बीमा भनेको के हो? बीमा सम्बन्धी सम्पूर्ण जानकारी क-ज्ञ | Bima bhaneko ke ho?

सबै जना भोलिका बारेमा अनभिज्ञ हुन्छन्, भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट बच्ने उपाय नै बीमा हो। बीमा अनिश्चित जोखिम व्यवथापनको औजार हो जस्ले तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो। बीमा भनेको भविष्यमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो। बीमाले जीवन तथा सम्पत्तिमा हुने हानि नोक्सानी विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ।

bima

बीमा एक प्रकारको सम्झौत हो जुन बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ। बीमा कुनै एक निश्चित अवधिका लागी गरिन्छ र उक्त अवधिमा विमितको (बीमा गर्ने व्यक्ति) क्षति भएको बीमकले (बीमा गरिदिने कम्पनी) क्षतिपूर्ति भुक्तानी गर्छन्। बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा कम्पनीले तोकिएको रकम निजको परिवार (हकवालालाई) उपलब्ध गराउँछ जस्ले गर्दा परिवारलाई आर्थिक राहत मिल्छ।

‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो, जसको अर्थ हुन्छ ‘भावार्थ’ अर्थात् ‘जिम्मेवारी लिनु’। त्यसैले बीमालाई जोखिम हस्तान्तरणको रूपमा व्याख्या गर्ने गरिएको छ।

बीमाका प्रकार (Types of insurance)बीमा तीन प्रकारका हुन्छन्।

१. जीवन बीमा (Life insurance)
२. निर्जीवन बीमा (Non-life insurance)
३. पुनर्बीमा (Re-insurance)

जीवन बीमा भनेको के हो? | Jeewan beema bhanaeko k ho? (What is health insurance?)

मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागी गरिन्छ। मानिसको जीवनमा आउन सक्ने विभिन्न समस्या वा विपत्तिहरु सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ। जीवन बीमा गर्दा तपाईंलाई करमा छुट पाउन समेत मद्दत गर्दछ। स्वास्थ्य समस्या भएको समयमा, आर्थिक बोझले झन तनाव हुन सक्छ। स्वास्थ्य बीमा एक प्रकारको बीमा हो जसले बिरामी वा चोटपटकका कारण हुने विभिन्न स्वास्थ्य खर्चहरू कभर गर्छ। जस्तै अस्पताल भर्ना खर्च, औषधिको आदि। स्वास्थ्य बीमा योजनाले तपाईंलाई समस्या परेको बेला यी अत्यधिक चिकित्सा खर्चहरूबाट जोगाउँछ।

जीवन बीमाका प्रकारहरु:

  • आजिवन बीमा (Whole life insurance)
  • सावधिक बीमा (Endowment life insurance)
  • म्यादी बीमा (Term life insurance)

क) आजीवन जीवन बीमा | aajiwan bima (Whole life insurance)

यो बीमा निश्चित अवधिका लागि गरिन्छ। आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बीमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ। बीमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ। यस्तो योजनामा बीमा अवधि सकिएपछि बीमितले बीमा शुल्क तिर्नु पर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन। यद्यपि बीमा अवधिअगावै बीमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ। यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ।

ख) सावधिक जीवन बीमा | Sawadhik niwan bima (Endowment life insurance)

निश्चित अवधिसम्ममा बीमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, बीमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो। यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बीमितले बीमाशुल्क बुझाउनुपर्छ। बीमा अवधि समाप्त भएपछि बीमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ। बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ। त्यस्तै, दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ।

ग) म्यादी जीवन बीमा | Myadi jiwan bima (Term life insurance)

सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ। बीमा अवधिसम्म बीमितले बीमाशुल्क भुक्तानी गर्छ। बीमा अवधिभित्रमा बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमांक रकम र बोनस प्राप्त गर्छ। तर, बीमा अवधिभित्रमा बीमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन। यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ। म्यादी जीवन बीमा जो कसैले पनि गर्न सक्छ, विशेष गरी वैदेशिक रोजगारमा जाने कामदारहरुले पनि म्यादी जीवन बीमा गर्छन् ।

नेपालमा जीवन बीमा कम्पनीहरूको सूची (List of life insurance companies in Nepal)

  1. National Life Insurance Company Limited
  2. Nepal Life Insurance Company Limited
  3. Life Insurance Corporation Nepal Limited
  4. Asian Life Insurance Company Limited
  5. IME Life Insurance Company Limited
  6. Reliable Nepal Life Insurance Limited
  7. Sun Nepal Life Insurance Company Limited
  8. Citizen Life Insurance Company Limited
  9. SuryaJyoti Life Insurance Company Limited
  10. Himalayan Life Insurance Limited
  11. Sanima Reliance Life Insurance Limited
  12. Prabhu Mahalaxmi Life Insurance Company Limited

निर्जीवन बीमा भनेको के हो? | Nirjiwan bima bhanaeko k ho?

निर्जिवन बीमा चल अचल सम्पत्ति सम्पत्तिको हानी नोक्सानीको जोखिमबाट मुक्त हुनका लागी गरिने बीमा हो।

निर्जीवन बीमाको प्रकारहरु:

  • अग्नि बीमा
  • सामुन्द्रिक बीमा
  • हवाई बीमा
  • सवारी साधन बीमा

क) सामुद्रिक बीमा

एक ठाउँबाट अर्को ठाँउ सामान लैजाँदा दुर्घना भएमा, समुद्री पर्यटन, वाणिज्यिक जहाज आदि सम्पत्तिहरूको हानि नोक्सानी बेहोर्ने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ।

ख) हवाई बीमा

हवाई यात्राहरू, हवाई दुर्घटनामा हुने जनधन र सामानको हानि नोक्सानी बेहोर्ने बीमालाई हवाई बीमा भनिन्छ।

ग) सवारी साधन बीमा

विभिन्न सवारी साधनहरु जस्तै मोटरसाइकल, कार, जिप, बस जस्ता सवारी साधनहरु दुर्घना, चोरी, आगलागि हुँदा हानि नोक्सानी बेहोर्ने बीमालाई सवारी साधन बीमा भनिन्छ।

घ) अग्नि बीमा

अग्नि बीमा एक प्रकारको बीमा हो जसमा आगोबाट हुने हानीलाई सुरक्षा गरिन्छ। यसको मुख्य उद्देश्य आग्लागीबाट हुने नोकसानबाट रक्षा गर्ने हो। अग्नि बीमा भनेको घर, कारखाना, औद्योगिक भवन, गोदाम, भवन भित्रका सामानहरु, मेशिनरी लगाएत स्थिर सम्पत्तिका (fixed assets) लागी आग्लागिबाट हुने क्षति न्युनिकारण गरिने बीमा हो। भविष्यमा आगलागि भएर केहि नोक्सान भएमा बीमा कम्पनिले क्षतिपूर्ति दिनेछ।

नेपालका निर्जीवन बीमा कम्पनीहरूको सूची (List of non-life insurance companies in Nepal)

  1. Rastriya Beema Company Limited
  2. Prabhu Insurance Company Limited
  3. NLG Insurance Company Limited
  4. Nepal Insurance Company Limited
  5. United Ajod Insurance Limited
  6. Sanima GIC Insurance Limited
  7. Neco Insurance Limited
  8. Himalayan Everest Insurance Limited
  9. Sagarmatha Lumbini Insurance Company Limited
  10. Shikhar Insurance Company Limited
  11. Siddhartha Premier Insurance Limited
  12. IGI Prudential Insurance Limited

पुनर्बीमा | Punarbima

बीमा कम्पनीहरूले आफूले बहन गर्न नसक्ने दायित्वको पुन अर्को कम्पनीसँग गर्ने बीमालाई पुनर्बीमा भनिन्छ।

लघुबीमा भनेको के हो? | Lagubima bhanaeko k ho?

लघुबीमा भनेको न्यून आय भएको वर्गका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गरिने बीमा नै लघुबीमा हो । बीमा कम्पनीहरुले पनि लघुबीमा गर्ने गर्दछन् । सामान्यता यसलाई सरल भाषामा बुझ्नको लागी हामीले बैकिङ्ग क्षेत्रको उदाहरणा लिन सक्छौं । बैकिङ्ग क्षेत्रमा लघुवित्त भने जस्तै बीमा क्षेत्रमा लघुबीमा हो । लघुबीमा भित्र जीवन, निर्जीवन बीमा गरिन्छ ।

बीमाका फाइदाहरू:

बचत – जीवन बीमा लाई बचतको रुपमा पनि लिन सकिन्छ तर यो बचत बैंकमा जस्तै जुनसुकै समयमा झिक्न भने पाईँदैन।
आर्थिक सुरक्षा – जीवन बीमा भनेकै आर्थिक सुरक्षा जस्ले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ।

ऋण सुविधा – बीमा गर्दा बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।

कर छुट – बीमा गर्दा बीमितले लाभ लिन सक्छन्, आयकर ऐनअनुसार बीमा गरेमा आयमा कर छुट हुने व्यवस्था छ।

परिवारलाई आफ्नो जीविका चलाउन सहयोग – कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अरुमाथि भर पर्नु पर्दैन। बीमा रकमले परिवारलाई आफ्नो जीविका चलाउन सहयोग हुन्छ।