माइक्रोसफ्ट वर्डमा के के काम गर्न सकिन्छ? | What can be done in Microsoft Word?

माइक्रोसफ्ट वर्ड माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको माईक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्ने एक कम्प्युटर सफ्टवेयर हो। यस सफ्टवेयरको मद्दतले टाइपिङ, इडिटिङ, प्रिन्टिङ गर्न सकिन्छ। अक्टोबर १९८३ मा माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.० आएको थियो। माईक्रोसफ्ट वर्डमा कुनै पनि अक्षर, अंक, तथ्याङ्क टाइप गर्न तथा व्याकरण शुद्धि पनि गर्न सकिन्छ। टाइप गरिएको वस्तुलाई प्रिन्ट गर्न वा डिजिटल फाईलको रुपमा अर्को कम्प्युटर वा मोबाईलमा पठाउन सकिन्छ। माईक्रोसफ्ट वर्ड Microsoft Word फाईलहरुलाई भविष्यको लागी सेभ (सुरक्षित) गरेर राख्न सकिन्छ। यसको प्रयोग घर, विद्यालय, कार्यलयहरू आदि धेरै ठाउँहरुमा गरिन्छ।

bima

माईक्रोसफ्ट वर्डमा (Microsoft Word) विभिन्न कामहरु गर्न सकिन्छ जस्तै:

लेखन र संपादन: टेक्स्टलाई टाइप गर्न सकिन्छ। टाइप गरिएको अक्षरहरूलाई आकर्षक रूपमा संपादन गर्न, अक्षरको आकार, विभिन्न फन्ट (font), सानो, ठुलो आकार, मोटो (bold), ईटालिक (itallic), अन्डरलाइन र विभिन्न रङ परिवर्तन गर्न सकिन्छ।

स्वरूप दिनु: टाइप गरिएका टेक्स्टहरूलाई आफूले चाहेको जस्तो आकारमा चित्रहरूसहित त्यसलाई परिर्वतन गर्न सकिन्छ, जस्ले गर्दा छापिएका पानाहरु आकर्षक देखिन्छ। विभिन्न आकारमा पेज सेटअप गर्न सकिन्छ ।

तालिका र चार्ट: माइक्रोसफ्ट वर्डमा चिठ्ठी पत्र टाईप गर्न, बायो-डाटा बनाउन, ब्रोसर (ब्रोचुरे), कानुनी कागजात, निवेदन, रिपोर्ट, तालिका तथा चार्ट तयार गर्न मिल्छ जुन हाम्रो दैनिक जिवनमा धेरै उपयोगी छ।

स्पेलिङ र ग्रामर चेक: डोकुमेनमा शब्द, वाक्यका गल्तीहरू शोध्नका लागि स्पेलिङ र ग्रामर चेक पनि उपलब्ध छ।

शीर्षक र पृष्ठ संख्या: डकुमेन्टमा शीर्षक, पृष्ठ संख्या थप्न र प्रबन्ध, हेडर र फुटर राख्न सकिन्छ।

सेयरिङ: आफ्नो डोकुमेनलाई इमेलमा पठाउन, पीडीएफमा रेखाएर प्रिन्ट गर्न सकिन्छ।

डोकुमेन्ट भर्ने र बचत गर्ने: वर्ड डोकुमेन्टहरू बनाउँदा तपाईं प्रतिकृयाशील रूपमा डाटा भर्ने र ती डोकुमेन्टहरूलाई बचत गर्न सक्नुहुन्छ।

कपी पेस्ट: एउटै कुरालाई कपी, पेस्ट गर्न आवश्यक कुरालाई सजिलै हटाउन सकिन्छ।

प्रिन्टिङ: तयारी डकुमेन्टलाई प्रिन्ट गर्न सकिन्छ।