धुलिखेल-पर्यटन

धुलिखेल पर्यटन | Dhulikhel Tourism

धुलिखेल नेपालको मध्य पूर्वी भागमा स्थित धुलिखेल नगरपालिका, काभ्रे पालाञ्चोक जिल्लामा स्थित एक शहर हो जुन काठमाडौं उपत्यकाबाट नजिकै छ। काठमाडौं नजिकै घुम्न जानेहरूको पहिलो रोजाइमा पर्ने गर्छ काभ्रेको धुलिखेल। धुलिखेलको प्राकृतिक सौन्दर्यको कारणले यो स्थान पर्यटनीय रूपमा प्रसिद्ध छ। धुलिखेलले प्राचीन धरोहर, प्राकृतिक सौन्दर्य, धुलिखेलको पुरानो बजार, ऐतिहासिक स्थलहरू, विहारहरू, पुरातात्विक घर, धार्मिक स्थलहरूको लागि ख्याति प्राप्त गरेको छ।

साहसिक पर्यटनको नयाँ गन्तव्य ‘धुलिखेल’

जीपलाइन

करिब २ मिनेट झुण्डिएर चरा झै उडेर डाँडा वारिपारि, एउटा डाँडोबाट अर्को डाँडामा पुगिन्छ। धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ ।

प्याराग्लाइडिङ

साहसिक पर्यटनका पारखीहरुले धुलिखेलको देविस्थानडाँडाबाट प्याराग्लाइडिङ उडान गर्न सकिन्छ। हाल प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान शुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ ।

राष्ट्रिय विभूति बलभद्र कुँवर धुलिखेलको भमरकोटमा जन्मिएको भन्ने तथ्य फेला परेको छ।

धुलिखेल बिहान पुगेर बेलुकी काठमाडौं फर्किन सकिने सजिलो ठाउँ हो तर यहाँ बास बस्नेको लागी सुबिधा सम्पन्न लज, रिसोर्ट, होटलहरु पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *