कम्प्युटर सिक्ने तरिका | Ways to learn computers

कम्प्यूटर सिक्ने विभिन्न तरिकाहरु छन्। आजको युग डिजिटल युग हो। हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग अनिवार्यजस्तै बनिसकेको छ – शिक्षा, व्यापार, स्वास्थ्य, सञ्चार, तथा सरकारी सेवासम्म। यस्तो अवस्थामा कम्प्युटर चलाउन नजान्नु भनेको संसारसँग पछाडि पर्नुजस्तै हो। यदि तपाईं कम्प्युटर सिक्ने सोचमा हुनुहुन्छ भने, यो लेख तपाईंका लागि हो।

website designing training

यस लेखमा हामी कम्प्युटर सिक्न कस्ता तरिकाहरू छन्, कहाँबाट शुरू गर्ने, कुन विषयहरू प्राथमिकता दिने, र कसरी अभ्यास गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिनेछौं।

कम्प्युटर किन सिक्ने?

कम्प्युटर सिक्नुका केही प्रमुख फाइदाहरू:

  • रोजगारीको अवसर बढ्छ
  • अनलाइन शिक्षा सजिलो हुन्छ
  • बैंकिङ, टिकट बुकिङ, फारम भर्ने जस्ता काम गर्न सकिन्छ
  • सिर्जनात्मकता अभिव्यक्त गर्न सहयोग पुग्छ (जस्तै: ग्राफिक्स डिजाइन, भिडियो एडिटिङ)
  • इन्टरनेटको सही प्रयोग गर्न सकिन्छ

कम्प्युटर सिक्न तरिका

अनलाइन सिक्नुहोस्: इन्टरनेटमा उपलब्ध विभिन्न कम्प्यूटर सिकाउने प्लेटफर्म जस्तै कि , edX, Udemy, र Khan Academy मा पनि सिक्न सकिन्छ। कुनैमा नि:शुल्क सिक्न पाईन्छ भने कुनैमा शुल्क पनि लाग्ने गर्दछ । युट्युब मार्फत पनि नि:शुल्क थुप्रै कुराहरु सिक्न सकिन्छ । वेबसाईट डिजाईनिङ सिक्नको लागी w3shools.com पनि एउटा नि:शुल्क र राम्रो वेबसाईट हो ।

अध्ययन गर्नुहोस्: आफ्नो कम्प्यूटर कसरी काम गर्दछ, र विभिन्न सफ्टवेयर र अप्लिकेसनको प्रयोग बारे अध्ययन गर्नुहोस्।

प्रैक्टिस गर्नुहोस्: कम्प्यूटर प्राक्टिकल नगरिकन बुझ्न अलि गाह्रो हुन्छ। नियमिता अभ्यासले तपाईंलाई परिपक्व बनाउँछ ।

अनुभव गर्नुहोस्: कम्प्यूटर सिक्दा अधिक अनुभव प्राप्त गर्दैछ, जसले तपाईंलाई विशेषज्ञता प्राप्त गर्दछ र तपाईंलाई कम्प्यूटर काममा बढी आत्मविश्वास पनि प्रदान गर्दछ।

कम्प्युटर सिक्ने प्राथमिक विषयहरू

१. बेसिक कम्प्युटर ज्ञान

  • कम्प्युटर के हो? हार्डवेयर र सफ्टवेयर के हुन्?
  • इनपुट र आउटपुट डिभाइसहरू
  • Windows को उपयोग
  • फोल्डर, फाइल, डेस्कटप, ड्राइभ के हुन्?

२. Microsoft Office

  • MS Word: टाइप गर्ने, लेआउट बनाउने, प्रिन्ट गर्ने
  • MS Excel: डेटा इन्ट्री, तालिका बनाउने, सूत्र प्रयोग गर्ने
  • MS PowerPoint: प्रेसेन्टेशन बनाउने

३. टाइपिङ अभ्यास

४. इन्टरनेट प्रयोग

  • वेब ब्राउजर प्रयोग (Google Chrome, Firefox)
  • इमेल खोल्ने, पठाउने
  • अनलाइन फारम भर्ने, डाउनलोड/अपलोड गर्ने

५. File Management

  • फोल्डर बनाउने, फाइल Rename/Move/Copy गर्ने
  • Pendrive वा Memory कार्डबाट डाटा ट्रान्सफर गर्ने

कम्प्युटर सिक्ने मुख्य तरिकाहरू

१. प्रशिक्षण केन्द्रमा जाने

यदि तपाईं पूर्ण रूपमा शुरू गर्दै हुनुहुन्छ भने लोकल कम्प्युटर सेन्टरमा जानु सबैभन्दा उपयुक्त हुन्छ।

नेपालमा लोकप्रिय कम्प्युटर संस्थानहरू:

  • Aptech
  • NIIT
  • CTEVT-affiliated संस्थानहरू

२. अनलाइनमार्फत कम्प्युटर सिक्ने

आजको समयमा अनलाइनबाट कम्प्युटर सिक्न धेरै विकल्पहरू छन्:

  • YouTube च्यानलहरू
  • Web design Akash
  • www.w3schools.com (प्रोग्रामिङका लागि)

३. किताबको सहायताले सिक्ने

नेपालमा बेसिक कम्प्युटर सिकाउने पुस्तकहरू पनि बजारमा उपलब्ध छन्।

४. घरमै अभ्यास गर्ने

कम्प्युटर सिक्ने सबैभन्दा राम्रो तरिका भनेको नियमित अभ्यास हो। दैनिक कम्तिमा १ घण्टा अभ्यास गर्ने बानी बसाल्नुहोस्।

कम्प्यूटर सिक्नका लागि समय, उत्साह, र प्रयास चाहिन्छ । यसले तपाईंको जागिरमा, व्यक्तिगत जिवनमा, र विचारमा उन्नति ल्याउन सक्दछ।

भविष्यमा प्रयोग गर्न सकिने विषयहरू

एक पटक बेसिक कम्प्युटर सिकेपछि तपाईं निम्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्नुहुन्छ:

क्षेत्र विवरण
ग्राफिक्स डिजाइनPhotoshop, Illustrator
वेब डिजाइनHTML, CSS, JavaScript
प्रोग्रामिङ Python, C, Java
डिजिटल मार्केटिङSEO, Facebook Ads
भिडियो एडिटिङAdobe Premiere, Filmora
डेटा इन्ट्रीExcel, Google Sheet

कम्प्युटर सिक्दा ध्यान दिनुपर्ने कुराहरू

  • आफ्नै रुचि अनुसार विषय चयन गर्नुहोस्। (जस्तै: लेखन, डिजाइन, डेटा इन्ट्री, प्रोग्रामिङ)
  • नयाँ कुरा सिक्न डराउनु हुँदैन। Trial and error बाट धेरै कुरा जान्न सकिन्छ।
  • जुनसुकै कुरा सिक्दा नोट बनाएर राख्नुहोस्। पछि दोहोर्‍याउन सजिलो हुन्छ।

कम्प्युटर सिक्नको लागि आवश्यक पूर्वतयारी

१. सकारात्मक सोच र धैर्य – कम्प्युटर सिक्दा शुरूमा अलमल हुन सक्छ। तर अभ्यास र निरन्तरताले तपाईंलाई दक्ष बनाउँछ।
२. कम्प्युटर/ल्यापटप पहुँच – घरमै अभ्यास गर्न मिल्ने गरी डेक्सटप वा ल्यापटप आवश्यक हुन्छ। नहुने हो भने प्रशिक्षण केन्द्रमा जान सकिन्छ।
३. इन्टरनेटको पहुँच – सिकाइमा युट्युब, वेब साइट, अनलाइन कोर्स आदिको ठूलो सहयोग हुन्छ।

कम्प्युटर सिक्न गाह्रो होइन, तर नियमित अभ्यास र सही तरिका चाहिन्छ। प्रारम्भिक चरणमा बेसिक सिक्नुहोस्, त्यसपछि आफूलाई मनपर्ने क्षेत्र छनोट गरेर अगाडि बढ्न सकिन्छ। चाहे रोजगारी होस् या व्यक्तिगत जीवन, कम्प्युटर सिकाइले तपाईंलाई सफलताको नयाँ ढोका खोलिदिनेछ।