कम्प्युटर भनेको के हो? (computer bhaneko k ho) | What is a computer?

कम्प्युटर एक इलेक्ट्रॉनिक मानव निर्मित उपकरण हो जसले डाटा प्रोसेस गर्न, संचित गर्न र निर्धारित कार्यहरू पूरा गर्न सक्छ। यो उपकरण सूक्ष्म सर्किटहरू, मेमोरी, प्रोसेसर, इनपुट उपकरणहरू (जस्तै कि किबोर्ड र माउस), आउटपुट उपकरणहरू (जस्तै कि मोनिटर, प्रिन्टर) आदि शामिल छन्। कम्प्युटरलाई नेपाली भाषामा “सुशाङख्य” भनिन्छ। कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो जस्को अर्थ गणना गर्नु हो। यो उपकरणले जटिल कार्यहरुलाई पनि क्षणा मै गर्न सक्दछ। शुरुका दिनहरुमा कम्प्युटर निकै ठूलो हुने गर्दथ्यो।

bima

चालर्स बेवेजलाई कम्प्युटरको पिता भनिन्छ जसले एनालाईटिकल इन्जीन बनाए। आधुनिक कम्प्युटरको विकास एवाकसबाट (Abacus) भएको हो जुन हिसाब गर्नका लागी प्रयोग हुने यन्त्र हो। सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने बिधुतिय यन्त्र भन्ने बुझिन्थियो।

कम्प्युटर दुई वटा भागहरु मिलेर बनेको हुन्छ हार्डवेयर र सफ्टवेयर। हार्डवेयर भनेको हामीले छुन सकिने वस्तु हो र सफ्टवेयर भनेको हामीले छुन नसकिने तर सफ्टवेयर विना हार्डवेयरले केही कार्य सञ्चालन गर्न पनि सक्दैन। कुनै सफ्टवेयर हामीले देख्न र छुन सकिदैन तर यसले आन्तरिका रुपमा कार्य गरिरहेको हुन्छ। यसमा धेरै भन्दा धेरै डाटा भण्डार गर्न सक्ने क्षमता हुन्छ। कम्प्युटरमा हुने हार्डडिसक्मा डाटा भन्डारण गरिन्छ । कम्प्युटरले इन्पुटका (input) रूपमा डाटा लिन्छ र त्यो इन्पुट तथा निर्देशनहरूलाई प्रशोधन गरी आउटपुटका (output) रूपमा प्रयोगकर्ताहरुले खोजेको नतिजा दिने कार्य गर्दछ ।