इन्टरनेट सम्बन्धि समस्या निवारण | Internet troubleshooting

इन्टरनेट अहिलेको डिजिटल जीवनशैलीको मुख्य आधार हो। अध्ययन, काम, मनोरञ्जन, बैंकिङ, किनमेल, तथा सामाजिक सञ्जालसम्म सबै इन्टरनेटमा निर्भर छन्। यस्ता अवस्थामा इन्टरनेटमा समस्या आउँदा हाम्रो दिनचर्या नै अस्तव्यस्त हुन सक्छ।

website designing training

मोडेमराउटरमा समस्या: तपाईंको इन्टरनेट कनेक्शनमा समस्या हुन सक्दैन, मोडेम वा राउटरमा समस्या हुन सक्दछ। मोडेम वा राउटरमाबाट तपाईंको कनेक्शनलाई रिसेट गर्ने प्रयास गर्नुहोस्।

वायरलेस कनेक्सन समस्या: यदि तपाईंको वायरलेस कनेक्सनमा समस्या छ, तपाईंको राउटरमा सहि वायरलेस नेटवर्क नाम र पासवर्ड प्रयोग गरिएको छ कि छैन हेर्नुहोस्।

सेक्युरिटी समस्या: इन्टरनेट सुरक्षाका लागि, अनलाइन खतराका र वाइरसबाट सुरक्षा गर्न तपाईंले सुरक्षित उपाय खोज्नुहोस्।

आइन्टरनेट सेवा प्रदायकको समस्या: यदि सबै प्रयास असफल हुन्छ भने, तपाईंको इन्टरनेट सेवा प्रदायकको समस्या हुन सक्छ। तपाईंको सेवा प्रदायकसँग सम्पर्क गर्ने प्रयास गर्नुपर्छ।

यदि तपाईं बारम्बार इन्टरनेट नचल्ने, स्लो चल्ने, डिसकनेक्ट हुने वा वाइफाइ कनेक्शन समस्या जस्ता समस्याबाट हैरान हुनुहुन्छ भने यो लेख तपाईंका लागि अत्यन्त उपयोगी हुनेछ।

इन्टरनेटको सामान्य समस्याहरू

इन्टरनेट चलाउँदा प्रायः देखिने समस्याहरू यस्ता हुन्छन्:

  • वाइफाइ जोडिए पनि इन्टरनेट नचल्ने
  • इन्टरनेट एकाएक बन्द हुने
  • नेटवर्क धेरै स्लो हुने
  • मोबाइल वा ल्यापटपमा वाइफाइ नदेखिने
  • “No Internet Access” वा “Connected but no Internet” देखिने
  • ब्राउजरले साइट नखोल्ने
  • DNS वा IP समस्या देखिने

इन्टरनेट समस्या निवारणका सरल तरिकाहरू

१. राउटर (Router) वा मोडेम (Modem) पुनः शुरू गर्नुहोस्

धेरैजसो समस्या राउटर/मोडेममा Cache वा Temporary Glitch का कारणले आउँछ।

के गर्ने?

  • मोडेम र राउटरलाई 10 सेकेन्डसम्म बन्द गर्नुहोस्
  • फेरि चलाउनुहोस्
  • केही समयपछि जाँच गर्नुहोस्

२. डिभाइस (जस्तै मोबाइल/ल्यापटप) पुनः शुरू गर्नुहोस्

कहिलेकाहीँ तपाईंको डिभाइसमै समस्या हुन्छ। Restart गर्दा धेरै समस्या हट्न सक्छ।

३. नेटवर्क केबल जाँच गर्नुहोस् (यदि Wired Connection छ भने)

  • LAN केबल राम्रोसँग जोडिएको छ कि छैन हेर्नुहोस्
  • पोर्ट सफा छ कि छैन हेर्नुहोस्

४. वाइफाइ पासवर्ड फेरिएको छ कि भनेर जाँच गर्नुहोस्

कहिलेकाहीँ ISP (इन्टरनेट सेवा प्रदायक) वा घरको कसैले पासवर्ड फेरिदिन्छ। यसले तपाईंको डिभाइस अटोमेटिक रूपमा Connect नभएर “Authentication Error” देखाउँछ।

५. DNS Cache खाली गर्नुहोस्

कम्प्युटरले पुराना DNS डाटाहरू Cache मा राख्दछ। त्यसले समस्या दिन सक्छ।

Windows मा के गर्ने?

Command Prompt खोल्नुहोस्

टाइप गर्नुहोस्:

ipconfig /flushdns

६. IP Address Release/ Renew गर्नुहोस्

कहिलेकाहीँ IP Conflict समस्या आउँछ। त्यसका लागि:

Windows मा:

ipconfig /release
ipconfig /renew

७. Browser Cache खाली गर्नुहोस्

Browser Cache र Cookie हरूले इन्टरनेट Browsing मा बाधा पुर्याउन सक्छ।

Google Chrome मा:

  • Settings → Privacy → Clear Browsing Data
  • Cache र Cookies टिक गरेर Delete गर्नुहोस्

८. वाइफाइ डिभाइससँग दूरी कम गर्नुहोस्

यदि तपाईं धेरै टाढा हुनुहुन्छ भने सिग्नल कमजोर हुन्छ। सकेसम्म वाइफाइ राउटर नजिकै बसेर इन्टरनेट चलाउनुहोस्।

९. Mobile Data स्लो छ भने APN जाँच गर्नुहोस्

Settings → Mobile Network → Access Point Names (APN)
सही APN सेटिङ प्रयोग गर्नुहोस् (जस्तै: ntwap, ntnet आदि)

१०. VPN प्रयोग गर्दा समस्या आउँछ?

VPN प्रयोग गर्दा कुनै सर्भर स्लो हुन सक्छ।
VPN बन्द गरेर इन्टरनेट चेक गर्नुहोस्
DNS Leak checker चलाएर समस्या पत्ता लगाउनुहोस्

ISP (इन्टरनेट सेवा प्रदायक) बाट समस्या समाधान

यदि माथिका उपायले पनि समस्या समाधान भएन भने तपाईंले इन्टरनेट सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्छ।

ISP सँग सम्पर्क गर्नु अगाडि:

  • राउटरको पावर, केबल, संकेत बत्तीहरू (Lights) जाँच गर्नुहोस्
  • सेवा अबरुद्ध (outage) छ कि छैन हेर्नुहोस्
  • अरू प्रयोगकर्तालाई पनि समस्या छ कि सोध्नुहोस्

इन्टरनेट प्रयोगमा समस्या आउनु सामान्य कुरा हो, तर सही जानकारी र उपाय थाहा भएमा सजिलै समाधान गर्न सकिन्छ। घरमै बसेर पनि धेरै समस्याको समाधान गर्न सकिन्छ। यदि समस्या प्राविधिक छ भने ISP सँग सम्पर्क गर्नु सबैभन्दा उपयुक्त विकल्प हो।