वेबसाइट भनेको इन्टरनेटमा देखिने एउटा डिजिटल पृष्ठ (page) हो, जहाँ तपाईँले जानकारी, सेवा वा उत्पादन राख्न सक्नुहुन्छ। वेबसाइटहरू व्यक्तिगत, व्यापारिक वा सरकारी उद्देश्यका लागि बनाइन्छ। शुरुमा तपाईं किन वेबसाइट बनाउन चाहनुहुन्छ भन्ने कुरा स्पष्ट हुनुहोस्। जस्तै उदाहरणको लागि व्यक्तिगत ब्लग, व्यवसाय प्रवर्द्धन, अनलाइन पसल (eCommerce), न्यूज पोर्टल आदि ।
यहाँ वेबसाइट बनाउनुको केही सामान्य लक्ष्यहरू:
- ट्राफिक (वेबसाईट हेर्ने मान्छेहरु) प्राप्त गर्न
- बिक्री बढाउन
- तपाईंको काम प्रदर्शन गर्न
वेबसाइट बनाउने प्रक्रिया
१. डोमेन नेम छान्नुहोस्
डोमेन नाम भनेको तपाईंको वेबसाइटको ठेगाना हो (जस्तै: www.tapainkosite.com)। यो युनिक हुनुपर्छ र तपाईंको उद्देश्यसँग मेल खानुपर्छ।
राम्रो डोमेन नेम छान्ने उपयोगी सुझावहरू
सजिलो र छोटो राख्नुहोस्
डोमेन नेम छोटो र टाइप गर्न सजिलो भए राम्रो हुन्छ। उदाहरण:
- shoeshop.com
- gorkhatours.com
बुझ्न सजिलो र उच्चारण गर्न मिल्ने बनाउनुहोस्
बुझ्न सक्ने र उच्चारण गर्न सजिलो नाम रोज्नुहोस्। उदाहरण:
- nepalhiking.com
- onlineclassnepal.com
कीवर्ड (keyword) समावेश गर्नुहोस्
SEO को लागि फाइदा पुग्ने भएकाले डोमेनमा तपाईंको व्यवसायसँग सम्बन्धित कीवर्डहरू राख्नुहोस्।
उदाहरण (long tail keywords):
- digitalmarketingnepal.com
- pokharahotelbooking.com
.com प्रयोग गर्नुहोस् (यदि उपलब्ध छ भने)
.com सबैभन्दा लोकप्रिय डोमेन एक्सटेन्सन हो। यदि सम्भव छ भने .com रोज्नुहोस्। अन्य विकल्पहरू:
- .net
- .org
- .com.np (नेपालका लागि निःशुल्क) Cover letter for NP domain registration
संख्याहरू र हाइफनहरू जति सक्दो प्रयोग नगर्नुहोस्
संख्या (123) र ड्यास (-) प्रयोग गर्दा भ्रम हुन सक्छ। उदाहरण:
Right – bestnepalshop.com
Wrong – best-nepal-shop123.com
युनिक र ब्रान्ड योग्य बनाउनुहोस्
ब्रान्ड बनाउने सोच छ भने नाम अरूसँग मिल्दोजुल्दो भन्दा पनि युनिक नाम प्रयोग गर्नुहोस्।
भविष्य सोचेर चयन गर्नुहोस्
तपाईंको व्यापार वा ब्लग भविष्यमा विस्तार हुन सक्छ, त्यसैले अलि बृहत नाम रोज्नुहोस्।
उपलब्धता जाँच गर्नुहोस्
डोमेन नेम रजिष्टर गर्नुअघि त्यसको उपलब्धता जाँच गर्नुहोस्। निम्न साइट प्रयोग गर्न सक्नुहुन्छ:
- atnepal.net
- register.com.np (.com.np का लागि)
२. वेब होस्टिङ छान्नुहोस्
वेब होस्टिंग भनेको तपाईंको वेबसाइटलाई इन्टरनेटमा देखाउनका लागि आवश्यक पर्ने ठाउँ हो। वेब होस्टिंग एउटा सेवा हो जसले तपाईंको वेबसाइटको डेटा (जस्तै अक्षर, फोटोहरु, र भिडियोहरू) को लागि सर्भर स्पेस प्रधान गर्दछ। लोकप्रिय होस्टिङ सेवा प्रदायकहरू:
- Hostinger
- Bluehost
- SiteGround
३. CMS (Content Management System) छान्नुहोस्
CMS (Content Management System) ले सजिलै वेबसाइट व्यवस्थापन गर्न मद्दत गर्छ।
लोकप्रिय CMS: WordPress (सबैभन्दा सजिलो र लोकप्रिय)
3.1. थिम र डिजाइन चयन गर्नुहोस् (Choose Theme and Design)
WordPress वा अन्य CMS मा धेरैजसो रेडीमेड डिजाइन (थिम) हुन्छन्। आफ्नो वेबसाइटको शैली अनुसार एक उपयुक्त थिम छान्नुहोस्।
3.2. मुख्य पृष्ठहरू तयार गर्नुहोस्
सामान्य रूपमा निम्न पृष्ठहरू आवश्यक हुन्छन्:
- Home (मुख्य पृष्ठ)
- About Us (हाम्रो बारेमा)
- Services / Products
- Blog (ब्लग लेखहरू)
- Contact Us (सम्पर्क पृष्ठ)
3.3. SEO सेटअप गर्नुहोस्
SEO (Search Engine Optimization) ले तपाईंको वेबसाइटलाई Google जस्ता सर्च इन्जिनमा राम्रो र्याङ्किङ दिन सहयोग गर्छ। केही सुझावहरू:
उचित टाइटल र मेटा डिस्क्रिप्सन प्रयोग गर्नुहोस्
Main keywords समावेश गर्नुहोस्
मोबाइल फ्रेन्ड्ली बनाउनुहोस्
वेबसाइट बनाउन चाहनेहरूका लागि सुझाव
फ्री वेबसाइट बनाउन चाहनुहुन्छ भने: Wix, WordPress.com वा Blogger प्रयोग गर्न सक्नुहुन्छ।
प्रोफेशनल वेबसाइटको लागि: WordPress.org + Premium Hosting उपयुक्त हुन्छ।
कोडिङ जान्नुहुन्छ भने: HTML, CSS, JavaScript प्रयोग गरेर कस्टम वेबसाइट बनाउनुहोस्।
आजको डिजिटल युगमा वेबसाइट हुनु अनिवार्यजस्तै छ। चाहे तपाईं ब्लगर हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ वा सानो व्यापार चलाउनुहुन्छ – आफ्नै वेबसाइट बनाएर इन्टरनेटमा आफ्नो उपस्थिति स्थापित गर्नुहोस्। माथिका स्टेपहरू पालना गरेर तपाईं सजिलैसँग आफ्नै वेबसाइट बनाउन सक्नुहुन्छ।