How to grow Jamara for Dashain

Dashain tika subha sait 2080

दशैं हिन्दूको सबैभन्दा ठूलो चाड हो र दशैंलाई बडा दशैं, विजया दशमी आदि नामले जानिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । दशैंमा विभिन्न शक्ती पीठहरुको दर्शन पनि गरिन्छ । नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रिको आठौं दिन महाष्टमी हो भने यस दिना महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। नवरात्रिको नवौ दिन महानवमीमा बिहान हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई पूजा सम्पन्न गरिन्छ। नवरात्रिको दशौं दिनलाई विजयादशमी भनिन्छ। यस दिनमा भगवान रामले रावण माथि विजय प्राप्त गरेकाले यस दिनलाई विजयादशमी भनिएको हो ।

website designing offer

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार २०८० साल असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार विजयादशमीका दिन टीका लगाउने साइत बिहान ११:२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *