विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु | UNESCO world heritage sites in Nepal

युनेस्कोले नेपालका १० ऐतिहासिक स्थललाई विश्व सम्पदा सूचीमा (bishwo sampada suchi) राखेको छ। नेपालमा युनेस्को विश्व सम्पदामा सुचिकृत स्थलहरू प्राकृतिक सम्पदा स्थलहरू देखि सांस्कृतिक स्थलहरू छन। केहि सम्पदाले हाम्रो गौरवशाली इतिहास झल्काउँछ भने केहि जैविक विविधताको आश्रयस्थल हुन्। तीमध्ये २ प्राकृतिक सम्पदा स्थल छन् भने ८ सांस्कृतिक सम्पदा स्थल छ्न्। विश्व सम्पदा क्षेत्रहरूको स्थान काठमाडौँ, चितवन, रूपन्देही र सोलुखुम्बु जिल्लामा रहेको छ।

bima

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु (bishwo sampada suchi):

  • काठमाडौं दरबार स्क्वायर
  • पाटन दरबार स्क्वायर
  • भक्तपुर दरबार स्क्वायर
  • स्वयम्भूनाथ स्तुपा
  • पशुपतिनाथ मन्दिर
  • बौद्धनाथ स्तुपा
  • लुम्बिनी
  • चाँगु नारायण मन्दिर
  • सगरमाथा राष्ट्रिय निकुञ्ज
  • चितवन राष्ट्रिय निकुञ्ज

युनेस्को विश्व सम्पदा भनेको के हो?

युनेस्कोले विश्वभरी फैलिएर रहेका महत्वपूर्ण सम्पदाहरुलाई आफ्नो सूचिमा राखेको छ र यी सूचिकृत विश्वका स्मरक र स्थानहरुलाई युनेस्को विश्व सम्पदा भनिन्छ। युनेस्कोले कुनै पनि राष्ट्रको विषेश महत्व राख्ने प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र जस्तै स्मरक, भवन, वन क्षेत्र आदिलाई आफ्नो सूचिमा राख्ने गर्छ। यस कार्यक्रमको उद्देश्य भनेको विश्वका अति नै महत्वपूर्ण सम्पदाहरुलाई संरक्षित र सूचिकृत गर्नु हो ।

नेपालमा रहेको युनेस्को सांस्कृतिक विश्व सम्पदा स्थलहरू

हनुमानढोका दरबार स्क्वायर

काठमाडौंको शहरको केन्द्रमा रहेको हनुमानढोका दरबार स्क्वायरलाई काठमाडौं दरबार स्क्वायर र बसन्तपुर दरबार पनि भनिन्छ। हनुमानढोका दरबारको नाम रहनुको पछाडी यो दरबारको मूल ढोकामा रहेको भगवान हनुमानको मूर्तिबाट रहन गएको हो। मल्ल राजाहरूले शत्रुहरूबाट बचाउन भगवान हनुमानको आराधना गर्दथे। सो मूर्तिको स्थापना राजा प्रताप मल्लले साल १६७२ मा गरेका थिए र उहाँ तन्त्र विध्यामा पनि निपूर्ण थिए। यहाँ मन्दिरहरू, संग्रहालय, गड्डी बैठक, देवी देवता, मन्दिरहरुमा कुँदिएका आकर्षक काष्ठकला देख्न सकिन्छ। दरबार परिसरका अधिकांश भागहरू केहि प्रवेश शुल्क तिरे पछी आन्तरिक र बाहिय पर्यटकहरूले अवोलोकन गर्न सक्छन्। यो दरबार क्षेत्र राजपरिवारको दरबारको रूपमा मात्र नरहेर त्योबेलाको प्रशासनको मूलकेन्द्र पनि थियो ।

पाटन दरबार स्क्वायर

पाटनको शहरको केन्द्रमा रहेको पाटन दरबार क्षेत्र कला र सांस्कृतिकले भरिएको एक महत्वपूर्ण स्थल हो। यो दरबार क्षेत्र भित्र रहेको सुन्दरीचोक नजीकैको तुसाहिटी धारा, दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको कृष्ण मन्दिर, कृष्णमन्दिरकै छेउमा रहेको भीमसेनको मन्दिर आदीले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ। भीमसेन देवतालाई नेवा समुदायका व्यापारी वर्गले विशेष पुजा आरधना गर्ने गर्दछ। भीमसेन मन्दिर अगाडी रहेको ढुङ्गे धारा पनि निकै आकर्षक छ। पाटन दरबार स्क्वायर संग्रहालयमा पहिलेका विभिन्न ऐतिहासिक वस्तुहरु देख्न सकिन्छ। यहाँ नजिकै रहेको गोल्डेन टेम्पल र बँगलामुखी मन्दिर पनि निकै चर्चित छ।

भक्तपुर दरबार स्क्वायर

भक्तपुर प्राचीन नेवा शहर हो र यो नेपालको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। संस्कृत भाषामा भक्तपुरको अर्थ “भक्तहरूको शहर” हो। भक्तपुरलाई नेवा भाषामा भादगाउँ वा ख्वप पनि भनिन्छ। उपत्यकाका नेवा जेष्ठ नागरिकहरुले कुराकानिको दौरनमा आज पनि भक्तपुरलाई ख्वप नै भन्ने गर्छ। भक्तपुर दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। यो संस्कृतिको शहर हो जहाँ न्याटपोल मन्दिर र ५५ झ्याले दरबार मुख्य आकर्षण हो। यस दरबारमा ५५ वटा झ्यालहरू छन् र यसै कारणले यसलाई ५५ झ्याल भएको दरबार भनिएको हो। भक्तपुर दरबार स्क्वायर काठमाडौं र ललितपुरको दरबार स्क्वायर भन्दा सानो छ।

स्वयम्भूनाथ स्तुपा

स्वयम्भुको अर्थ “आफै-उत्पन्न” वा “स्वयं प्रकट” हो। स्वयम्भू सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदाको सूचीमा रहेको छ। स्वयम्भुनाथ स्तुपा पवित्र बौद्ध तीर्थस्थलहरू मध्ये एक हो र यसलाई महाचैत्य पनि भनिन्छ। यो काठमाडौं घुम्न आउने पर्यटकहरुको प्रमुख रोजाईमा पर्दछ। यहाँबाट काठमाडौंको सुन्दर दृश्यावलोकन पनि गर्न सकिन्छ। भनिन्छ स्वयम्भूको शान्तिपुर भन्ने ठाउँमा एकजना मानिस ५ औं शताब्दी देखी ध्यानमा छ र १५०० वर्ष वितिसक्दा पनि आज सम्म जिवित नै छ।

पशुपतिनाथ मन्दिर

काठमाडौँ जिल्लामा रहेको पशुपतिनाथको मन्दिर स्वदेशी धर्मावलम्बी माझ मात्र हैन छिमेकी देश भारतका भक्तहरुका लागी पनि एक पवित्र तिर्थस्थल हो। पशुपतिनाथ नेपालको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण धर्मिक तिर्था स्थल हो। सन् १९७९ मा पशुपतिनाथको मन्दिरलाई युनेस्कोले सांस्कृतिक सम्पदा अन्तर्गत विश्व सम्पदा सूचीमा राखेको छ।

बौद्धनाथ स्तुपा

राजधानीदेखि झण्डै ८ कि ।मि पूर्वमा अवस्थित बौद्धनाथ स्तुप काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो। बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । सन् १९७९ देखि बौद्धनाथलाई युनेस्कोले विश्व सम्पदा स्मारकको रूपमा सूचीबद्ध गरेको छ। काठमाडौँमा पर्यटकहरू घुइचो लाग्ने स्थानहरु मध्ये बौद्धनाथ पनि एक रहेको छ।

चाँगु नारायण मन्दिर

भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको नेपालको महत्वपूर्ण तीर्थ स्थल चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ। यस मन्दिरको निर्माण ईसापूर्व ३२३ मा लिच्छविकालीन राजा हरिदत्त बर्माले बनाएको भन्ने भनाई छ। उपत्यकामा रहेको प्राचिन मन्दिरहरुमा सबैभन्दा पुरानो मानिने यस मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ । चाँगुनारायण मन्दिर प्रमुख पर्यटकीय क्षेत्रको पनि हो जुन युनेस्को विश्व सम्पदा सूचीमा छ । मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

लुम्बिनी

ऐतिहासिक धार्मिक पर्यटकिय स्थल लुम्बिनी शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो। लुम्बिनी नेपालको रूपन्देही जिल्लामा पर्छ। मौर्य सम्राट अशोकले इ.पू. २४९ मा यस स्थलको तीर्थाटन गरेका थिए। विश्वमै चर्चित लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष तीर्थस्थल हो। लुम्बिनी युनेस्को विश्व सम्पदा क्षेत्रमा सन् १९९७ मै सूचीकृत गरिएको छ। बुद्धको अर्थ “ब्युँझेको मानिस” भन्ने अर्थ लाग्छ। उनी बोधीवृक्षमुनि इसापूर्व ६२३ मा जन्मेका थिए।

नेपालमा रहेको युनेस्को प्राकृतिक विश्व सम्पदा स्थलहरू

सगरमाथा राष्ट्रिय निकुञ्ज

सन् १९७९ देखि विश्व सम्पदा सूचीमा समावेश गरिएको सगरमाथा राष्ट्रिय निकुञ्ज पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ । यस निकुञ्ज भित्र रहेका दुईवटा तालहरु गोक्यो र सम्वद्धलाई रामसार सूचीमा सन २००७ मा समावेश गरिएको थियो। यस राष्ट्रिय निकुञ्जमा सल्ला, धुपी, भोजपत्र, गुराँस आदी रुखहरू त्यस्तै गरी कस्तुरी मृग, भालु, हिउँ चितुवा आदी जस्ता वन्यजन्तुहरू र डाँफे, कालिज जस्ता विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु तथा चराहरू पाइन्छन्।

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। ९५२.६३ वर्ग कि.मि. रहेको यो निकुञ्ज नवलपरासी, चितवन, पर्सा र मकवानपुरका केही भू–भागहरूमा फैलिएको छ । सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो। यस निकुञ्जमा गैंडा, पाटे बाघ, भालु, चितुवा, जरायो, गोही, अजिङ्गर लगायत ६० भन्दा बढी प्रजातिका वन्यजन्तुहरु र ५४६ भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन्। यस निकुञ्जले बीसहजारी ताल, बाल्मीकि आश्रमको पनि संरक्षण गरेको छ। यस निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकहरू घुम्न आउने गर्दछ।

कुन संस्थाले राष्ट्रिय सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दछ?

युनेस्कोले (UNESCO) विश्व भरिका राष्ट्रिय सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दछ ।