नेपालको सेयर बजार जानी राख्नु पर्ने अति उपयोगी सामान्य ज्ञान | Very useful knowledge about stock market of Nepal

कम्पनी स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै सेयर (stock) हो । सेयरलाई नेपालीमा धितोपत्र भनिन्छ। कुनै पनि कम्पनीको सेयर लिनु भनेको त्यो कम्पनीको स्वामित्व मात्र होईन जोखिम पनि लिनु हो । यसो गर्दा कम्पनीको केहि हिस्साको मालिक आफू पनि बन्न सकिन्छ र कम्पनीको मुनाफाको आधारमा लाभांश प्राप्त सकिन्छ यदी कम्पनी नाफामा गएको खण्डमा । कम्पनीमा नोक्सान भएको खण्डमा आफू पनि त्यस्को भागीदार हुनुपर्छ ।

learn English

सेयर बजार के हो ?

तरकारी खरिद बिक्री हुने ठाउँलाई तरकारी बजार भने जस्तै सेयर किनबेच हुने बजारलाई सेयर बजार भनिन्छ। तपाईले किन्नु भएको सेयर तपाईलाई बिक्री गर्न मन लाग्यो भने सेयर बजारमा सजिलै बेच्न सकिन्छ। अरु सम्पती बेच्न अलि समय लाग्न सक्छ तर सेयर आफुले बेच्न चाहेको समयमा बेच्न सकिन्छ । सेयर प्रती आकर्षण हुनुको कारणहरु मध्ये यो पनि एउटा हो । कम्पनीहरुले कमाउन थालेभने सेयर मूल्य पनि माथी जान्छ र तेस्तै गरी कम्पनीहरुमा समस्या देखिए भने सेयर मूल्य खस्किन्छ। सेयर बजारको सम्बन्ध देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ र सेयर बजारलाई अर्थतन्त्र नाप्ने ब्यारोमिटर पनि भनिन्छ तर सधैं येस्तै हुन्छ भन्ने पनि छैन। कहिले काँही विश्वका केहि देशहरुमा अर्थतन्त्र माथी जाँदा सेयर माथी नगएको पनि उदाहरणहरु छन् भने कहिले अर्थतन्त्र तला जाँदा पनि सेयर बजार माथी गएका उदाहरणहरु पनि हामीले कहिले काँही देख्न पाँउछौं ।

पृष्ठभूमी – सेयर बजार नेपाल

नेपालमा वि ।सं १९९३ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सेयर जारी गरेबाट सेयर निष्काउन गरी सर्वसाधारणबाट पुँजी संकलन गर्ने काम सुरु भएको हो र कम्पनी ऐन, २०२१ अन्तरगत २०३३ असार २२ गते सेक्युरिटी खरिद विक्री केन्द्रको स्थापना भयो । यो केन्द्र धितोपत्र कारोबार ऐन (पहिलो शंसोधन ) २०४९ अनुसार २०५० साल जेठ १३ गते नेपाल स्टक एक्सचेन्ज – नेप्से (नेपाल स्तोक्क एक्स्चेन्ज – णेप्से) लिमिटेडमा परिणत भयो । यसपछि मात्र सेयर बजारको संगठनात्मक विकास र औपचारिक रुपमा दोस्रो बजारको कारोबार शुरु भयो । नेपालमा स्टक एक्सचेन्जमा परिणत हुनुभन्दा अघी धितोपत्र बजार सम्बन्धी सम्पुर्ण काम सेक्युरिटी खरिद विक्री केन्द्र आफैंले गर्दै आएको थियो ।

सेयरमा लगानी गर्ने दुई तरिका छन् :

  • प्राथमिक बजार
  • दोस्रो बजार

प्राथमिक बजार भनेको के हो?

पहिलो पटक निष्कासन गरिएका सेयरहरुको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ। यहाँ आईपीओ (initial public offering – IPO) जारी गरिन्छ। प्राथमिक बजारलाई प्राइमरी मार्केट (primary market) पनि भनिन्छ। यस बजारमा दोस्रो बजारको तुलनामा जोखिम कम हुन्छ। नेपालको सन्दर्भमा दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा लगानिकर्ताहरुको संख्या धेरै नै छ । प्राथमिक बजार प्रवेश गर्नको लागी धेरै ज्ञानको आवश्यक्ता हुँदैन तर नराम्रो कम्पनीहरु IPO भर्दा यो प्राथमिक सेयर बजारमा पनि धाटा हुन सक्छ । त्यसैले लगानी गर्नु अघी विवरण पत्रहरु राम्रोसँग हेर्नुपर्छ । प्राथमिक सेयर बजार आफुले चाहे जती सेयर किन्न नपाइन पनि सक्छ यदी थोरै मात्र सेयर निस्काशना भएको खण्डमा ।

दोस्रो बजार भनेको के हो?

दोस्रो बजारलाई सेकेण्डरी मार्केट (secondary market) पनि भनिन्छ र प्राय जसो सेयर कारोबार बढी हुने भनेको दोस्रो बजारमा नै हो। प्राथमिक बजारमा निष्कासन गरिएको सेयर (आईपीओ) किनबेच गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ। यहाँ १०० रुपैंया को सेयर १०० भन्दा तल वा १०० भन्दा धेरै गुणा माथी पनि हुन्छ सक्छ । सेयर मुल्य कम्पनीले कमाउने नाफाको आधारमा हुन्छ । दोस्रो सेयर बजारमा धेरै नाफा पनि हुन्छ र तरिका जानिएन भने घाटा पनि हुन सक्छ । दोस्रो बजारमा लागानी गर्नको लागी ज्ञान/तालिमको अनि अनुभवको अवश्यक्ता हुन्छ । नयाँ लगानिकर्ताले दोस्रो बजारमा ज्ञान, अनुभव बिना धेरै लगानी गर्नु घाटका हुनसक्छ । अनुभवको लागी थोरै लगानीले प्रवेश गर्नु पर्छ र २-४ पटक नाफा भयो भन्दैमा हौस्निनु पनि हुँदैन । यो बजारमा धैर्यताको धेरै आवश्यक्ता हुन्छ ।

प्राथमिक सेयर बजारदोस्रो सेयर बजार
१.रु. १०० मा सेयर पाइन्छ, प्रीमियम मुल्यका IPO बाहेकरु. १०० मा सेयर पाइदैन, तर बजार धेरै घटेको बेला १०० भन्दा पनि तल आउने गर्छ नाफा कम वा घाटामा गएका कम्पनीहरु
२. कम जोखिमबढी जोखिम
३.समान्य ज्ञानबाट प्रवेश गर्न सकिनेनाफा कमाउन बजारको राम्रो ज्ञान हुनुपर्छ
४.चाहे जती सेयर किन्न नपाईनेचाहे जती सेयर किन्न पाईने