सामाजिक सञ्जाल भनेको के हो

सामाजिक सञ्जाल भनेको के हो? | What is social media?

सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विश्वभरि फैलिएको प्लेटफर्म हो जसमा व्यक्तिहरूले आफ्नो विचार, जानकारी, फोटो, भिडियो, लिंक आदि राख्न सक्छ। यसले व्यक्तिहरूलाई विश्वव्यापी जोड्ने काम गर्दछ। सामाजिक सञ्जालको प्रयोग व्यक्तिगत, व्यापारिक, सामाजिक उद्देश्यका लागि गरिन्छ। सामाजिक सञ्जालका उदाहरणहरूमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, लिंक्डइन, स्नैपच्याट, टिकटक, युट्युब, व्हाट्सएप, टेलिग्राम आदि छन्। यसले संचार, जानकारी प्राप्ति, रोजगार, व्यवसाय, राजनीति, शिक्षा, मनोरन्जन आदी विभिन्न क्षेत्रहरुमा प्रभाव पार्दछ गर्दछ।

सामाजिक सञ्जालको फाइदा (Pros) र बेफाइदा (Cons)

फाइदा (Pros):

  • संचार: सामाजिक सञ्जालबाट व्यक्तिहरूले विचार, अनुभव, जानकारी आदि बाड्न सक्छ, जसले संचारमा मद्दत पुर्याउँछ।
  • व्यवसाय र प्रचार: व्यवसायहरूले सामाजिक सञ्जाललाई प्रचार आदिका लागि प्रयोग गर्दछ।
  • जानकारी प्राप्ति: विश्वभरि भएका खबर, जानकारी, घटनाहरूको समाचार प्राप्त गर्न मद्दत गर्दछ ।
  • समुदाय र नेटवर्किङ: सामाजिक सञ्जालले आफ्नो आफन्त, पुराना साथीहरु, समुदायसँग जोड्न मद्दत गर्द्छ।
  • सामाजिक परिवर्तन: सामाजिक सञ्जालले समाजमा परिवर्तन गर्न मद्दत पुर्याउँछ, जसले सामाजिक सुधार गर्दछ।

बेफाइदा (Cons):

  • गोपनीयता: सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयता खोसिन सक्छ । आफ्नो व्यक्तिगत जानकारीहरू गोप्य नहुने खतरा हुन सक्छ।
  • गलत खबर: कहिले काहिँ सामाजिक सञ्जालमा प्रकाशित जानकारीहरू अवास्तविक पनि हुन सक्छ, जसले गलत जानकारीको प्रसारण गर्दछ।
  • समयको खर्च: सामाजिक सञ्जालको प्रयोगले समय बितेको थाहा नै हुँदैन, जसले गर्दा अन्य कामहरूबाट बाधा पुग्न सक्छ।

सामाजिक सञ्जालको प्रभाव

सामाजिक सञ्जालले समाज, व्यक्तिगत जीवन, व्यवसाय आदि क्षेत्रमा विभिन्न प्रभाव परेको हुन्छ। सामाजिक सञ्जालको प्रभावले व्यक्तिहरूको जीवन, समाज, राजनीति, व्यवसाय, शिक्षा आदि बिषयमा महत्त्वपूर्ण सकारात्मक परिवर्तनहरू गरेको छ। यहाँ केहि प्रभावहरुका बारेमा केहि कुरा गरौं:

संचार र समुदाय: सामाजिक सञ्जालले मानवजातिमा संचारको नयाँ दिशा प्रदान गरेको छ। मानिसहरूले आफ्ना विचार, भावनाहरू पोख्छन्, जसले आफ्नो विचार मिल्ने समुदाय सित जोडिन वा समर्थन प्राप्त गर्न मद्दत पर्छ।

व्यवसायिक परियोजना र ब्राण्डिङ: व्यवसायीहरूले सामाजिक सञ्जालको प्रयोगलाई आफ्नो ब्राण्ड प्रबर्धन गर्नका लागि प्रयोग गर्दछ। यसले उनीहरूको व्यापार व्यवसाय वृद्धि गर्न मद्दत गर्दछ।

सामाजिक परिवर्तन: सामाजिक सञ्जालले समाजमा परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निभाउँछ। यसले विभिन्न समाजिक मुद्दामा जागरूकता पैदा गर्दछ र समर्थन, विरोध प्राप्त गर्दछ।

राजनीति: सामाजिक सञ्जालले राजनीतिकमा पनि प्रभाव पार्दछ।

शिक्षा: सामाजिक सञ्जालले कुनै पनि क्षेत्रको ज्ञान प्राप्त गर्ने अवसर पनि बढाउँछ। यसले विभिन्न विषयका जानकारी, शैक्षिक सामग्री, अनुसन्धान तथा खोजका उपलब्धिहरु पाउन मद्दत पुर्याउँछ। समूहमा रहेर कुनै विष्यमा छलफल गरी आफ्नो ज्ञानको सिमा बढाउन सकिन्छ ।

सामाजिक सञ्जालको चुनौती

सामाजिक सञ्जालले सकारात्मक कुराहरु मात्र हैन चुनौतिहरू पनि ल्याएको छ र कहिले काहिँ विभिन्न प्रकारका समस्याहरू पनि पैदा गर्दछ। सामाजिक सञ्जालले व्यक्तिहरूको व्यक्तिगत जानकारी दुरुपयोगा हुने खतरा पनि छ । सामाजिक सञ्जालमा असत्य जानकारी, गलत सूचनाबाट हामी सधैं टाढा रहनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *