सगरमाथाको बारेमा (Sagarmatha ko barema) | About Mount Everest

हाम्रो देशको पहिचान, विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित छ। सगरमाथा समुन्द्री सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) उचाईमा छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। यो भन्दा अघि पनि अरु मानिसहरुले सगरमाथा चढ्ने प्रयास गरेका थिए तर सफल हुने सकेको थिएन। विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पटक मानवले पाइला टेकेको ५० वर्ष पुगेको दिन २०६० जेठ १० (२९ मे ,२००३) मा नेपालमा सगरमाथा स्वर्ण महोत्सव मनाइएको थियो।

bima

सगरमाथाको (Sagarmatha ko barema) नामकरण, सगरमाथाको नाम कसरी राखिएको हो ?

स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ (Chomolongma) भन्दछन्। इतिहास शिरोमणि बाबुराम आचार्यले नेपाली भाषामा यसको नाम सगरमाथा राखेका हुन। उनले यस पर्वतको नेपाली नाम ‘शारदा’ नामक पत्रिकामार्फत गरेका थिए। उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्। यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। सगरमाथालाई सन १८६५ मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो।

सगरमाथा आरोहण गर्ने पहिलो महिला को हुन ?

सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला जापानी पर्वतारोही जुनको ताबेई हुन्। उनी मे १६, १९७५ मा सगरमाथाको शिखरमा पुगेकी थिइन्। जुनको ताबेईको जन्म २२ सेप्टेम्बर १९३९ मा मिहारु, फुकुशिमा, जापानमा भएको थियो। उनी जापानी पर्वतारोही, लेखक र शिक्षक थिइन्।

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला को हुन ?

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन्, उनले अप्रिल २२, १९९३ मा साउथ ईस्ट रिज मार्ग हुँदै सगरमाथा आरोहण गर्न सफल भए। उनले यसअघि पनि तीन पटक सगरमाथा आरोहण गर्ने प्रयास गरिन् तर सफल भएनन्। पासाङ ल्हामु शेर्पाको जन्म १६ डिसेम्बर १९६१ मा सोलुखुम्बुमा भएको थियो । उनको विवाह ल्हाक्पा सोनम शेर्पासँग भएको थियो। सगरमाथाको चुचुरोबाट ओर्लने क्रममा अचानक मौसम खराब भएपछि सगरमाथाको चुचुरोमा पुग्ने पहिलो नेपाली महिलाको निधन भएको थियो।

सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी महिला

सगरमाथाको चुचुरोमा पुग्ने पहिलो अमेरिकी महिला स्टेसी एलिसन हुन्। उनी सेप्टेम्बर २९, १९८८ मा सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी महिला हुन्। उनको जन्म १९५८ मा भएको थियो। एलिसनले २१ वर्षको उमेरमा ओरेगन स्टेट युनिभर्सिटीमा जीवविज्ञान पढ्दै गर्दा आरोहण सुरु गरे।

बिना अक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो महिला

१९८८ मा अक्सिजन बिना नै सगरमाथा आरोहण गर्ने पहिलो महिला लिडिया पौनामु ब्राडे हुन्। उनको जन्म ९ अक्टोबर १९६१ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा भएको थियो। उनी पर्वतारोही र माउन्टेन गाइड हुन् । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्ने र ६ पटक सगरमाथा आरोहण गर्ने एकमात्र न्युजिल्याण्डका ब्राडी हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको दृष्यलाई सुन्दर बनाउँछन्। यसमा सगरमाथा जस्तै पुमोरी, चो ओयु, ल्होत्से, ग्याच्युङ काङ, थमसेर्कु, कांगटाइगा, क्वाङ्दे र आमा दाबलाम जस्ता महत्वपूर्ण चुचुराहरू छन्। सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई रामसार सूचीमा समावेश गरिएको छ। यो १,१४८ वर्ग किलोमिटर क्षेत्रफल भएको वन्यजन्तु आरक्ष हो । यहाँ दुर्लभ प्रजातिका वनस्पति, जनावर र चराहरू पाइन्छ। यस राष्ट्रिय निकुञ्जमा गुराँस, सल्ला, धुपी, भोजपत्र, हेमलक आदी जातका रुखहरू र मृग, रेड पाण्डा, हिउँ चितुवा, डाँफे, कालिज लगायत थुप्रै प्रजातिका वन्यजन्तु र चराहरू पाइन्छन्। यो युनेस्को विश्व सम्पदा साइटमा सूचीबद्ध छ।