ल्यापटप कसरी चलाउने? (laptop kasari chalaune) | How to use a laptop?

ल्यापटपलाई सकेसम्म समतल कडा सतहमा राखेर चलाउनुपर्छ । प्रायः ल्यापटपको तल ताप घटाउने पंखा रहने हुनाले ओछ्यान तथा सोफाजस्ता नरम सतहमा उक्त प्वाल टालिई ल्यापटप बढी तात्छ । चिस्याउन पंखा धेरै चलाउँदा बढी ब्याट्री खपत हुनसक्छ । ल्यापटपको स्क्रीन माथिल्लो भागलाई आँखाको समानान्तर पारेर २० देखि २५ सेन्टिमिटर दूरीमा राखेर चलाउँदा आँखालाई आराम मिल्छ । स्क्रीनको चहक सकेसम्म थोरै ५० प्रतिशतजति बनाएर चलाउँदा आँखा खाँदैन, साथै ब्याट्री बढी समय चल्न सक्छ । ल्यापटपको ट्रयाकप्याड चलाउदा सकेसम्म हात सुख्खा राखेर चलाउँदा बढी सजिलो र दाग लाग्ने सम्भावना कम हुन्छ । ल्यापटपलाई धेरै बेरसम्म काखमा राखेर चलाउँदा धेरै तातो भएर पर्न सक्ने असरप्रति सचेत हुनुपर्छ । केही बेर काखमै राखेर चलाउँदा फरक नपरे पनि लामो समयसम्म वा आफूलाई अप्ठ्यारो हुँदाहुँदै काखमा राखेर चलाउँदा प्रजनन स्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्छ ।

bima

ल्यापटपलाई आवश्यक पर्ने:

ल्यापटपको हार्ड डिक्सको आयतन थोरै हुने र ल्यापटपबाट कम्प्युटर वा अर्को ल्यापटपमा फाइलहरू आदान-प्रदान गरिरहनुपर्ने हुँदा एउटा पोर्टेबल भए निकै सजिलो हुन्छ । साथै पोर्टेबल हार्ड डिस्कमा आफ्ना महत्त्वपूर्ण फाइल एवं प्राविधिक गडबडीका कारण फाइल हराउनसक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

हेडफोन: ल्यापटपका स्पिकरहरू साना र आवाज ठूलो नदिने खालका हुन्छन् ।

एक्स्ट्रा ब्याट्री: बिजुली धेरै समयसम्म उपलब्ध नहुने अवस्थामा एक्स्ट्रा ब्याट्री किन्दा अर्थ धेरै काम र डबल फाइदा हुनसक्छ । साथै ल्यापटप लिएर जहाँ बस्दा पनि घुसार्ने ठाउँ खोजिरहनुपर्ने झन्झटबाट छुट्कारा पाइन्छ ।

गतिलो झोला: सामान्यतः सधै अथवा विशेष परिस्थितिमा ल्यापटप बोकेर हिंडनुपर्ने हुन्छ, यसरी बोकेर हिंड्दा ल्यापटपको सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ । कमसल खालको झोलामा ल्यापटप बोकेर हिंड्दा हल्लिएर हुन सक्ने असर कम गर्न बलियो-छरितो झोला किन्नुपर्छ । आफूलाई चाहिने सामान राख्न यथेष्ट ठाउँ भएको झोला नर्थ फेस वान पोलर स्यामसोनाइट र डकोटाजस्ता मोडलमा उपलब्ध छ ।

कन्भर्टर: भित्तामा हुने प्लगमा एकरूपता नहुने हुँदा ल्यापटप बोकेर हिंड्दा चार्ज गर्न नपाइने हुनसक्छ । यो झन्झटबाट मुक्त हुन सधैं एउटा कन्भर्टर प्लग साथै राख्नु उचित हुन्छ ।

राउटर: यदि एकभन्दा बढी कम्प्युटर वा ल्यापटपमा इन्टरनेट चलाउनुपर्छ भने राउटरको आवश्यकता पर्छ । प्रायः ल्यापटपमा वायरलेस प्रविधि हुने हुनाले राउटर लिंदा वायरलेस लिनु उपयुक्त हुन्छ । वायरलेस राउटरले सानो दूरी -१ सयदेखि २ सय मिटर) मा विना तार नै चलाउने सुविधा दिने हुँदा यो निकै उपयोगी र सजिलो हुन्छ ।

ल्यापटपमा नभैनहुने सफटवेयरहरू:

एन्टिभाइरस: एन्टिभाइरस ल्यापटपलाई नभैनहुने सफ्टवेयर हो । ल्यापटप जहाँ पनि हुने भएकाले र यसको संगत प्रायःजसो सिडी, पेनड्राइभ, इन्टरनेटजस्ता संक्रमणयुक्त भैरहने हुँदा एउटा राम्रो खालको एन्टिभाइरस सफटवेयर हालिराखे पेन ड्राइभ घुसाउँदा चेक गर्न सकिन्छ ।

अफिस प्याकेज: सबैजसो ल्यापटपमा अपेरटिङ सिस्टम मात्र हुन्छ । कम्प्युटर चलाउन सामान्य अफिस सफट्वेयर अत्यावश्यक हुन्छ ।

मेल क्लाइन्ट: ल्यापटप व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिने हुँदा प्रत्येक पटक मेल ब्राउजरमा नयाँ साइट खोल्दै, पासवर्ड हाल्नुभन्दा आउट लुक अथवा थन्डर वर्ड आदि प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्ता इमेल सफ्वेयरहरू प्रयोग गर्दा आफ्ना सबै इमेल ठेगाना तानेर हेर्ने, इन्टरनेट नचल्दा पनि मेलको जवाफ पठाउने, धेरै मेलहरू एकैपटक पठाउने र पछिका लागि सुरक्षित राख्ने काम गर्न सकिन्छ ।

इमेज एडिटर: ल्यापटपमा सामान्य फोटोसँग र सामान्य डिजाइनसम्बन्धी काम गर्नु फोटोसप र इलस्ट्रटोरजस्ता एडोबका सफटवेयरहरू यसका लागि निकै उपयुक्त मानिन्छ । यो सफटवेयर किन्न नसक्नेका लागि गिम्प र इन्कस्केपजस्ता सफटवेयर राम्रो विकल्प हो ।

कम्प्युटर ट्रिक्स र टिप्स (computer sambandhi jankari)

कम्प्युटर सिक्ने तरिका (computer sikne tarika)

कम्प्युटर समस्या निवारण

किबोर्ड सर्टकट