कम्प्युटर भाइरसबाट विभिन्न तरिकाले बच्न सकिन्छ | Computer viruses can be avoided in various ways

कम्प्युटर भनेको के हो भन्ने प्रश्नको उत्तरमा यो एक इलेक्ट्रोनिक यन्त्र हो जसले डाटा प्रोसेस, सूचना संग्रह र कार्यहरू सम्पादन गर्दछ। यो यन्त्र मानव द्वारा दिएको निर्देशनामा काम गर्न सक्छ जसले विभिन्न प्रकारका कार्यहरू पूरा गर्दछ। कम्प्युटरको फाइदा व्यापार, शिक्षा, संचार, विज्ञान, संगठन, मनोरञ्जन र अन्य क्षेत्रमा धेरै छ। कम्प्यूटरले गतिशीलता र दक्षता बढाउँदछ, समयको बचत गर्दछ, कार्यहरूलाई तीव्रता र प्रभावकारीता दिन्छ त्यसैले कम्प्युटरको महत्व मानवा जीवनमा धेरै छ ।

के हो कम्प्यूटर भाइरस?

कम्प्यूटर भाइरस एक प्रकारको कोड हो जस्ले कम्प्युटरलाई, यसमा भएका सिस्टमहरुलाई प्रभावित गर्छ। कम्प्यूटर भाइरसले अनेक प्रकारका हुन्छन्।

कम्प्युटर भाइरसबाट विभिन्न तरिकाले बच्न सकिन्छ

हामी सबैले प्रयोग गर्ने विन्डोजमा प्राए भाईरसले आक्रमण गर्दछ यदि यसमा एन्टिभाईरस ईन्सटल गरिएको छैन भने । तर आज भोलिको विन्डोज सिस्टममा पहिलेको जस्तो भाईरसले अत्ती सताउने गर्दैन तैपनी तपाईं पुरानो सिस्टम प्रयोग गर्नु हुन्छ भने तपाईंले भाईरसको समस्या भोगी रहनु भएको हुन सक्छ । यदि तपाइ भाइरसद्वारा निकै नै पिडित हुनुहुन्छ भने विन्डोजको सट्टामा लिनक्स, फ्रीब्स्ड जस्ता युनिक्स मा आधारित सञ्चालन प्रणाली प्रयोग गर्न सक्नु हुन्छ। लिनक्सजस्ता अपरेटिङ सिस्टमको प्रयोगद्वारा भाइरसबाट पुर्णरुपमा मुक्ति पाउनुका साथै ह्याक हुने जस्ता समस्याबाट पनि बच्न सकिन्छ।

भरपर्दो इन्टरनेट ब्राउजरको प्रयोग

विन्डोजमा जस्तै हामी सबैले प्रयोग गर्ने पुरानो Broswer Internet Explorer एक निकै नै असुरक्षित सफ्टवेयरको श्रेणीमा पर्ने गर्दछ। यदि तपाई कम्प्युटर इन्टरनेट चलाउन प्रयोग गर्नु हुन्छ भने, Internet Explorer को सट्टामा Google chrome, Mozilla Firefox, Opera आदी इन्टरनेट ब्राउजरको प्रयोग गर्नु उचित हुन्छ। त्यस्तै गरी तपाईं webpage हरुमा आउने विज्ञापनहरु देखी दिक्क हुनुहुन्छ भने तपाईंले Brave Browser पनि प्रयोग गर्न सक्नुहुन्छ। भरपर्दो इन्टरनेट ब्राउजरको प्रयोगले पनि थोरै बढी मात्रामा सुरक्षित हुन सकिन्छ।

एन्टिभाईरसको प्रयोग

भरपर्दो इन्टरनेट ब्राउजरको प्रयोगले केहि मात्रामा सहयोग गरे पनि भाइरसबाट पूर्ण सुरक्षित रहनको लागी सबै भन्दा राम्रो उपाय एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु नै उत्तम उपाय हो र आफू पनि सतर्क रहनु जरुरी हुन्छ। किनकी ह्याकर्सहरुले तपाईंको कम्प्युटर सम्म पहुँच बनाउन विभिन्न नयाँ नयाँ तरिकाहरु अपनाईरहेका हुनछन् । Antivirus बनाउँदा बिगतमा भएका साइबर आक्रमणहरु अनि भविष्यमा हुन सक्ने सम्भावित आक्रमणहरुलाई प्रयासका तरिकाहरुलाई निस्तेज बनाउन सक्ने गरी प्रणाली विकास गरिएको हुन्छ । भविष्यमा कसैले नौलो तरिकाबाट आक्रमणा गर्‍यो वा भनऔ एन्टिभाईरस बनाउनेहरुले नसोचेको तरिका, एन्टिभाईरस बनाउनेहरुले कल्पना भन्दा बाहिरको तरिकाले आक्रमण गर्‍यो भने एन्टिभाईरसले पनि त्यस्तो आक्रमण रोक्न सक्दैन । एन्टिभाईरस सुरक्षित हुन्छ तर १००% सुरक्षित हुँदैन । तैपनी एन्टिभाईरसको प्रयोगले हामीलाई धेरै नै मद्दत गर्छ र हामीले आफ्नो कम्प्युटरमा भएको एन्टिभाईरसको उपडेट आउने बित्तिकै उपडेट गर्नु पर्छ जस्ले गर्दा हामी नयाँ नयाँ तरिकाको आक्रमण प्रयासहरुबाट धेरै हद सम्म सुरक्षित रहन सक्छौ । कम्प्युटरमा जहिले पनि राम्रो एन्टिभाईरस प्रोग्राम राख्नुहोस् र त्यसलाई निरन्तर रुपमा अपडेट गरि राख्नुहोस्। फ्रीमा पाईने एन्टिभाईरसहरु सधैं राम्रो नहुन सक्छ । त्यसैले राम्रो एन्टिभाईरस किन्नु नै ठीक राम्रो हुन्छ ।

इमेल

इमेलमा आएका जे पायो त्यही लिंन्कहरु क्लिक नगर्दा नै उचित हुन्छ। यदि नचिनेको व्यक्तिबाट आएको इमेल हो र त्यसमा अत्तच्मेन्ट छ भने, त्यस्ता इमेल नखोल्न नै राम्रो हुन्छ। अत्तच्मेन्ट भन्नाले फाईलहरु अट्याच गरेर पठाएको हुन्छ । अत्तच्मेन्ट छ कि छैन भनेर हामीले ईमेल नखोली बाहिरबाट नै देखिन्छ जस्तै कुनैमा PDF देखाउँछ भने कुनैमा पेपरक्लिपको जस्तो आईकोन देखिन्छ ।

जथाभाबी चोरीको सफ्टवेयरहरू डाउनलोड नगर्ने

त्यस्तै इन्टरनेटबाट जथाभाबी रुपमा सफ्टवेयरहरू डाउनलोड गरेर चलाइ रहनु पनि हुँदैन। इन्टरनेटबाट जथाभाबी जुन पायो त्यही वेबसाईटहरुबाट सफ्टवेयरहरू डाउनलोड गरेर चलाउने बानी छ भने आजै छोडिदिनुस् तपाईंको यो बानि। पैसा तिरेर किन्नु पर्ने सफ्टवेयरहरू सित्तैमा डाउनलोड गरेर चलाउन पायो भनेर मख्ख नपर्नुस् किनकी यसरी सितैमा पाइने सफ्टवेयरहरूमा भाइरसहरु पनि टासिएर आउँन सक्छ जुन हामीलाई थाहा नहुन सक्छ।

कुनै सितैमा पाइने opensource software हरु राम्रो पनि हुन्छ यदी त्यही सफ्टवेयर निर्माता कम्पनीको वेबसाईटबाट डाउनलोड गरिएको हो भने । opensource software भन्नाले फ्री सफ्टवेयर हो जुन प्रयोग गर्दा कसैलाई पनि कुनै शुल्क तिर्नु पर्दैन । opensource software भन्नले पैसा नलाग्ने सफ्टवेयर हो भने चोरीको सफ्टवेयर भन्नाले पैसा तिर्नु पर्ने सफ्टवेयर तर चोर बाटोबाट सितैमा डाउनलोड गर्नु ।

पेनड्राइभ

पेनड्राइभबाट छिटो र सजिलै भाइरस सर्ने गर्दछ । पेनड्राइभ कम्प्युटरमा हाल्ने बित्तिकै त्यसमा भएका भाइरसहरू आफैं कम्प्युटरमा सर्ने गर्दछन्। त्यस्तै गरी कम्प्युटरमा भएको भाइरसहरू पनि पेनड्राइभमा आफैं सर्ने गर्दछ । यदी कम्प्युटरमा एन्टिभाइरस छ भने पेनड्राइभबाट आउने भाइरसहरुले खासै दु:ख दिदैन नत्र धेरै समस्या पैद हुन सक्छ । सके सम्म आफ्नो पेनड्राइभ एन्टिभाइरस नभएको कम्प्युटरमा घुसाउनु हुँदैन । अनि आफ्नो कम्प्युटरमा एन्टिभाइरस छैन भने अरुको पेनड्राइभ घुसाउनु हुँदैन किन कि त्यस्मा भाइरस हुन सक्छ । यदि पेनड्राइभमा भाईरस सरेमा एन्टिभाईरस भएको कम्प्युटरमा राखेर भाईरस हटाउन सकिन्छ ।

पेन ड्राइभ, डिभिडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले एन्टिभाईरसले स्क्यान गर्नुहोस् अनिमात्र खोल्नुपर्छ।

भाइरसले कम्प्युटरको हार्डवेयरलाई बिगार्ने भन्दा पनि फाइल तथा डेटाहरु खोल्न नमिल्ने, डिलिट गर्ने, चोर्ने आदी समस्या पैदा गर्दछ। त्यसैले आफ्ना फाइल तथा डेटाहरुको ब्याकउप लिएर सुरक्षिता तरिकाले राख्नु राम्रो हुन्छ। भाईरसको समस्याबाट बच्न वा धेरै हद सम्म कम गर्न एन्टिभाइरस सफ्टबेयरको प्रयोग गर्नु नै सबैभन्दा राम्रो उपाय हो र नयाँ नयाँ तरिकाबाट हुने आक्रमणहरुबाट पनि सधै सतर्क रहिरहनु पर्छ।