दशैंको लागि काठमाडौंमा किनमेल | Shopping in Kathmandu for Dashain

काठमाडौंको विभिन्न ठाउँहरुमा विभिन्न सामानहरु पाइन्छ ।

bima

असन बजार

असन बजार पुरानो बजार हो, जुन बजारको नाम नसुनेका मानिसहरु छैन होला । यो बजार भनेको नुन देखी सुनसम्म पाईने बजार हो । प्लस्टिक्, तामा, पितलका भाँडाकुँडा, लत्ताकपडा, मसला, तरकारी, मासु, मिठाई आदि खरिदका लागी सबैको लोकप्रिय रोजाइ हो । यहाँ खुद्रा देखी होलसेल पसलहरु पाईन्छन । यहाँका होलसेल पसलहरुले देश भरिका खुद्रा पसलहरुमा सामान पठाउने गर्दछ । अहिले जताततै कपडा पसलहरु छ्याप्छ्याप्ती छन तर कुनै जमाना यस्तो पनि थियो कि असन लुगा किनमेलको लागी एक प्रमुख गन्तब्य थियो । यहाँ असनको गल्ली भित्र प्लास्टिकका भाडाहरुको होल्सेल पनि छ । असनसँगै बांगेमुडामा एलेकत्रोनिक्स सामानहरुको होलसेल पनि छ । माछा पोखरी अथवा अन्य पोखरिमा राख्ने ठुला ठुला प्लास्टिकहरु यहाँ पाइन्छ ।

दशैंको लागी खाद्यान्न, पुजाको लागी, खेलौना, कपडा, भाडाहरु, धागो-लटाई, चङ्गा लगायतका सामानहरु यहाँ पाइन्छन् । बाजे-बजै देखी आमा-बुवा र नाती-नातिनिहरुको लागी चाहिने सम्पूर्ण सामानहरु पाइन्छन् ।

न्यूरोड

न्यूरोड अर्थात् नयाँ सडक काठमाडौंको अर्को एक प्रमुख व्यापारिक केन्द्र हो। न्यूरोड असन भन्दा अलि फरक छ । यहाँ धेरै जस्तो मोबाईल, कम्प्युटरका सामानहरु, गहना, महँगा लुगा अनि जुत्ताहरु पाईन्छन् । न्यूरोडको सोडा, पाउँ, पुस्टकारी पनि चर्चित छ । पहिले यहाँ रन्जना हल निकै चर्चित थियो अहिले त्यो ठाउँमा रन्जना टेड सेन्टर छ जहाँ कपडाको होलसेलहरु छन् । यहाँका चर्चिता सपिङ्गा कम्प्लेक्स् हरु बिशाल बजार, रन्जना टेड सेन्टर, ताम्रकार कम्प्लेक्स्, पिपुल्स प्लजा, आरबी कम्प्लेक्स आदी हुन् ।

दशैंको लागी ब्राण्डेड जुत्ता लुगा, मोबाईल, टिभी लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरु यहाँ पाईन्छन् ।

भृकुटीमण्डप

यो पनि एउटा पुरनो बजार हो । भृकुटीमण्डपमा कम मूल्यका सामानहरु पाईन्छन् । यहाँ त्रीपालले छाएको ठुलो ठाउँमा स-साना पसलहरु छन् । यहाँ बार्गेनिङ्ग गर्न जान्नेहरु सस्तोमा सामान हात पार्छन् । यहाँ भृकुटीमण्डप बजार नजिकै सेकेन्ड ह्यान्ड किताबहरु पनि किन्न पाईन्छन् र तपाईं पुस्तकालय जान रुचाउनुहुन्छ भने यहाँ नि:शुल्क पुस्तकालय पनि छ । यहाँ घुम्नका लागी पार्क पनि छ । केहि शुल्क तिरेपछी पार्क भित्र प्रवेश पाइन्छ ।

खशी बजार

भृकुटीमण्डप नजिकै खसी बजार पनि छ । दशैंको लागी खसी किन्नु परेमा त्यहाँ जान सक्नुहुन्छ ।

दरबार मार्ग

दरबार मार्ग महँगो ब्रान्डेड सामानहरुको प्रख्यात छ । यहाँ एडिडास देखी थुप्रै अरु चलेका ब्रान्डेड सामानहरु पाईन्छन् । यहाँ तपाईं नारायणहिती संग्राहलय पनि घुम्न सक्नुहुन्छ ।

मखं

पहिलेका स्थानिय बुढापाकाहरुले यो ठाउँलाई मखं भन्ने गर्छ तर आज भोली मखन भन्ने थालियो । यहाँ पानी तपाईंले पितलका भाडाहरु, काजु-बदाम्, सुन जस्तै देखिने सुनको जलप लगाएका गहनाहरु, विवाह देखी बिउटी पार्लरलाई चाहिने विभिन्न कस्मेटिक सामानहरु, गहना बनाउन टुक्रा सुन पाइन्छ ।

किलागल, चोक्छा गल्लि

यहाँ दशैंको पुजा र अन्य पुजाको लागी चाहिने विभिन्न सामानहरु देखी लिएर, ग्याँसत्रीकको पाचक देखी अन्य आयुर्वेदिक औषधीहरु पाइन्छ । माटोको भाडाहरु पनि यहाँ नजिकै जनबाहालमा पाइन्छ ।

महाबौद्ध

दशैंमा गीत बजाउन स्पिकर देखी पाहुनालाई स्वागत गर्न कप प्लेट देखी भान्छमा चाहिने सामानहरु यहाँ पाइन्छ । खासाको सामानहरु धेरै पाइने भएकोले यो ठाउँलाई खासा बजार भनेर पनि चिनिन्छ । यहाँ हातमा लगाउने घडी बिग्रेमा बनाउने ठाउँ पनि छ स्तुपा नजिकै । यहाँ कपडाको होलसेलहरु पनि थुप्रै छ । महाबौद्धबाट जनबाहाल जाने बाटो तिर प्लास्टिकका भाडाहरुको होल्सेल पनि छ । तपाईं भाडा पसल खोल्नु हुन्छ भने होल्सेल्मा सामान पाइन्छ । त्याहाँ अरु पसलले पनि होल्सेल हो भने पनि खासमा प्लास्टिकका भाडाहरुको होल्सेल त्यहाँ त्यही एउटा मात्र हो र अर्को एउटा असनको गल्ली भित्र छ ।