stock market

Secondary market in share market दोश्रो बजार

FAQ (frequently asked questions) in secondary market of stock market in Nepal

Sensitive index भनेको के हो ?
सबै A class institution को मात्रै collective index निकालेको sensitive index हो ।

FPO कसरी किन्न सकिन्छ ?
पहिला कुन कम्पनिले FPO खुलाउछ जानकारी हुनुपर्छ तेसपछि IPO माग गरेझैं भर्ने तर यसकाे मुल्य १००/- भन्दा बढिनै ताेकियकाे हुन्छ।

IPO र FPO मा के फरक छ ?
IPO कुनै पनि कम्पनि बित्तिय संस्थाले पहिलो पल्ट खोलिएको सेयर हो यसको सेयर मुल्य १०० हुन्छ भने FPO एक चोटी IPO खोलि सकेकाले फेरी खोलिने सेयर हो यसको सेयर मुल्य १०० लाई आधार मानेर कम्पनिको आफ्नो मुनाफा अनुसार रकम निर्धारण गरी १०० भन्दा माथि तोक्छन् तसर्थ यो खरीद गरिने सेयर नभएर सबैले भरेर IPO जस्तै पर्ने हो फरक यति हो यसमा सेयर मुल्य खोल्ने संस्थाले १०० भन्दा माथि निर्धारण गरेका हुन्छन् ।

सेयर बेच्न के गर्नु पर्छ ?
सेयर बेच्न KYC भर्न पर्छ कुनै ब्रोकर कहाॅ जानु पर्छ।

दोश्रो बजारबाट (सेकेण्डरी मार्केट) सेयर खरिद गर्ने के गर्ने ?
दोश्रो बजारबाट सेयर खरिद गर्ने हो भने कुनै पनि ब्रोकर अफिसमा जाने, KYC भर्न पर्छ, सेकेण्डरी मार्केटमा कारोबार गर्नका लागि निबेदन दिने।

TMS ma २५% रकम ब्रोकर लाई अनिबार्य अग्रिम जम्मा गरिदिनुपर्ने हो की चेक मात्र दिए हुने हो?
नियम अनुसार २५% रकम हो।

सेयर लिलामीमा आवेदन दिन सम्बन्धित कम्पनिको सेयर हुनुपर्छ कि पर्दैन ?
पर्दैन।

अक्सन (auction) सेयर कहाँ गएर खरीद गर्न सकिन्छ ?
सम्बन्धित कम्पनीको सेयर रजिष्ट्रार रहेको क्यापिटलबाट र काठमाडौँ बाहिरका लागि लिलामी सुचनामै कुनै बैंक (प्राय सोही क्यापिटलकै संस्थापक बैंक) का निश्‍चित शाखा तोकेको हुन्छ।

डिबेन्चर (Debenture) लाई नेपालीमा के भन्छ ?
ऋणपत्र भनिन्छ ।

डिबेन्चर (Debenture) के हो र यसमा के पाउछ ?
डिबेन्चर भनेको निश्चित ब्याजसहित निश्चित समयावधि पूरा भएपछि फिर्ता गरिने ऋणपत्र हो। साधारण शब्दमा भन्नु पर्दा डिबेन्चर भनेको तपाईंले बैंकलाई ऋण दिने हो।
मानौ हजुरले कुनै कम्पनीको डिबेन्चर लिनु भयो भने तपाईंलाई मानौ ८ बर्ष सम्म १०% ब्याज दिन्छ र अन्तिममा सावा फिर्ता हुन्छ।

डिबेन्चरलाई दोस्रो बजारमा बिक्री गर्न मिल्छ कि मिल्दैन ?
मिल्छ।

एक जनाले कति वटा DMAT खाता (अकाउन्ट्) खोल्न मिल्छ ?
२०७७ सालको नियम अनुसार २ वटा DMAT खाता (अकाउन्ट्) सम्म खोल्न मिल्छ । पछी नियम परिवर्तन पनि हुन सक्छ ।
दुबैबाट IPO भर्न मिल्छ ?
मिल्दैन । एउटाबाट मात्र भर्न मिल्छ ।

कुनै पनि कम्पनीको book value eps pe ratio कहाँबाट हेर्न सकिन्छ ?
सेयरसँग समबन्धित बिभिन्न वेबसाईटहरुमा हेर्न सकिन्छ ।

मेरो सेयरको User id र password बिर्सिए के गर्ने ?
क्यापिटलमा (capital), जुन ठाउँबाट खाता खोलेको हो त्यही सम्पर्क गर्नुपर्छ ।

कुन कम्पनीले कती बोनस दियो कसरी थाहा पाउने ?
सेयर हिस्टोरीबाट (share history) हेर्ने।

बोनसमा आएको १ कित्ता कसरी बेच्ने ?
odd lot मा

कुनै कम्पनिको १०० कित्ता सेयर छ र उक्त कम्पनीले २५% क्यास र ५% बोनस दियो भने कति पैसा र कति सेयर पाईन्छ ?
२,५०० सय रुपैया (कर बाहेक) अनि ५ कित्ता बोनस सेयर पाईन्छ ।
प्रती कित्ता रु १०० मुल्यको १०० कित्ता सेयर IPO भर्दा
IPO मुल्य रु १०० x १०० कित्ता सेयर = जम्मा रु.१०,००० को २५% = रु. २,५०० हुन्छ ।
यदी तपाईंले दोश्रो बजारमा ५,००० प्रती कित्तामा किन्नु भएको भए पनि बोनसको हिसाब रु १०० मा हुन्छ ।

बोनस सेयरमा कती कर तिर्नु पर्छ अनि कहाँ बाट तिर्ने हो ?
धेरै जस्तो कम्पनीहरुले कर तिर्ने पैसाको बेव्स्ता कम्पनी आफैले गर्छन्, तेस्तो अवस्थामा हामीले कर तिर्नु पर्दैन।
तर यदी तेस्तो ब्यवस्था कम्पनीले गरेको छैन भने तपाईंले तोकिएको बैंक खातामा पैसा(कर) जम्मा गर्नु पर्छ ।

Certificate to DMAT

सेयर प्रमाणपत्रलाई आफ्नो DMAT खातामा जम्मा गर्नको लागि आफू नै उपस्थित हुनु पर्छ कि अरुसंग प्रमाणपत्र क्यापिटमा पठाउदा पनि हुन्छ ?
आफुनै जानु पर्छ भन्ने छैन । verified signature चाहिन्छ, अरु गए पनि हुन्छ।

सेयरको कागज भौतिक प्रमाणपत्र (physical certificate) लाई DMAT अकाउन्टमा transfer गर्न के गर्नु पर्ला ?
DMAT खाता भएको ठाउँमा प्रमणपत्र लिएर जाने र त्यहाँ भने अनुसार प्रकृया पुरा गर्ने ।

आफ्नो परिवारको नाममा भएको सेयर कसरी आफ्नो नाममा ल्याउन ?
आफ्नो परिवारको नाममा भएको सेयर आफ्नो नाममा ल्याउन दुबै जना संम्बनधित क्यापिटलमा नागरिता सहित उपस्थित भएर चिट्ठी ल्याएर पुतलीसड्क cds जाने २% नगद तिर्ने अनि पारिवारिक नामसारी हुन्छ।