ब्लु चिप सेयर के हो त ? के ब्लु चिप सेयर आँखा चिम्लेर किन्दा हुन्छ त ? | What is Blue Chip Share?

सेयर बजार बाहिरबाट हेर्दा जति सरल देखिन्छ वास्तविक रुपमा त्यस्तो हुँदैन। यसो हेर्दा राम्रो कम्पनीको सेयर किन्ने, भाउ बदेको बेला बेच्ने र घटेको बेला किन्ने अनि नाफा कमाउने तर सोचे जस्तो सजिलो छैन र राम्रो अध्ययन गरेर लगानी गर्ने हो भने असम्भव पनि छैन ।

bima

ब्लु चिप सेयर के हो त?

लामो समय देखि नाफा कमाउंदै आएको, व्यवस्थापन पक्ष राम्रो भएका, पारदर्शी, संस्थागत सुशासन भएका, प्रतिफलको (लाभांश) न्यायोचीत वितरण, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ। यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा उच्च लाभांश दिने क्षमता राख्दछन् र यस्ता कम्पनीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण रहन्छ। यस्ता कम्पनी लगानीकर्ता प्रति अरु कम्पनी भन्दा तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन्, त्यसैले यी कम्पनीहरु विश्वासिलो मानिन्छन्। यस्ता कम्पनीको सेयरको बजार मूल्य पनि बढी हुन्छ।

के ब्लु चिप सेयर आँखा चिम्लेर किन्दा हुन्छ त?

यस्ता कम्पनीको बजारमा उच्च छबी हुन्छ र यस्ता कम्पनीले नगद लाभांश भन्दा बोनस सेयर बढी दिन्छ। साधारण लगानीकर्ताहरुले नगद लाभांश भन्दा बोनस सेयर लाभांशको रुपमा बढी मनपराउछन। तर हामीले ब्लु चिप सेयर भन्दैमा सधै आँखा चिम्ली बिश्वास गर्नु पनि हुँदैन किन कि कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको सेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्छन्। ब्लु चिप कम्पनीको रुपमा स्थापित कम्पनी पनि समयसँगै टाट पल्टेका उदाहरण पनि विश्व सेयर बजारमा थुप्रै पाइन्छ। ब्लु चिप मनिने कम्पनीको सेयरमा पनि घटबद भैरहन्छ। तेसैले लगानी गर्नु अघी ब्लु चिप सेयरको रुपमा स्थापित कम्पनीको सेयर किन्न अघी कम्पनीको बिबरण राम्रोसँग अध्ययन गर्नुपर्छ। कम्पनीको आन्तरिक अनुशासन राम्रो भएको, उच्च लाभांश दिने कम्पनीका सेयरहरुलाई लगानीकर्ताहरुले ब्लु चिप सेयरको रुपमा लिने गर्छन्।

ब्लु चिप सेयर कम्पनीको नाफामा कमी आए के हुन्छ ?

कम्पनीको नाफा र नोकसान अनुमान गर्न सकिन्छ। तर कहिले काही बिभिन्न कारणले नोकसान हुन सक्छ जस्तै कि प्राकृतिक प्रकोप,युद्ध्, माहामारी आदी। ब्लु चिप सेयर कम्पनीको नाफामा कमी आएमा कम्पनी सेयरको मुल्य पनि घट्न सक्छ। यदी तपाईंले महँगोमा किन्नु भएको हो भने तपाईं घाटामा पनि जान सक्नु हुन्छ। तेसैले लगानी गर्न अघी कम्पनीको बारेमा राम्रोसँग अध्ययन गर्नुपर्छ ।