सूचना प्रविधि भनेको के हो

सूचना प्रविधि भनेको के हो? | What is Information Technology?

अक्षर, अंक, ध्वनि वा तस्वीरको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू जस्तै कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ। सूचना प्रविधि (Information Technology) वा आईटी कम्प्युटर विज्ञानको एक शाखा हो जुन हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यो प्रबिधिले सूचना प्रवाहमा मात्र सहयोग गरेको छैन कि सूचना प्रविधिले गर्दा धेरै देशहरुको आर्थिक विकासमा पनि मद्दत पुगेको छ।

आजको युगलाई सूचना प्रविधिको युग पनि भनिन्छ। प्रविधिले गर्दा आज विश्वमा रहेका टाढा–टाढाका देशहरु पनि नजिक हुन पुगेको छ, विश्व नै एउटा सानो गाउँ जस्तो भएको छ। कुनै पनि जानकारी केही सेकेन्डमा व्यक्तिले आदान प्रदान गर्न सक्छ।

नेपालमा सूचना प्रविधि शिक्षा

नेपालमा सन् २०११ देखि सूचना प्रविधि विषयको स्नातक तहको अध्यापन शुरु भएको थियो भने। सन् २०१३ देखि सूचना तथा सञ्चार प्रविधि शिक्षाको स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रम शुरू गरेको थियो।

शिक्षामा सूचना प्रविधि महत्व

सूचना प्रविधि शिक्षक र विद्यार्थी दुबैका लागी महत्वपूर्ण छ। दूरशिक्षाको माध्यमबाट शिक्षा दिने र शिक्षा लिन सहज हुन्छ। कोभिड जस्तो महामारिको दौरान यसको महत्व अझ बढेको थियो।

सूचना प्रविधिको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ, जस्तै:

शिक्षा: शैक्षिक संस्थाहरू शैक्षिक प्रक्रियाहरूको प्रबन्धन, अनलाइन पढाइ, शैक्षिक सामग्रीको विकास र प्रसारण आदिमा सूचना प्रविधि प्रयोग गर्दछ।

स्वास्थ्य सेवा: चिकित्सकीय रेकर्ड व्यवस्थापन, उपचार, अनुसन्धान आदिमा सूचना प्रविधिको प्रयोग गरिन्छ।

विज्ञान र प्रविधि: शैक्षिक अनुसन्धान, डेटा विश्लेषण, मोडेलिङ आदि जस्ता क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिन्छ।

वित्तीय क्षेत्र: बैंकिङ, वित्तीय प्रबन्धन, ई-पेमेन्ट आदि जस्त धेरै क्षेत्रमा सूचना प्रविधिले काम गर्दछ। आजको दिनमा वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग विना काम गर्ने कुरा सोच्न पनि सकिदैन।

संक्षिप्त रूपमा, सूचना प्रविधिको प्रयोग यि लगायत अरु पनि थुप्रै क्षेत्रमा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *