कम्प्युटर नेटवर्क भनेको के हो? | What is a computer network?

कम्प्यूटर नेटवर्क दुई वा दुई भन्दा बढी कम्प्युटर प्रणालीहरूको संग्रह हो जुन एकसाथ जोडिएको हुन्छ र एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट चलाउन सकिन्छ । एक प्रणाली हो जसले दुई वा सोभन्दा बढी कम्प्युटरहरूलाई आपसमा केबल वा ताररहित (wireless) माध्यमबाट जोड्नुलाई नेटवर्क भनिन्छ ।

bima

नेटवर्क प्रकारहरु

लोकल एरिया नेटवर्क Local area network (LAN)

आकारका हिसाबले यो अरु नेटवर्कहरु भन्दा सानो हुन्छ । नेटवर्कहरु मध्ये सबैभन्दा सानो नेटवर्कलाई लोकल एरिया नेटवर्क (Local area network) भनिन्छ । सानो दुरीसम्म यो नेटवर्क फैलिएको हुन्छ। यो प्रणाली धेरै जस्तो विभाग, सानो कार्यलय, स्कुल्, कलेजमा प्रयोग गरिएको हुन्छ। यसलाई Local area network (LAN) पनि भनिन्छ। LAN सन् १९६० मा कलेज, विश्वविद्यालय र अनुसन्धान सुविधाहरू (जस्तै NASA) द्वारा प्रयोगको लागि विकास गरिएको थियो । यसलाई विकास मूल उद्देश्य भनेको एउटा कम्प्युटरहरूलाई अन्य कम्प्युटरहरूमा जोड्नु हो। आजको दिन सम्म आईपुग्दा ल्यान (LAN)को प्रयोग व्यवसाय र विद्यालयहरूमा मात्र सिमित छैन, यसको प्रयोग रेस्टुरेन्ट, कफी सप, पसल र घरमा पनि प्रयोग गरिन्छ। सामान्यतया, दुई प्रकारका ल्यानहरू (LANs) छन्: क्लाइन्ट/सर्भर ल्यान (client/server LANs) र पियर-टु-पियर ल्यान (peer-to-peer LANs)।

मेट्रोपोलिटन एरिया नेटवर्क Metropolitan Area Network (MAN)

मेट्रोपोलिटन एरिया नेटवर्क भन्नले एउटा कम्प्यूटर नेटवर्क हो जसले दुई वा दुई भन्दा बढी लोकल एरिया नेटवर्कहरूलाई Local area network (LAN) समेटेर ठूलो आकारको नेटवर्क बनेको छ भने त्यस्तो नेटवर्कलाई मेट्रोपोलिटन एरिया नेटवर्क भनिन्छ । यसतो प्रकारको नेटवर्क एउटा कोठा, विभाग, भवनमा मात्र सिमित नभएर कुनै शहरमा फैलेको हुन्छ । मेट्रोपोलिटन एरिया नेटवर्कले महानगरीय एरिया भित्र कम्प्यूटरहरूलाई जोड्ने काम गर्दछ । यो नेटवर्क एउटा ठूलो शहर वा धेरै शहरहरू वा धेरै भवनहरू भएको कुनै पनि ठूलो एरिया हुन सक्छ। यो नेटवर्क ठुला कार्यालयहरु जस्तैः बैङ्क, विश्वविद्यालयहरुले प्रयोग गर्ने गरेको पाइन्छ। यसलाई Metropolitan Area Network (MAN) भनिन्छ। मेट्रोपोलिटन एरिया नेटवर्क लोकल एरिया नेटवर्क (LAN) भन्दा ठूलो तर वाइड एरिया नेटवर्क (WAN) भन्दा सानो हुन्छ।

वाइद एरिया नेटवर्क Wide Area Network (WAN)

वाइद एरिया नेटवर्क भन्नले ठूलो भौगोलिक क्षेत्रलाई समेटेको नेटवर्कलाई वाइद एरिया नेटवर्क भनिन्छ। कुनै एउटा देशको क्षेत्रमा मात्र सिमित नभई विभिन्न देशको विभिन्न नेटवर्कसँग संजाल कायम गरी विश्वव्यापी संजाल बनेको नेटवर्क हामीले बुझ्न सक्छौं। यसलाई Wide Area Network (WAN) भनिन्छ। इन्टरनेटलाई विश्वको सबैभन्दा ठूलो WAN मानिन्छ। वाइद एरिया नेटवर्कले धेरै स्थानहरू र विश्वभरबाट उपकरणहरूलाई जोड्ने काम गर्दछ।