इन्टरनेट भनेको के हो? र यसको महत्व | What is Internet? and It’s importance

इन्टरनेट भनेको के हो (Internet bhaneko k ho)?

इन्टरनेट कम्प्युटरहरुको एक बिश्वब्यापी सञ्जाल (नेटवर्क) हो जस्ले विश्वभरिका लाखौं कम्प्युटरहरू र नेटवर्कहरू जोड्ने काम गर्दछ। यो विश्वभरी रूपमा जडान गरिएको एक विशाल नेटवर्क हो। इन्टरनेटले विविध रुपमा सेवा प्रदान गर्दछ जसमा इमेल, वेबसाइटहरू, सामाजिक सञ्जाल, अनलाइन खेल आदि समावेश गरिन्छ। सूचना प्रविधिको क्षेत्रमा आएको तिब्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट नै हो जसलाई एक अपरिहार्य पूर्वाधारको रूप लिन सकिन्छ। इन्टरनेटले निजी, सार्वजनिक, शैक्षिक, व्यापार र सरकारी असंख्य उपकरणहरू, नेटवर्कहरू सँगै लिंक गर्दछ। इन्टरनेट संसारभरि हजारौं साना नेटवर्कहरू सामिल भएर बनिएको हो त्यसकारण इन्टरनेटलाई नेटवर्क अफ नेटवर्क पनि भनिन्छ।

इन्टरनेट को महत्व (Internet ko mahato)

इन्टरनेटले सूचना पहुँचको सुविधा प्रदान गर्दछ, विश्व बजारमा पहुँच प्रदान गर्दछ। इन्टरनेटको साहयताले विश्वभरी बसेका व्यक्तिसँग इमेल, च्याट, भिडियो कल मार्फत संवाद गर्न सकिन्छ, समाजिक सञ्जालहरूमा सहभागी बनाउँछ। इन्टरनेट एक अपरिहार्य पूर्वाधार हो जुन संचार, मनोरन्जन, शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा अभिन्न अंगको रूपमा प्रयोग भइरहेको छ।

इन्टरनेट का फाइदा र बेफाइदा

इन्टरनेटका फाइदा:

  • सुविधा र समयको बचत: इन्टरनेटले हामीलाई सुविधा र समयको बचत प्रदान गर्दछ। यसको अध्ययन, विश्लेषण, खोजी, विपणन, वित्तीय सेवा, खेल, व्यापार र मनोरञ्जनमा मद्दत हुन्छ।
  • सूचना पहुँच: इन्टरनेटले सूचना पहुँचको सुविधा प्रदान गर्दछ, जसले हामीलाई विविध विषयमा जानकारी दिन्छ।
  • सम्प्रेषण र सम्बन्ध संवाद: इन्टरनेटले हामीलाई दूरसंचारको सुविधा प्रदान गर्दछ, जसले विश्वभरी बसेका मानिसहरूसँग सम्पर्क र सम्बन्ध संवादमा मद्दत गर्दछ।
  • विश्वव्यापी व्यापार, अनलाइन सेवा र ई-वाणिज्य : इन्टरनेटले व्यापारमा विश्वसम्मको बाजार पहुँच प्रदान गर्दछ र अनलाइन व्यापारको सुविधा प्रदान गर्दछ।
  • शिक्षा र ज्ञान: इन्टरनेटमा विशाल ज्ञान र सिक्षा स्रोतहरू उपलब्ध छ।

इन्टरनेटका बेफाइदा:

  • असतर्कता: इन्टरनेटमा असतर्कता र असत्य जानकारीले हामीलाई बेफाइदा गर्दछ।
  • गोपनीयता खतरा: इन्टरनेटमा हाम्रा व्यक्तिगत जानकारीहरूको गोपनीयताको खतरा छ।
  • साइबर अपराध: इन्टरनेटको माध्यमबाट हुने अपराधको खतरा।