वेबसाईट भनेको के हो ? यसका प्रकारहरु | What is a website? Its types

वेबसाईट (वेबसाईट) भनेको एक इलेक्ट्रोनिक पृष्ठ वा पृष्ठहरूको संग्रह हो । वेबसाईटको शुरुवाती दिनहरुमा यसको उद्देश्य भनेको प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट सूचना उपलब्ध गराउनु हो तर अहिले वेबसाईट भनेको मनोरन्जन देखी व्यापार धेरै क्षेत्रहरुमा यसको प्रयोग हुन थालेको छ। वेबसाइटहरूले एक संरचित रूपमा विशेष डोमेन (URL) राख्छन् जसका माध्यमबाट प्रयोगकर्ता उनीहरूले वेबसाइटलाई पहुँच गर्न सक्छन्।

bima

वेबसाईटले ब्राउज़रको (browser) माध्यमबाट प्रयोगकर्तालाई संदेश, जानकारी, मल्टिमिडिया सामग्री र अन्य सामग्री प्रदान गर्दछ। वेबसाइटहरूले विभिन्न उद्देश्यका लागि प्रयोग हुन सक्छन् जस्तै व्यापार, विज्ञान, सूचना, मनोरञ्जन, सोसल मिडिया, शिक्षा, सेवा प्रदान गर्ने आदि। वेबसाइटको डिजाइन वेब डिजाइनरले गर्दछ भने डेवलपरले कोडिङ्ग गर्छ । वेबसाइट डेवलपमेण्टको लागी विभिन्न प्लेटफर्महरू र प्रोग्रामिङ्ग भाषाहरूका माध्यमबाट विकसित हुन्छन्। वेबसाइटहरूले विभिन्न पृष्ठहरू, लिङ्कहरू, फ़ाइलहरू र सामग्रीहरू संग्रह गर्दछन् जुनलाई प्रयोगकर्ता पठाउन, हेर्न, डाउनलोड गर्न र प्रयोग गर्न ।

वेबसाईट बिभिन्न प्रकारका हुन्छन्

१. सामन्य वेबसाईट
२. वेब एपलिकेसन्

सामन्य वेबसाईट

सामन्य वेबसाईटलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ ईसट्याटिक वेबसाईट (static website) र डाईनामिक वेबसाईट (Dynamic website) ।

ईसट्याटिक वेबसाईट (static website)

यसको निर्माणमा (HMTL/CSS) को प्रयोग गरिएको हुन्छ । यो वेबसाईटमा भएको कुनै फोटो, लेख्, भिडियो थप्नु परेमा, हताउनु परेमा वा मिलाउनु परेमा (HMTL/CSS)को ज्ञान भएको मान्छेले मात्र गर्ने सक्छ वा भनौ वेब डेभलपर वा डिजाईनरले मात्र गर्न सक्छ । शुरुवातिका दिनहरुमा सबै वेबसाईटहरु ईसट्याटिक वेबसाईट (स्ततिक वेबसाईट) मात्र हुने गर्दथे ।

एकपटक वेबसाईट बनाईसकेपछी वेबसाईटको समाग्री फेरी रहनु नपर्ने अवस्थामा मात्र तो वेबसाईट उपयुक्तहुन्छ । यो बनाउन कम खर्चिलो हुन्छ ।

डाईनामिक वेबसाईट (Dynamic website)

यसमा वेबसाईट मालिकले आफैले यसमा भएको सामाग्री परिवर्तन गर्न सक्छ । यो वेबसाईट चलाउन कुनै टेकनिकल ज्ञान जस्तै (HMTL/CSS) जानु आवश्य हुँदैन । न्यूज वेबसाईट डाईनामिक नै बनाउनुपर्छ किनकी न्यूज वेबसाईटमा दिनदैन सामाग्री थपी रहनु पर्ने हुन्छ जुना डेभलपरलाई गराउनु सम्भव हुँदैन, सम्भव भए पनि वेबसाईट संचालन खर्छ बढी पर्ने जान्छ ।

वेब एपलिकेसन्

यो विशेष कार्यको लागी बनाईएको हुन्छ । केहि उदाहरण Facebook, Twitter, Netflix