“इमेल” भनेको “इलेक्ट्रोनिक मेल” (Eletronic Mail) को सङ्क्षेपिक रूप हो। यसले डिजिटल रूपमा चिठ्ठी, डोकुमेन्ट, तस्वीर र अन्य फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा, एउटा मोबाईलबाट अर्को मोबाईलमा वा डेभाइसमा पठाउँछ । इमेल हुलाक चिठ्ठी जस्तै हो, यसको प्रयोग गरेर इमेल एड्रेस भएका व्यक्ति/संस्थहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ। यसको हुलाक चिठ्ठी गति धेरै गुणा छिटो हुन्छ। हुलाक चिठ्ठी भौतिक रुपमा आदान प्रदान हुन्छ भने इमेल विद्युतिय माध्यमबाट हुन्छ ।
हामीले दैनिक प्रयोग गर्ने इमेलमा नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन् र त्यस्तो इमेललाई स्पाम भनिन्छ ।
जिमेल भनेको के हो?
जीमेल गूगलले Google प्रदान गरेको नि:शुल्क इमेल सेवा हो।
इमेल पठाउने तरिका
- इमेल खाता बनाउनुहोस्: पहिलोपटक इमेल पठाउनको लागि, तपाईंले एउटा इमेल खाता बनाउनुपर्छ। यसको लागि विभिन्न ईमेल सेवाहरू छन् जस्तै Gmail, Yahoo, AOL आदि। तपाईंको खाता तयार भए पछि, तपाईंले इमेल पठाउन सक्नुहुन्छ।
- लगिन गर्नुहोस्: तपाईंको ईमेल खातामा लगिन गर्नुहोस्।
- नयाँ सन्देश लेख्नुहोस्: तपाईंले ईमेल अकाउंटमा लगइन गरेपछि, नयाँ सन्देश लेख्नका लागि “Compose” वा “New” बटनमा क्लिक गर्नुहोस्।
- प्राप्तकर्ता सेट गर्नुहोस्: सन्देशको प्राप्तकर्ता(हरू)को ईमेल अड्रेसहरू टाइप गर्नुहोस्। तपाईं प्राप्तकर्ताहरूको ईमेल अड्रेस टाइप गरेपछि, संदेशको विषय र सन्देशको मुख्य भाग टाइप गर्नुहोस्।
- अटाचमेन्ट: यदि तपाईंले कसैलाई फाइलहरू (documents), फोटो पठाउन चाहनुहुन्छ भने, तपाईं ईमेलमा अटाचमेन्ट थप्न सक्नुहुनेछ। अटाचमेन्ट थप्नका लागि “Attach” वा “Add Attachment” मा क्लिक गर्नुहोस्।
- ईमेल पठाउनुहोस्: सबै तयार भएपछि, तपाईं ईमेल पठाउनका लागि “Send” वा “Send Email” बटनमा क्लिक गर्नुहोस्।
इमेलको फाइदा
इमेलले अनेक सुविधाहरू प्रदान गर्दछ र दैनिक जीवन, व्यवसायलाई धेरै फाइदा पुर्याउँछ। केहि महत्त्वपूर्ण इमेलको फाइदा निम्नलिखित हो:
सजिलो तरिकाले सन्देश पठाउन: इमेलले तपाईंलाई सजिलो तरिकाले सन्देश पठाउँन मद्दत गर्छ।
फाइलहर पठाउन: इमेलमा तपाईं फाइलहरू पठाउन सक्नुहुन्छ, जसमा भिडियो, फोटो, डोकुमेन्ट, स्प्रेडशीटहरू, आदि रहेका हुन्छन्।
गोपनीयता: इमेलले गोपनीयता प्रदान गर्दछ र तपाईंले जसलाई पठाउँन खोज्नु भएको हो सिधै त्यो व्यक्तिकोमा पुग्छ ।
अनलाइन व्यापार: इमेलले व्यापारिक क्रियाकलापमा प्रयोग हुन्छ, जसले आफ्नो ग्राहकहरूसँग संवाद गर्न र न्यूजलेटर मार्फत उनीहरूलाई नयाँ प्रोडक्टहरूको अपडेट प्रदान गर्न सक्दछ।
अनलाइन मार्केटिङ: व्यापारिक क्षेत्रमा इमेलले विज्ञापन, अफरहरूको बारेमा सूचना दिन सक्छ।
यो मात्र केहि उदाहरणमात्र हो, र इमेलले विभिन्न विधाहरूमा तपाईंको जीवनलाई सजिलो बनाउँछ।