सांस्कृतिक सम्पदा (sanskritik sampada) भनेको त्यस्तो सम्पदा हो जसले कुनै व्यक्ति या समाजको प्रतिनिधित्व गर्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिएको हुन्छ। कुनै पनि देश, समाज वा समुदायको ऐतिहासिक, कलात्मक, धार्मिक, सामाजिक र सांस्कृतिक विशेषता बोकेको सम्पत्ति हो। यसले हाम्रो पहिचान, इतिहास र परम्पराको झल्को दिन्छ। नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा सांस्कृतिक सम्पदाको महत्व झन् बढी हुन्छ।
सांस्कृतिक सम्पदा मूर्त (जस्तै भवनहरू, अभिलेखहरू) र अमूर्त सम्पदा (भाषा र ज्ञान) हो जुन कुनै समूह वा समाजको महत्वपूर्ण हिस्सको रुपमा रहेको हुन्छ। मूर्त सांस्कृतिक सम्पदा भन्नेले भौतिक कलाकृतिहरू जुना एक पुस्ताले बनाएर अर्को पुस्तामा हस्तान्तरण गरिएको हुन्छ। जस्तै हनुमानढोका दरबार, स्वयम्भूनाथ, पशुपतिनाथ आदी।
सांस्कृतिक सम्पदाको अर्थ
सांस्कृतिक सम्पदा भन्नाले हाम्रा पुर्खाहरूबाट प्राप्त गरिएका त्यस्ता मूल्यवान वस्तुहरू, परम्परा, चलन, कला, भाषा, धर्म, र ऐतिहासिक स्थलहरूलाई जनाउँछ, जुन हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्छन्।
सांस्कृतिक सम्पदाका प्रकारहरू
सांस्कृतिक सम्पदालाई मुख्यतः दुई प्रकारमा विभाजन गर्न सकिन्छ:
१. भौतिक सांस्कृतिक सम्पदा (Tangible Cultural Heritage)
भौतिक रूपमा देख्न, छोइन र अनुभव गर्न सकिने सम्पदा हुन्:
- मन्दिर, स्तूपा, गुम्बा, मस्जिद जस्ता धार्मिक स्थलहरू
- दरबार, गढी, पाटी–पौवा, इनार जस्ता ऐतिहासिक संरचनाहरू
- चित्रकलाहरू, मूर्तिहरू, पुराना हस्तलिपिहरू
२. अभौतिक सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage)
यस्ता सम्पदाहरू आँखाले देख्न सकिँदैन तर अनुभव गर्न सकिन्छ:
- भाषा, संगीत, नाच, लोकगीत
- जात्रा, पर्व–उत्सव, परम्परागत रीतिरिवाज
- परम्परागत ज्ञान, उपचार पद्धति
नेपालमा रहेका प्रमुख सांस्कृतिक सम्पदाहरू
नेपालमा सयौं सांस्कृतिक सम्पदाहरू छन्, जसमा केही विश्व सम्पदा सूचीमा समेत सूचीकृत छन्:
- काठमाण्डौं दरबार स्क्वायर
- पशुपतिनाथ मन्दिर
- स्वयम्भूनाथ
- बौद्धनाथ
- पाटन दरबार स्क्वायर
- भक्तपुर दरबार स्क्वायर
- लुम्बिनी – गौतम बुद्धको जन्मस्थल
सांस्कृतिक सम्पदाको महत्व
पहिचानको आधार – हाम्रो जातीय, धार्मिक र सांस्कृतिक पहिचानको प्रतीक हो।
पर्यटन प्रवर्द्धन – सांस्कृतिक सम्पदाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ।
शिक्षा र अनुसन्धान – विगतको अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्याउँछ।
सामाजिक एकता – विभिन्न संस्कृति बीचको मेलमिलाप र सहकार्यलाई प्रोत्साहन गर्छ।
सांस्कृतिक सम्पदाले मानिसहरूलाई एकताको महसुस गराउँछ। सांस्कृतिक सम्पदाहरुलाई हेरेर अघिल्लो पुस्ता, तीनको जिवनसैली आदी बारेमा अझ राम्ररी बुझ्न सकिन्छ। हाम्रो समाजको उत्पती देखी वर्तमान सम्म आईपुग्दा के कस्तो परिवर्तनहरु भए त्यो पनि छर्लङ्ग हर्ने सकिन्छ। हाम्रो सम्पदाले हाम्रो विगतलाई देखाउँछ।