सेयर बजार भनेको के हो? के सेयर बजार जुवा घर हो? | What is stock market?

केही व्यक्तिले सेयर बजारलाई जुवा घर ठान्छन् र केही व्यक्तिहरूले यसलाई खतरनाक खेलको शीर्षक पनि दिन्छन्। तर यो तेस्तो हैन र सेयर खरीद गर्दा धेरै खतरा छैन यदि राम्रोसँग बुझेर गरेको खण्डमा। यदि तपाईं सेयर बजारमा राम्रो अध्ययन बिना हचुवा वा हल्लाको भरमा सेयर किन्नु हुन्छ भने पक्कै पनि यो तपाईंको लागी जुवा र खतरनाक खेल हुन सक्छ।

bima

के सेयर बजार जुवा घर हो ?

तपाईं जुवा खेल्दा एउटा तास दिइन्छ र त्यो तास के आयो भनेर तपाईंले अनुमान लगाउन सक्नुहुन्न । अब तपाईंले पहिलो तास हेर्नु भयो, फेरी अब तपाईंलाई दोश्रो तास दिने बेला पहिलो तासको आधारामा दोश्रो तास के आउँछ त्यो पनि अनुमान लगाउन सक्नुहुन्न । जुवा खेल्दा तपाईंले जित्ने वा हार्ने अनुमान लगाउन सक्नुहुन्न तर सेयर बजारमा धेरै जस्तो अनुमानहरु मिल्छ ।

जुवा खेल्नलाई तपाईं कुनै कलेजमा पढ्नु पर्दैन, तालिम लिनु पर्दैन, जुवाको किताब पढ्नु पर्दैन तर सेयरको बारेमा व्यवस्थापनको विद्यार्थीले पढ्नु पर्छ । सेयर जुवा भएको भए यसको अध्ययन अध्यापना किन गराईन्छ त विश्व भरी ?

पौडी खेल्न नआउने मान्छे समुन्द्रमा मरे पनि एकचोटी try गरौं भन्दै हाम फाले पछी जिन्दगी नै एउटा जुवा हुन्छ अरु कुरा को त कुरै छोदौ । पौडी खेल्न नआउने मान्छे समुन्द्रमा हाम फाल्ने अनि पानीले मलाई दुबायो ज्यानमारा पानी भनेर पानीलाई दोष दिएर हुन्छ त ? चक्कु तरकारी माथी राख्दा तरकारी काट्छ, हात माथी राख्दा हात काट्छ अब चक्कुलाई हाम्रो सहयोगी भन्ने कि दुश्मन ?

यो बजारमा लगानी गर्दा सधै एउटा कुरा याद राख्नु पर्छ “लोभले लाभ लाभले बिलाप”, भन्नुको अर्थ नाफाको लोभले आफुले थेग्न सक्ने भन्दा धेरै जोखिम मोल्नु हुँदैन नत्र अफुसँग भएको पनि गुम्न सक्छ। कोही यही बजारले गर्दा मालामाल भएका छन् भने कोही कंगाल । नियममा बसेर विवेकपूर्ण लगानी गर्नेले कहिले घाटा खानु पर्ने हुँदैन भने, हौसिएर वा धेरै लोभ गरेर जोखिमपूर्ण तरिकाले लगानी गर्नेहरुको बारेमा यही हुन्छ भन्ने सकिदैन । धेरै जोखिम लिनेहरु फाइद भयो भने अरुले भन्दा धेरै नै कमाउँछ भने घाटा भयो भने सडकमा पनि आउन सक्छ । यो सेयर बजारमा मात्र हैन यो त अरु व्यापारमा र अन्य क्षेत्रमा पनि कुरा यही हो ।

कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि सेयर जारी गर्ने गर्छन्। त्यही सेयर खरिद बिक्री गर्ने बाजार नै सेयर बजार हो। सेयर बाजारलाई दुई भागमा बिभाजन गर्न सकिन्छ प्राथमिक बजार र दोस्रो बजार। धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

तपाईंले आफुसँग भएको अतिरिक्त पूंजी बजारमा लगानी गर्न सक्नु हुन्छ र आफुलाई पूंजी आवश्यक परेको बेलामा बिक्री पनि गर्न सक्नु हुन्छ । यहाँ लगानी गर्न धेरै ठुलो लगानी चाहिदैन, तपाईंसँग भएको थोरै थोरै रकमले पनि सुरु गर्न सक्नुहुन्छ । नेपालमा धितोपत्र करोबारको लागि नेपाल स्टक एक्सचेन्ज – नेप्से (नेपाल स्तोक्क एक्स्चेन्ज – NEPSE) छ। सेयर बजारमा स्टक एक्सचेन्ज, ब्रोकर र लगानीकर्ता हुन्। नेप्सेमा सूचीबद्ध कम्पनीको सेयरहरू ब्रोकर मार्फत खरिद बिक्री गरिन्छ। ग्राहकहरू सेयर किन्न वा बेच्न सीधा गर्न सक्दैनन्, उनिहरु ब्रोकर मार्फत मात्र कारोबार गर्न सक्छन्। सेयर बजारमा म्युचुअल फन्ड, बन्डहरू पनि ट्रेड कारोबार हुन्छन्।

नेपालमा पहिलो पटक वि ।सं । १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो र निजी क्षेत्रबाट वि ।सं ।२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि ।सं ।२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

लगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ ?

बुझेर लगानी गर्यो भने ठीक हुन्छ नत्र जोखिम पनि हुन्छ सक्छ । प्लने चलाउन नजान्ने मान्छेले एक बोटल रक्सी पिएर, अब दाईले प्लने चलाउँछ हेर भन्दै प्लने उडाउन तिर लाग्यो भने के हुन्छ ? सेफ ल्यान्डिङ हुन्छ त ? त्यस्तै हो अन्य सबै ठाउँमा पनि । कुखुरा पाल्न नजन्नेले कुखुरा पालेर घाटामा गएर कुखुरा फर्म नै छोडेर गयो भने कुरा हामीले अनलाईन तिर धेरै देख्न पाइन्छ । जान्नेले त्यही कुखुरा पालेर राम्रो गरेको उदाहरणहरु पनि धेरै छन् यहाँ ।

कम्पनीको आधारभुत कुराको (फुन्दमेन्टअल्स्) अध्ययन गरेर लगानी गरियो, कम्पनीको व्यवस्थापन कस्तो छ, कम्पनीले दिन लाभांश वितरण इतिहास र हल्लाको पछाडी लागिएन भने सेयर बजारमा गरिएको लगानी १००% जोखिम मुक्त नभए पनि जोखिमको मात्रा धेरै भन्दा धेरै कम हुन्छ । बुझेर लगानी गर्यौँ भने मात्र सेयर बजार सुरक्षित छ ।

५-६ फितको मान्छेलाई पौडी खेल्न आउँदैन भने ३-४ फितमा खेलेर सिक्नु पर्छ । एकैचोटी १२ फित वा नारायणी, त्रीशूली नदिमा हाम फालेर हुन्छ ? त्यस्तै तालिम लिने बित्तिकै पनि अब मलाई सबै आयो भनेर समुद्रमा हाम फालेर हुन्छ ? बिस्तारै थोरै थोरै लगानी गर्दै सिक्दै जानु पर्छ । १-२ महिनामा सिक्ने कुरा हैन । अनुभव लिदै सिक्दै गर्द वर्षौ लाग्छ । यसरी वर्षौ लगाएर सिकेका अनुभवी त कहिले कही नयाँ नौलो परिस्थिती आउँदा धर्मराउन बेर लाग्दैन ।

यदी भविष्यमा केहि भएर बजारमा उथल पुथल आयो, आफ्नो लगानी घट्यो वा मानौं आफुले गरेको कम्पनी डुब्यो अनि पैसा फिर्ता आउने अवस्था भएन भने पनि आफ्नो दैनिक जीवनलाई असर नहुने तरिकाले लगानी गर्दा बजार घटे पनि धेरै तनाब हुँदैन । भन्नुको अर्थ आफ्नो बचतको थोरै भाग मात्र लगाउँदा धेरै तनाब हुँदैन । गाउँ भरिको साथी भाइसँग व्याजमा पैसा ल्याएको हो भने परिस्थिती अलि गम्भिर हुन सक्छ ।