खप्तड राष्ट्रिय निकुञ्ज (Khaptad rastriya nikunja) | Khaptad National Park

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। बि.सं. २०४२ सालमा स्थापना गरिएको खप्तड राष्ट्रिय निकुञ्ज (Khaptad rastriya nikunja) पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि ।मी । छ। यो निकुञ्ज समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको छ र यसको क्षेत्रफल २२५ बर्ग किलोमीटर छ।

bima

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड क्षेत्र प्राकृतिक रुपले मात्र हैन धार्मिक हिसाबले पनि उतिकै महत्वपूर्ण छ । यो खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो | खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपरका पाटनहरु, खप्तड बाबाको कुटी प्रख्यात छन्। खप्तड घुम्नका लागि जेठ देखि मङ्सिर सम्मको समय उपयुक्त मानिन्छ। यहाँ गंगा दसहरा मेलामा हजारौँ तीर्थयात्रीहरुको भिड लाग्ने गर्दछ ।