ल्यापटप को मूल्य र कस्तो ल्यापटप किन्ने

बजारमा विभिन्न ब्राण्डका फरक फरक मूल्य र फिचर्सका ल्यापटपहरु पाईन्छन्। ल्यापटप किन्दा स्क्रिन साइज, हार्ड डिस्क, र्याम आदि आफ्नो कामलाई उपयुकता छ कि छैन ध्यान दिनु पर्छ । ल्यापटपमा गर्ने काम अनुसार फिचर्स र मूल्य निर्धारण हुन्छ। हामीले ल्यापटप मुल्य हेरेर किन्ने गर्छौं तर कहिले काहिँ त्यो हाम्रो निर्णय गलत पनि हुन सक्छ । ल्यापटप किन्न अघि आफूले कुन कामको लागी ल्यापटप किन्न लागेको हो त्यही अनुसार छान्नु पर्छ। सस्तो किन्दा पछि विभिन्न एड्भान्स प्रोग्राम तथा सफट्वेयर थप्दै जाँदा स्लो हुने, कुनै सफट्वेयरहरु नचल्ने समस्या पनि आउन सक्छ । अनि यस्तो भन्नुको अर्थ आवश्या नभई महँगो ल्यापटप किन्नु भनेको पनि होईन ।

bima

ल्यापटप किन्द यि कुराहरुलाई ध्यान दिनु पर्छ:

  • घरमा वा अफिसमा ईन्टरनेट चाउन मात्र हो भने साधारणा फिचर्सका ल्यापटपहरु पनि ठीक हुन्छ ।
  • काम छिटो गर्ने खालको चाहिने हो भने स्ट्रङ प्रोसेसर तथा र्याम धेरै भएको ल्यापटप आवश्यक पर्छ।
  • एनिमेसन भिडियोहरु बनाउनु पर्ने भए सबै भन्दा एड्भान्स उपयुक्त हुन्छ ।
  • ल्यापटप लिएर हिडी रहनुपर्ने खालको काम गर्नुहुन्छ भने सबैभन्दा पहिलो प्राथमिकता ब्याट्री व्याकअपलाई दिनुपर्ने हुन्छ। ब्याट्री अलि धेरै टिकाउनु पर्ने भए स्क्रीन धेरै ठुलो लिनु हुँदैन । ठुलो स्क्रीन भयो भने ब्याट्री छिटो सकिन सक्छ ।

बजारमा ५५ हजारदेखि ५ लाख माथिका ल्यापटपहरु उपलब्ध छन्। ल्यापटप किन्दा वारेन्टी, ग्यारेन्टीको सुविधा दिएको हुन्छ ।

ल्यापटपको मूल्य

Asus VivoBook E410MA Celeron Rs. 40,000
Asus VivoBook E510 Celeron Rs. 45,000

Lenovo IdeaPad L3 15ITL6 Celeron Rs. 44,000
Lenovo IdeaPad 1 2021 15ADA7 Ryzen 3 3250U Rs. 52,000

HP Notebook 14-FQ1051AU Rs. 51,000

Dell Inspiron 3511 I3 11th Gen Rs.55,000.00
Dell Inspiron 3511 I5 11th Gen Rs. 85,000.00
Dell Inspiron G15 5511 i5 11400H Rs.127,000
Dell G5 15 5505 Ryzen 7 4800H Rs.160,925

MacBook Air (M1) Rs. 137,900
MacBook Air (M2) Rs. 184,900 – Rs. 239,900
MacBook Pro 14 (M1 Pro) Rs. 280,000 – Rs. 355,000
MacBook Pro 16 (M2 Pro/Max) Rs. 420,000 – Rs. 586,000

ल्यापटपको मूल्य ब्रान्ड, ठाउँ, समय अनुसार थोरै तल माथि हुन सक्छ ।