कम्प्युटर भाइरस भनेको कुनै रुघाखोकी लाग्दा आउने भाइरस जस्तो जीवाणु तथा किटाणु होइन.यो कुनै बिषेस सफ्टवेयर हो जसले हाम्रो कम्प्युटरको कुनै पनि कार्यमा बाधा दिने प्रोग्राम बन्द गरिदिने,बारबार कुनै एकै प्रकारको सूचना देखाउने,कम्प्युटर अटोमेटिक बन्द गराउने,कम्प्युटर लाई कामै नलाग्ने बनाउने आदि काम गर्दछ.
प्राय कम्प्युटरमा बारम्बार कार्य अवरोध आईराख्यो अनि कम्प्युटर आफैं स्वीच अफ भैराख्यो भने हामी कम्प्युटरमा भाइरस आएछ भन्ने शंका गर्छौं.तर तेसो हुँदैमा भाइरस ले गर्दा नै भएको हो भन्न मिल्दैन.
तर तपाईंको कम्प्युटरमा भएका फाईल हरु बिग्रेर नखुल्ने,आँफै फोल्डरहरु बन्ने अनि डिलिट गर्न नमिल्ने,पेनड्राईभ मेमोरिकार्ड आदि मिडिया हरु म पनि फोल्डर बन्ने,कुनै अर्कै काम गरिरहेको बेलामा नचाहिने नोटिफिकेसन देखाइरहने आदि कुनै घटना भएमा चाँही १ पटक कम्प्युटर चेक गर्नुपर्छ.
यो कसरि तपाईंको कम्प्युटर सम्म आइपुग्छ?
कम्प्युटर भाइरस फैलिने मुख्य माध्यम भनेको इन्टरनेट हो.
जब हामी कुनै साईट हेरिरहेका हुन्छौं त्यो साईट मा रहेका कुनैपनि फाईलमा भाइरस छ भने हाम्रो कम्प्युटरमा सोझै आउन सक्छ.
अरु माध्यम भनेका हामीले कम्प्युटर मा प्रयोग गर्ने पेनड्राईभ,मेमोरिकार्ड,सिडी,फ्लोपी,हार्डडिस्क आदि हुन्.
भाइरस बाट ग्रसित कम्प्युटर म प्रयोग गरेको कुनैपनि मिडिया तथा फाईलहरु अर्को कम्प्युटरमा ट्रान्सफर गर्दा भाइरस पनि सर्न सक्छ.
कतिपय भाईरस हरु अटो रन(autorun)नामक कमाण्ड बाट स्वत: इन्स्टल हुन्छन त केहि चाहिं हाम्रो अज्ञानता बाट हामी आँफै इन्स्टल गर्छौं.
धेरैजसो भाइरस हरु अदृस्य रुपमा नै कम्प्युटरमा क्षति गरिरहेका हुन्छन.
भाइरसले कम्प्युटरमा के खराबी गर्न सक्छ?
भाइरस ले कम्प्युटरको गति कमि हुनुका साथै नचाहिंदा कामहरु पनि गर्नसक्छ. कम्प्युटरमा भएका महत्वपुर्ण फाईलहरु बिग्रनुमा भाईरसको मुख्य भूमिका रहेको हुन्छ.
भाईरस का कारण कम्प्युटर हार्डडिस्क तथा आरएएम(RAM) नष्ट हुनसक्छ.
कम्प्युटर भाइरस बाट बच्न के गर्ने?
सर्बप्रथम त भरपर्दो एन्टिभाइरस भयो भने भाइरस बाट सुरक्षित हुन सकिन्छ.
इन्टरनेट प्रयोग गर्दा नजानेको नयाँ साईट हरु बाट कुनै फाइल डाउनलोड गर्दा भाइरस छिर्न सक्छ तेसैले अनावस्यक साइटबाट बच्नुपर्छ.
तपाईंको कम्प्युटरको फायरवाल प्रोटेक्सन (firewall protection) खुल्ला राख्नुहोस,शंका लागेका डिस्क हरु प्रयोग नगर्नुहोस,विन्डोज अपडेट सक्षम गर्नुहोस,ईमेल म्यासेज हरु खोल्दा नजानेको ईमेल ठेगाना बाट आएको मेल नखोल्नुहोस.
यति साबधानी अपनाउनु भयो भने तपाईं पक्कैपनि कम्प्युटर भाईरस बाट सुरक्षित हुन सक्नुहुन्छ !
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks