राष्ट्रिय परिचयपत्र नम्बर कसरी हेर्ने | How to Check National Identity Card number

राष्ट्रिय परिचयपत्र नम्बर हर्ने तरिका

bima

राष्ट्रिय परिचयपत्र बनेको छ कि छैन कसरी थाहा पाउने ?

यदी राष्ट्रिय परिचयपत्र बनेको छ भने तपाईंको मोबाईलमा एसएमएस आउँछ । तपाईंले निवेदन दिंदा जुन मोबाईल नंम्बर राख्नु भएको छ फोर्ममा त्यही मोबाईल नंम्बरमा एसएमएस आउँछ । यदी तपाईंलाई राष्ट्रिय परिचयपत्र नंम्बर मोबाईलमा एसएमएस आएमा राष्ट्रिय परिचयपत्र बनिसक्यो भनेए बुझ्नु पर्छ तर कार्ड आउन अझै केहि समय लाग्न सक्छ ।

राष्ट्रिय परिचयपत्रको लागी निवेदन दिएको धेरै दिन भैसक्यो तर SMS आएको छैन भने के गर्ने ?

यदी यस्तो हो भने तपाईंले क्यपिटल N अनि तेस्पछी space अनि १६ अंकको राष्ट्रिय परिचयपत्रको registration number राख्नुहोला अनि 30001 मा SMS गर्नुहोला । राष्ट्रिय परिचयपत्रको registration number भन्नले तपाईंले निबेदन दिंदा तपाईंलाई एउटा कागज दिएको हुन्छ र त्यही कागजमा registration number लेखिएको हुन्छ ।