बनेपाको पुरानो नाम के थियो? (Banepa ko purano naam) | old name of Banepa

बनेपा व्यपारिहरुको थलो हो । ‘बने’ भन्नले व्यापार र ‘पा’ भन्नले बस्ती भन्ने अर्थ हुन्छ । हामीले ईतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने, विभिन्न काल खण्डमा यो ठाउँलाई विभिन्न नामले चिनिने गर्दथ्यो भन्ने कुरा स्पष्ठ हुन्छ । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई “बनिंयप्य” उल्लेख गरिएको छ भने बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं । ४८५ को एउटा ताडपत्रमा बनेपालाई “विनयापुरी” उल्लेख गरिएको पाइन्छ । त्यस्तै गरी बनेपालाई वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो ।

bima

यस क्षेत्रमा बसोबास गर्ने नेवा समुदायले भोंदे अथवा भ्वत भन्ने गरिन्छ । बनेपा र भोट बीच व्यापारिक करोबार हुने भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । काठमाडौंका पुराना बुढा पाकाहरुले बनेपालाई अझै पनि भ्वत नै भन्ने गर्छन् ।