राष्ट्रिय सम्पदा भनेको के हो? (Rashtriya sampada) | What is National Heritage?

प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिहरूलाई राष्ट्रिय सम्पदा (Rashtriya sampada) भनिन्छ जुना राष्ट्रका साझा सम्पत्ति मानिन्छन् । यी सम्पदाहरू कुनै व्यक्ति वा समुदायको मात्र नभई सबैका साझा हो । धार्मिक तथा ऐतिहासिक स्थल, दरबार, संग्राहालय, हिमाल, राष्ट्रिय निकुञ्ज, नदी, ताल, वनजङ्गल आदि कुराहरु राष्ट्रिय सम्पदाहरू हुन् । सम्पदा भनेको मूर्त मात्र हैन, अमूर्त सम्पदा पनि हुने गर्दछ जस्तै भाषा, संस्कृति, ज्ञान आदी पनि राष्ट्रिय सम्पदा भित्रै पर्दछन् ।

bima

सम्पदाहरूले हाम्रो इतिहासलाई झल्काउने गर्दछ त्यसैले सम्पदाहरुलाई जोगाई राख्नु पर्ने हुन्छ । सम्पदाहरूले वैदेशिक पर्यटकहरुलाई पनि आकर्षित गर्ने गर्दछ जुन वैदेशिक मुद्रा आर्जनको एक श्रोत पनि हो । प्राकृतिक सम्पदाहरुले त झन वैदेशिक पर्यटकहरुलाई आकर्षित गर्नुको साथ साथै प्राकृतिक वातावरणको रक्षा गर्न पनि महत्त्वपूर्ण भूमिका
निर्वाह गरेको हुन्छ।