कम्प्युटर हार्डवेयर भनेको के हो

कम्प्युटर हार्डवेयर भनेको के हो? | What is Computer Hardware?

कम्प्युटर हाडवेयर भनेको कम्प्युटरको भौतिक भाग अर्थात् सम्पूर्ण पार्टपुर्जा वा उपकरणहरू हुन जसलाई हामीले देख्न र छुन सक्छौ। कम्प्युटर हाडवेर भन्नले केन्द्रीय प्रशोधन एकाई (सीपीयू), किबेार्ड, माउस, स्क्यानर, मनिटर, ग्राफिक्स कार्ड, प्रिन्टर, स्पिकर, मदरबोर्ड आदी बुझिन्छ। हार्डवेयरले आफै कार्य गर्न सक्दैन, कुनै निर्देशन कार्यान्वयन गर्न सफ्टवेयर द्वारा निर्देशित हुन्छ। हार्डवेयर र सफ्टवेयरको संयोजनले एक प्रयोग योग्य कम्प्युटर सिस्टम तयार हुन्छ।

इनपुट डिभाइस (Input device)

इनपुट युनिट अन्तर्गत माउस (माउस), किबेार्ड (किबोर्ड) डिभाइसहरू पर्दछन्। यी डिभाइसहरूकेा प्रयेाग गरेर कम्प्युटरमा प्रेासेसिङकेा लागि डाटा तथा इन्स्ट्रक्सनहरू (instructions) पठाउन सकिन्छ। यस अन्तर्गत पर्ने डिभाइसहरू:

कि-बेार्ड (Keyboard)
कि-बेार्ड एक इनपुट डिभाइस हो जस्को मद्दतबाट प्रयोगकर्ताले विभिन्न सूचना तथा डाटाहरूलाई टाइप गरी कम्प्युटरमा राख्न सक्छ।

माउस (Mouse)
माउस पनि अर्को एउटा इनपुट डिभाइस हो। यसको प्रयोगले फाइल तथा प्रोग्रामहरु खोल्न पोइन्टरको काम गर्दछ

स्क्यानर (Scanner)
कुनै पनि भौतिक फाइल, फोटोलाई डिजिटल रुपमा परिवर्तन गर्न स्क्यानरको प्रयोग गरिन्छ। हामीले कुनै पनि भौतिका फोटोलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाउन सक्दैनौ तर यसलाई डिजिटल रुपमा परिवर्तन गरिसकेपछी त्यो सम्भव हुन्छ ।

आउटपुट डिभाइस (Output device)

इनपुट गरिएका कुराहरु/डाटा नतिजाको रुपमा हेर्न सकिने डिभाइसहरूलाई आउटपुट डिभाइस भनिन्छ।

मनिटर (Monitor)
मनिटर एक आउटपुट डिभाइस हो जस्को मद्दतले हामीले इन्पुत गरिएका विभिन्न कुरा हेर्न सक्छौ।

प्रिन्टर (Printer)
प्रिन्टरले डिजिटल सामग्री जस्तै अक्षर र चित्रलाई भौतिक रुपमा अर्थात् कागजमा छाप्ने काम गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *