कम्प्युटर सफ्टवेयर भनेको के हो? | What is computer software?

सफ्टवेयरहरूले कम्प्युटरलाई विभिन्न कार्यहरू गर्न मद्दत गर्छ, जस्तै डाटा प्रोसेसिङ्ग, डाटा संग्रह र संचालन, संचार, ग्राफिक्स आदि। प्रयोगकर्ताले दिएको कुन निर्देशनलाई कसरी सम्पन्न गर्ने भन्ने जानकारी सफ्टवेयरमा हुन्छ। सफ्टवेयर विभिन्न प्रकारका हुन्छन र मुल्यका आधारमा यसलाई पेड (paid) र फ्री (free) दुई प्रकारमा विभाजन गर्न सकिन्छ। फ्री सफ्टवेयरलाई opensource software पनि भनिन्छ जुन प्रयोग गर्दा कुनै शुल्क तिर्नु पर्दैन। यदी तपाईं कुनै सफ्टवेयर चोरी गरेर सितैमा प्रयोग गर्नुहुन्छ भने त्यसलै ओपन सोरसा सफ्टवेयर भन्ने मिल्दैन।

bima

कम्प्यूटर सफ्टवेयर विभिन्न प्रकारका हुन सक्छन् तर मुख्य गरी यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ:
१. सिस्टम सफ्टवेयर (System software)
२. एप्लिकेसन सफ्टवेयर (Application software)

सिस्टम सफ्टवेयर (system software)

कम्प्युटरको भित्री संरचनाको कार्य गर्ने सफ्टवेयर जस्तै कम्प्युटरलाई चलाउने, नियन्त्रण गर्ने र व्यवस्थापन गर्ने कार्य गर्ने सफ्टवेयरलाई सिस्टम सफ्टवेयर भनिन्छ।

एप्लिकेसन सफ्टवेयर (Application software)

एप्लिकेसन सफ्टवेयर भन्नाले यसतो सफ्टवेयर हो जुन बनाउनुको पछडी एउटा निश्चित उद्देश्य हुन्छ। कुनै काम गर्नको लागी बनाइएको सफ्टवेयरलाई एप्लिकेसन सफ्टवेयर भनिन्छ।