प्राविधिक विश्लेषण भनेको के हो ? | What is technical analysis?

प्राविधिक विश्लेषण भनेको के हो ?
कम्पनीको विगतको सेयर मूल्य तथा वस्तुको मूल्यलाई चार्ट, ग्राफ, ट्रेन्डमा प्रस्तुत गरी आगामी दिनमा मूल्यमा हुनसक्ने उतारचढावको अनुमान गर्नुलाई प्राविधिक विश्लेषण भनिन्छ । यस्तो विश्लेषणले सेयर तथा वस्तुको मूल्य यति हुन्छ भनेर ठोकुवा गर्नेभन्दा पनि अगामी दिनमा बजार घट्छ वा बढ्छ भनेर अनुमान गर्छ । यो विश्लेषणले विगतमा उतारचढावहरू कसरी दोहोरिए भन्ने कुरालाई आधार मानेको हुन्छ ।

अधोन्मुख र उन्नतोन्मुख बजार अथवा बियर र बुल मार्केट भनेको के हो ?

धितोपत्र अर्थात् डेरिभेटिभ बजार क्रमिकरूपमा बढ्दै गएको स्थितिलाई उन्नतोन्मूख अर्थात् बढ्दो बजार भनिन्छ । यस प्रकारको बजारमा उद्योग, बैंकिङ, बिमालगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधारसँगसँगै कम्पनीमा कुशल व्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यसलाई बुल ट्रेन्ड इन मार्केट पनि भनिन्छ । अर्कोतर्फधितोपत्रको अधोन्मुख अर्थात् घट्दो बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरूको बजार मूल्य अर्थात् डेरिभेटिभ र बजार परिसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरूमा
निराशाको वातावरण रहन्छ । यसलाई ‘बियर ट्रेन्ड’ भनिन्छ ।

bima