यदि तपाईं अनलाइन किनमेल गर्नुहुन्छ, पैसा पठाउनु वा विदेशबाट भुक्तानी लिनुहुन्छ भने, PayPal (पेपाल) सबैभन्दा भरपर्दो र लोकप्रिय डिजिटल भुक्तानी प्रणाली हो। आजको डिजिटल युगमा पेपाल अकाउन्ट हुनु अनिवार्यजस्तै बनेको छ, विशेष गरी फ्रीलान्सर वा अनलाइन उद्यमीहरूका लागि।
यस लेखमा, हामी पेपाल अकाउन्ट कसरी बनाउने भन्ने विषयमा चरण-दर-चरण जानकारी दिनेछौं।
पेपाल के हो?
PayPal एक अनलाइन भुक्तानी सेवा हो जसको माध्यमबाट तपाईँले इन्टरनेटमा सुरक्षित तरिकाले पैसा पठाउन, लिन र भुक्तानी गर्न सक्नुहुन्छ। यो सन् 1998 मा स्थापना गरिएको थियो र हाल विश्वभर करोडौँ प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन्।
भुक्तानी पठाउने वा विदेशी खातामा पैसा पठाउने कार्यको लागि PayPal Personal Account खोल्न सकिन्छ।
पेपाल अकाउन्ट खोल्न तपाईंलाई तलका कुराहरू आवश्यक पर्छ:
- वैध ईमेल ठेगाना
- वैध मोबाइल नम्बर
- बैंक कार्ड (VISA/MasterCard – प्रिपेड वा क्रेडिट डेबिट कार्ड)
- स्थायी ठेगाना
- इन्टरनेट एक्सेस भएको कम्प्युटर वा मोबाइल
पेपाल अकाउन्ट कसरी बनाउने? (Step-by-Step)
चरण 1: पेपालको वेबसाइट खोल्नुहोस्
- ब्राउजरमा जानुहोस् र www.paypal.com मा जानुहोस्।
- देशको सूचीमा Nepal छान्नुहोस् (वा यदि छैन भने, United States वा Philippines छान्ने तरिका अपनाउनुहोस् – विदेशी पेपाल बनाउने तरिका हो यो)।
- Sign Up मा क्लिक गर्नुहोस्।
चरण 2: व्यक्तिगत वा व्यवसायिक अकाउन्ट छान्नुहोस्
- Personal Account वा Business Account मध्ये एक विकल्प छान्नुहोस्।
- सामान्य प्रयोगकर्ताका लागि Personal Account नै पर्याप्त हुन्छ।
- Next क्लिक गर्नुहोस्।
चरण 3: व्यक्तिगत विवरणहरू भर्नुहोस्
- आफ्नो ईमेल, पासवर्ड, नाम, थर, ठेगाना, फोन नम्बर, आदि सही रूपमा भर्नुहोस्।
- सबै जानकारी भरिसकेपछि Agree and Create Account मा क्लिक गर्नुहोस्।
चरण 4: बैंक कार्ड लिंक गर्नुहोस्
- आफ्नो डेबिट वा क्रेडिट कार्ड जानकारी हाल्नुहोस् (VISA/MasterCard)।
- कार्ड भेरिफाइ गर्नका लागि पेपालले सानो रकम चार्ज गर्छ, जुन पछि फिर्ता हुन्छ।
- तपाईंले बैंक स्टेटमेन्टबाट 4-अङ्कको कोड प्राप्त गर्नुहुनेछ। त्यो कोड प्रयोग गरेर कार्ड verify गर्नुहोस्।
चरण 5: ईमेल र मोबाइल नम्बर verify गर्नुहोस्
- पेपालले तपाईंको ईमेलमा एक लिंक पठाउनेछ – त्यसमा क्लिक गरेर ईमेल पुष्टि गर्नुहोस्।
- त्यसैगरी, मोबाइल नम्बरमा आएको कोड प्रविष्ट गरेर फोन नम्बर verify गर्नुहोस्।
PayPal अकाउन्ट बनाउने प्रक्रिया सरल छ, तर नेपालबाट प्रयोग गर्दा केही सीमितता हुन्छ।