दशैंको लागि जमरा कसरी उमार्ने ? उचित विधि | How to grow Jamara for Dashain?

हिन्दुहरुको माहान चाड बडा दशैंमा राखिने जमराको महत्व छ किनभने मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा जमरा लगाईन्छ । घटस्थापनाको दिन जमरा राखेर उम्रेको जमरालाई विजयादशमीको दिन देखी पूर्णिमाको दिनसम्म लगाउने चलन छ। नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ र यो दिन विधिपूर्वक देवी दुर्गा भगवतीको आवाहन गरेर भगवतीको प्रिय जौको जमरा राखेर घटस्थापना गरिन्छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ र जयन्ती देवी भगवतीको नामहरु मध्ये एक नाम पनि हो ।

bima

कसरी उमार्ने दशैंको जमरा ? उचित विधि Jamara umarne tarika

१. नदीबाट बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखिन्छ । जमरा उमार्न अलि अध्याँरो ठाउँ चाहिन्छ र तापमान पनि अति चिसो वा अति तातो हुनु हुँदैन । सामान्य भाषामा भन्दा दशैं बेलाको नेपालको तापमान उपयुक्त हुन्छ ।

२. जमरा उमार्न सबै भन्दा पहिले जौको बिउलाई एक भाँडामा ८ घण्टा जती पानीमा भिजाएर राख्नुपर्छ । जौ बाहेक गहुँ, धान र मकैको बिउ पनि प्रयोग गरी जमरा राख्न सकिन्छ तर विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । जौ मानव जीवनका लागि अत्यान्तै लाभदायक छ, स्वास्थ्यको दृष्टिले औषधिको रूप लिइन्छ र यसलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक आहार पनि हो।

३. अब माटोको भाडा, टपरी वा अन्य भाडामा नदिबाट ल्याएको बालुवा राख्ने र त्यसमा बिउ छरेर त्यो बिउ छोप्न माथिबाट थोरै बालुवा छर्केर अर्को भाडाले छोपिदिने ।

४. अब यो बिउ राखेको भाडालाई घाममा राखिराख्नु हुँदैन । बिउ राखेको भाडामा मात्रा हेरेर अलि अलि पानी हल्दा पनि ठिकै हुन्छ। पानी धेरै पनि हाल्नु हुँदैन । पानी राख्दा त्यो भाडामा तलपट्टी पानी जाने प्वाल छ कि छैन पनि याद गर्नुपर्छ । जस्तै माटोको भ्यगट्मा प्वाल हुँदैन । टपरिमा चाँही पानी चुहिएर जान सक्छ । धेरै पानी हाल्दा यदी पानी जम्मा भएर बस्यो भने बिउ बिगृन सक्छ । पानी चुहिने भाडामा चाही पानी थोरै हाल्दा वा पानी नराख्दा पानी नपुग्न सक्छ ।

केहि दिन पछी रोपेको बिउहरु अंकुराई सकेको हुन्छ । अंकुराएका जमराहरु नवमीको दिनसम्ममा पहेलो भएर निकै आकर्षक भैइसकेको हुन्छ ।

Jamara kasari rakhne