इमेल भनेको के हो? (email bhaneko k ho) | What is email?

“इमेल” भनेको “इलेक्ट्रोनिक मेल” (Eletronic Mail) को सङ्क्षेपिक रूप हो। यसले डिजिटल रूपमा चिठ्ठी, डोकुमेन्ट, तस्वीर र अन्य फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा, एउटा मोबाईलबाट अर्को मोबाईलमा वा डेभाइसमा पठाउँछ । इमेल हुलाक चिठ्ठी जस्तै हो, यसको प्रयोग गरेर इमेल एड्रेस भएका व्यक्ति/संस्थहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ। यसको हुलाक चिठ्ठी गति धेरै गुणा छिटो हुन्छ। हुलाक चिठ्ठी भौतिक रुपमा आदान प्रदान हुन्छ भने इमेल विद्युतिय माध्यमबाट हुन्छ ।

bima

हामीले दैनिक प्रयोग गर्ने इमेलमा नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन् र त्यस्तो इमेललाई स्पाम भनिन्छ ।

जिमेल भनेको के हो?

जीमेल गूगलले Google प्रदान गरेको नि:शुल्क इमेल सेवा हो।

इमेल पठाउने तरिका

  1. इमेल खाता बनाउनुहोस्: पहिलोपटक इमेल पठाउनको लागि, तपाईंले एउटा इमेल खाता बनाउनुपर्छ। यसको लागि विभिन्न ईमेल सेवाहरू छन् जस्तै Gmail, Yahoo, AOL आदि। तपाईंको खाता तयार भए पछि, तपाईंले इमेल पठाउन सक्नुहुन्छ।
  2. लगिन गर्नुहोस्: तपाईंको ईमेल खातामा लगिन गर्नुहोस्।
  3. नयाँ सन्देश लेख्नुहोस्: तपाईंले ईमेल अकाउंटमा लगइन गरेपछि, नयाँ सन्देश लेख्नका लागि “Compose” वा “New” बटनमा क्लिक गर्नुहोस्।
  4. प्राप्तकर्ता सेट गर्नुहोस्: सन्देशको प्राप्तकर्ता(हरू)को ईमेल अड्रेसहरू टाइप गर्नुहोस्। तपाईं प्राप्तकर्ताहरूको ईमेल अड्रेस टाइप गरेपछि, संदेशको विषय र सन्देशको मुख्य भाग टाइप गर्नुहोस्।
  5. अटाचमेन्ट: यदि तपाईंले कसैलाई फाइलहरू (documents), फोटो पठाउन चाहनुहुन्छ भने, तपाईं ईमेलमा अटाचमेन्ट थप्न सक्नुहुनेछ। अटाचमेन्ट थप्नका लागि “Attach” वा “Add Attachment” मा क्लिक गर्नुहोस्।
  6. ईमेल पठाउनुहोस्: सबै तयार भएपछि, तपाईं ईमेल पठाउनका लागि “Send” वा “Send Email” बटनमा क्लिक गर्नुहोस्।

इमेलको फाइदा

इमेलले अनेक सुविधाहरू प्रदान गर्दछ र दैनिक जीवन, व्यवसायलाई धेरै फाइदा पुर्याउँछ। केहि महत्त्वपूर्ण इमेलको फाइदा निम्नलिखित हो:

सजिलो तरिकाले सन्देश पठाउन: इमेलले तपाईंलाई सजिलो तरिकाले सन्देश पठाउँन मद्दत गर्छ।

फाइलहर पठाउन: इमेलमा तपाईं फाइलहरू पठाउन सक्नुहुन्छ, जसमा भिडियो, फोटो, डोकुमेन्ट, स्प्रेडशीटहरू, आदि रहेका हुन्छन्।

गोपनीयता: इमेलले गोपनीयता प्रदान गर्दछ र तपाईंले जसलाई पठाउँन खोज्नु भएको हो सिधै त्यो व्यक्तिकोमा पुग्छ ।

अनलाइन व्यापार: इमेलले व्यापारिक क्रियाकलापमा प्रयोग हुन्छ, जसले आफ्नो ग्राहकहरूसँग संवाद गर्न र न्यूजलेटर मार्फत उनीहरूलाई नयाँ प्रोडक्टहरूको अपडेट प्रदान गर्न सक्दछ।

अनलाइन मार्केटिङ: व्यापारिक क्षेत्रमा इमेलले विज्ञापन, अफरहरूको बारेमा सूचना दिन सक्छ।

यो मात्र केहि उदाहरणमात्र हो, र इमेलले विभिन्न विधाहरूमा तपाईंको जीवनलाई सजिलो बनाउँछ।