।

तपाईंलाई राहदानी बनाउन अथवा अन्य कामको लागी राष्ट्रिय परिचयपत्रको नंम्बर छिटो चाहिएमा राष्ट्रिय सभागृहमा जान सक्नुहुन्छ अथवा सम्बन्धित निकायमा बुझ्न पनि सक्नु हुन्छ । राष्ट्रिय परिचयपत्रको लागि थप जानकारी लिन ०१-५९७०४४९ मा फोन गरेर जानकारी लिन सक्नुहुन्छ अथवा वेबसाईट www.donidcr.gov.np मा पनि हेर्न सक्नुहुन्छ ।