डिजिटल मार्केटिङ्ग भनेको के हो? | What is Digital Marketing?

कुनै पनि वस्तु वा सेवालाई बिक्री गर्नको लागी अपनाईने तरिका, रणनितिहरुलाई हामी मार्केटिङ्ग भनेर बुज्छौं । उध्योगहरुको विकाससँग उत्पादित वस्तुहरुको बजारीकरणको (marketing) विकास भयो । मार्केटिङ्ग शुरुवातका दिनहरुमा र अहिले धेरै फरक छ ।

bima

मार्केटिङ्गलाई हामी दुई भागमा विभाजना गर्न सक्छौं अफलाईन मार्केटिङ्ग (offline marketing) र डिजिटल मार्केटिङ्ग व अनलाईन मार्केटिङ्ग (digital marketing) ।

अफलाईन मार्केटिङ्ग (offline marketing)

अफलाईन मार्केटिङ्गलाई हामी परम्परागत मार्केटिङ्ग भनेर बुझ्न सक्छौं । उदाहरणका लागी पत्रीकामा विज्ञापन, विभिन्न ठाउँमा गएर प्रचार प्रसार, होडिङ बोर्ड आदी ।

डिजिटल मार्केटिङ्ग (digital marketing)

प्रबिधिको विकाससँगै मार्केटिङ्गको नयाँ नयाँ तरिकाहरुको विकास हुँदै गए । सुचना प्रबिधिले गर्दा मार्केटिङ्ग सजिलो, कम खर्चिलो र लक्षिता वर्ग सम्म पुग्न सजिलो भयो । उदाहरणको लागी हामीले अफलाईन मार्केटिङ्ग गर्नु पर्दा पहिले विज्ञापनको लागी पैसा तिर्न जानु पर्‍यो, यता उता दौड धुपा पर्नु पर्‍यो तर डिजिटल मार्केटिङ्ग गर्न हामीले एउटा कोठामा बसेर कम्प्युटर, ल्यापटप वा मोबाईलबाट सजिलै गर्ने सक्छौं । फसबूकमा हामीले १ डलर लगभग नेपाली १०० भन्दा थोरै बढीमा विज्ञापन गर्न सक्छौं तर परम्परागता डिजिटल मार्केटिङ्गमा रु. १०० – १५० मा विज्ञापना गर्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।

यो डिजिटल मार्केटिङ्ग ठुलो व्यापार घरनालाई त अति उपयोगी छ नै साना व्यावसायीहरुलाई पनि वरदान सिद्ध भएको छ । त्यती मात्र हैन यो समाजका हरेक वर्ग, समुदायलाई उपयोगी छ । डिजिटल मार्केटिङ्ग कम खर्चमा लक्षित वर्ग सम्म पुग्न सकिन्छ जुन अरु परम्परागत मार्केटिङ्गमा संम्भव छैन । जस्तै कि तपाईंले आफ्नो उत्पादना कुन उमेरको लाई देखाउने, महिला मात्रलाई कि पुरुषलाई वा दुबै लाई, व्यापारिलाई कि जागिरमा सँलग्न व्यक्तिहरुलाई, काठमाडौं मा मात्र विज्ञापना देखाउने कि पोखरा मा वा देश भरिमा आदी नियन्त्रणा तपाईंको हातमा हुन्छ । जस्ले गर्दा विज्ञापना काम खर्चिलो र लगानिको प्रतिफल धेरै दिने खाल्को हुन्छ ।

डिजिटल मार्केटिङ्गका केहि उदाहरणहरुमा फेसबुक विज्ञापन, गुगल र युट्युब विज्ञापन, भिडियो ईसपोन्सर, चलेको वेब्साईटहरुमा गरिने विज्ञापन, SEO, ईमेल मार्केटिङ्ग आदी । डिजिटल मार्केटिङ्गलाई सरल तरिकामा बुझ्नु पर्दा, आफ्ना ग्राहकहरु माझ पुग्नको लागी कुनैपनि डिजिटल मिडिया जस्तै Search Engine (Google, Yahoo search, Bing, Duckduckgo etc), Social Media (Facebook, Pinterest, Reddit, Twitter, Linkedin, Quora), Website, E-mail आदि माध्यमहरुबाट विज्ञापन गरिन्छ भने त्यसलाई नै डिजिटल मार्केटिङ्ग भनिन्छ ।

डिजिटल मार्केटिङ्ग गर्ने तरिकाहरु

१. सामाजिक संजाल मार्केटिंग (social media marketing)
१. सामाजिक संजाल अपटिमाईजेसन (social media Optimization)
२. वेबसाइट (website)
३. सर्च इन्जिन अपटिमाईजेसन(search engine Optimization)
४. सर्च इन्जिन मार्केटिंग (search engine marketing)
५. लोकेल एसईओ (Local SEO)
५. इ-मेल मार्केटिंग (E-mail marketing)
६. इकमर्स एसईओ (E-Commerce SEO)
७. भिडियो एसईओ (Video SEO)
८. ईनफ्लुईन्सर मार्केटिंग (Influencer Marketing)
९. गेस्ट पोस्टिङ्ग Guest Posting
८. अफिलिएट मार्केटिंग (Affiliate Marketing) आदि

यदी हजुरहरुलाई कुनै कुरा थप प्रस्ट पार्नु पर्ने भएमा कमेन्ट गर्न सक्नुहुन्छ ।