युट्युब च्यानल कसरी बनाउने र पैसा कमाउने | How to create a YouTube channel and earn money

YouTube च्यानल बनाउन (Youtube channel kasari banaune) निम्नलिखित प्रक्रियाहरुको बारेमा ध्यान दिनुपर्छ:

bima

YouTube अकाउंट बनाउनुहोस्:

योउटुबे च्यानल बनाउनका (Youtube kasari kholne) लागि यसको अकाउंट बनाउनुहोस्। त्यसको लागि तपाईंले एउटा gmail बनाउनु पर्ने हुन्छ । यदी तपाईंको gmail छ भने तपाईंले अरु केहि गर्नु पर्दैन बस Youtube.com मा गएर भिडियो अपलोड शुरु गर्न सक्नु हुन्छ ।

साइन इन गर्नुहोस्:

तपाईंको Google अकाउट बनाइसकेपछि, YouTube मा साइन इन गर्नका लागि www.youtube.com मा जानुहोस्। अब तपाईंले भिडियोहरु राख्न पनि सक्नुहुन्छ अथवा भिडियो राख्न अघी च्यानेलमा आफ्नो विवरणहरु राम्रोसंग भर्न पनि सक्नुहुन्छ ।

प्रोफाइल इमेज र ब्यानर अपलोड गर्नुहोस्:

YouTube च्यानलमा प्रोफाइल इमेज (प्रोफाइल पिक्चर) र ब्यानर इमेज (च्यानल कवर पिक्चर) अपलोड गर्न सक्नुहुन्छ। यसले तपाईंको च्यानलको ब्रान्डिङ् गर्न मद्दत गर्छ। फोटोहरु तपाईंले फोटोसपमा बनाउन सक्नुहुन्छ । यदी तपाईंसँग Photoshop छैन वा कम्प्युटरमा install चाहनुहुन्न भने www.photopea.com तपाईंको लागी एउटा राम्रो विकल्प हो । तर तपाईंलाई Photoshop सफ्टवेर चलाउन आउँदैन वा तपाईंसँग कम्प्युटर छैन भने canva.com पनि तपाईंको लागि निकै सहयोगी हुन्छ सक्छ । canvaमा विभिन्न professional डिजाईनहरु हुन्छ त्यस्मा तपाईंले आफ्नो च्यानेलको नाम राखेर सेभ गर्न सक्नुहुन्छ । यो धेरै नै सजिलो र उपयोगी छ ।

च्यानलको नाम र URL चयन गर्नुहोस्:

तपाईंको YouTube च्यानलको नाम र URL चयन गर्दा विशेष सावधानी दिनुहोस्, किनकि यसले तपाईंको च्यानलको परिचयमा महत्त्वपूर्ण भूमिका खेल्दैछ। साथसाथै यस्ले तपाईंको च्यानलको सफलताको लागि पनि केहि भूमिका खेल्न सक्छ ।

च्यानलको बारेमा लेख्नुहोस् :

च्यानल बनाए पछि, तपाईंले आफ्नो च्यानलको बारेमा about सेक्सनमा च्यानलको बारेमा जानकारी दिन सक्नुहुन्छ जसको माध्यममा तपाईंले YouTube च्यानलको विषय, सामग्री, र लक्ष्य वर्णन गर्न सक्नुहुन्छ। यदी तपाईंको वेबसाईट छ भने त्यसको लिंक पनि दिन सक्नुहुन्छ ।

वीडियोहरू अपलोड गर्नुहोस्:

तपाईंको YouTube च्यानलमा भिडियोहरू अपलोड गर्नुहोस्। तपाईंको भिडियो सामग्रीहरु च्यानलको लक्ष्यको प्रतिनिधित्व गर्ने खालको हुनुपर्छ। देखेको जती र भेटेको जती सबै भिडियोहरु राख्दा दर्शक/subscribersहरुले नरुचाउन पनि सक्छ । सबै खाल्को भिडियोहरु राख्दा पहिले अलि चले जस्तो भएपनी पछी च्यानलमा बिस्तारै views घट्दै जान सक्छ । तपाईं जुन विषयमा पोख्त हुनुहुन्छ त्यही समबन्धी भिडियोहरु राख्दा राम्रो हुन्छ ।

अपलोड गरेका वीडियोमा ट्याग र वर्णन थप्नुहोस्:

ट्याग र वर्णनले तपाईंको भिडियोको सामग्रीको बारेमा जानकारी दिन्छ र कसैले युट्युबमा खोजेमा देखिने सम्भावना बढ्छ ।

सोशल मिडिया प्रमोशन गर्नुहोस्:

तपाईंको च्यानल प्रमोट गर्नका लागि सोशल मिडिया प्लेटफर्महरू र अन्य वेबसाइटहरूको सहयोग लिनुहोस्।

नियमित रूपमा सामग्री प्रकाशन गर्नुहोस्:

आफ्नो YouTube च्यानलमा नियमित रूपमा सामग्री प्रकाशन गर्दा च्यानल चल्ने र तपाईंले पैसा कमाउने सम्भवान बढेर जान्छ । (Youtube bata kasari paisa kamaune)

च्यानल चल्नको लागि तपाईंको दर्शकहरू द्वारा प्रशंसा, प्रतिक्रिया (comment), र सुझावहरू धेरै महत्वपूर्न हुन्छ। आफ्नो subscribers हरुको कमेन्टको जवाफ पनि दिनुहोस् । यस प्रक्रियाले तपाईंलाई YouTube च्यानल चलाउन मद्दत पुर्‍याउँछ ।