आइपिओ (IPO) भनेको के हो, किन आवश्यक छ र यसबाट हामीलाई के फाइद हुन्छ ? | What is IPO?

सेयर, म्चुवल फन्ड, बोन्ड, ऋणपत्र, आइपियो, हकप्रद, बोनस सेयर, डिभिडेन्ड आदी जस्ता नाम त सुन्छौं तर प्रष्ट नहुनसक्छ । यहिमध्ये धेरै सुनिने नाम हो आइपिओ र हामी यहाँ आइपिओमा लगानी गर्दा लगानीकर्तालाई के कस्ता फाइदा, सम्भावित जोखिम बारेमा जानकारी राख्नु राम्रो हुन्छ । जब कुनै पब्लिक कम्पनीले पुँजी संकलनको लागी प्रथम पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीको लागी निश्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ। IPO को पूरा रुप अंग्रेजीमा “इनिसियल पब्लिक अफरिङ्ग” (IPO-Initial Public Offering) हुन्छ भने, नेपालीमा यसलाई “प्रारम्भिक सार्वजनिक निष्काशन” भनिन्छ।

website designing

कम्पनीले स्वामित्व सेयरको रुपमा सर्वसाधारणलाई बितरन गरेर पूँजी संकलन गर्दछ । कम्पनीले सेयर जारी गर्न का लागि नियमहरु पूरा गर्दै सर्वसाधारण जनतामा सेयर बेच्नको प्रस्ताव ल्याउनु पर्छ। आइपिओ मार्फत हामी सिधै कम्पनीबाट सेयर खरीद गर्नका लागि आवेदन दिन्छौं । आवेदन स्वीकृत भएपछि हाम्रो डेम्याट खातामा सेयर जम्मा हुन्छ।

पब्लिक लिमिटेड कम्पनीले मात्र आइपिओे जारी गर्न पाउँछन् र यसरी जारी गरिएको सेयरलाई धितोपत्र बजारमा सूचिकृत गरिन्छ । सूचिकृत भएको सेयरलाई लगानीकर्ताले धितोपत्र बजारमा किन्न वा बेच्न सक्छन्।

किन आइपीओ (IPO) आवश्यक छ?

जब कुनै कम्पनीलाई ठूलो मात्रामा आफ्नो व्यवसाय बढाउन पूँजी चाहिन्छ, तब कम्पनीले पूँजी प्राप्त गर्न विभिन्न स्रोतहरू हुन सक्दछ, जस्तै बैंक ऋण, कम्पनीको आन्तरिक स्रोतहरू, बन्ड वा डिबेंचर, आईपीओ आदी। पूंजी आवश्यकता पूरा गर्न कम्पनीसँग धेरै स्रोतहरू हुनछ्न् तर आईपीओ बाहेक अरु स्रोतहरूबाट पूंजी संकलन गर्दा कम्पनीमा ऋणको भार पर्दछ, जुन नियमित रुपा निस्चित ब्याज तिर्नु पर्ने हुन्छ र समयमा ऋण फिर्ता गर्न दबाब पनि हुन्छ। जबकि आईपिओ मा कम्पनीले कुनै ब्याज तिर्नु पर्दैन, न त सेयरबाट उठेको रकम फिर्ता गर्नु पर्छ। यसबाट कम्पनी र सर्वसाधारण दुबैलाई फाइद हुन्छ।

आईपीओबाट कम्पनी र सर्वसाधारणलाई के फाइद हुन्छ?

आईपीओबाट कम्पनीलाई सबैभन्दा ठूलो फाइदा भनेको कम्पनीले आफ्नो आवश्यकता अनुसार प्राथमिक बजारबाट पूँजी प्राप्त गर्दछ। कम्पनीले कुनै ब्याज तिर्नुपर्दैन र नाफा भए देखी मात्र बोनस दिए पुग्छ ।
सर्वसाधारणलाई तब फाइद हुन्छ जब त्यस कम्पनी नाफामा गएमा सेयरको मूल्य बढ्छ र बदी मुल्यमा सेयर अरुलाई बेच्न पनि सक्दछ। त्यो बाहेक कम्पनीले दिने लाभांश हो।

आइपिओे लगानिको जोखिम

लगानी गरे पछी जोखिम त हुन्छ नै तर दोस्रो बजारको तुलनामा प्राथमिक बाजारमा जोखिम कम हुन्छ। यसमा नयाँ लगनिकर्ताहरुले पनि लगानी गर्न सक्दछ्न तर खराब कम्पनीको आइपीओ आउदा नबुझेर धेरै लगानी एकै चोटी गर्‍यो भने चै यसमा पनि जोखिम हुन्छ। बुझेर लगानी गर्दा जोखिम कम गर्न सकिन्छ। तपाईं नयाँ लगानिकर्ता हुनुहुन्छ भने आफुले राम्रोसँग नजाने सम्म थोरै थोरै गरी लगानी गर्दा राम्रो हुन्छ। राम्रो कम्पनीको सेयरले धेरै लाभांश दिन्छ तर कम्जोर आर्थिक अवस्था अथवा कमजोर ब्यवस्थापन भएको कम्पनीको सेयर लिनु भन्दा बैंकमा राख्दा अधिक नाफा हुन्छ ।

प्राय जस्तो लगानिकर्ता आइपिओे भन्दै कम्पनीको विश्लेषण नगरी आईपिओ खुलेजती सबै कम्पनीहरुमा लगानी गर्ने प्रवृति छ । बिना अध्ययन लगानी गर्दा सममूल्यमा किनेको शेयर पनि डुब्ने सम्भावना हुन्छ यदी कम्पनीको बितिय विवरण कमजोर छ भने । आइपिओे पूर्ण रुपले सुरक्षित छ भनेर हचुवामा लगानी गर्नु हुँदैन। नेपालमा ICRA Nepal ले आइपिओेको ग्रेडिङ गर्ने गर्दछ। ICRA Nepal ५ स्केलको ग्रेड छुट्टाएको छ, ३ अंकसम्म ग्रेड पाउने कम्पनीमा जोखिम कम हुने र ४ र ५ पाउनेमा लगानीकर्ताले आफै विचार गरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ।

आइपिओे मूल्य निर्धारणा कसरी

नेपालमा धेरै जस्तो खुल्ने आइपिओे मुल्य प्रायः १०० रुपैयाँ प्रति कित्ता तय गरिएको हुन्छ । धेरैलाई लगानिकर्ताहरुलाई सबै आइपिओेको मूल्य १०० मात्र हुन्छ भन्ने भ्रम छ।

आइपिओेको मूल्य तीन किसिमले निर्धारणा गरिएको हुन्छ

१.डिस्काउन्ट(छुट)

प्रायः आइपिओेको एउटा सममूल्य निर्धारणा गरिएको हुन्छ जस्तै नेपालमा रु. १०० रुपैयाँ सममूल्य हो। यदि कुनै कम्पनीले १०० रुपैयाँभन्दा कम मूल्यमा आइपिओे जारी गर्दछ भने त्यसलाई डिस्काउन्ट मूल्य भनिन्छ।

२.पार (सममूल्य)

नियमन निकायले आइपिओको सममूल्य मूल्य निर्धारण गरेको हुन्छ र लिमिटेड कम्पनीले त्यसलाई नै सममूल्य मान्नुपर्ने हुन्छ। नेपालमा नेपाल धितोपत्र बोर्ड्ले रु. १०० रुपैयाँलाई सममूल्य मानेको छ।

३. प्रिमियम

यदी सममूल्यभन्दा बढिमा आइपिओ जारी हुन्छ भने त्यसलाई हामी प्रिमियम मूल्य भनिन्छ। अर्थात् सममूल्य १०० हुँदा आइपिओको मुल्य १०० भन्दा माथि हुन्छ । शिवम् सिमेन्टको आइपिओ प्रिमियम मुल्यमा रु.३०० मा आएको थियो । एक कित्ताको रु. ३०० तिरे पनि लाभांस वितरण गर्दा रु. १०० को दरले हिसाब गरिन्छ ।