चुरोट छोड्ने तरिका: आजैबाट जीवन परिवर्तन गर्ने उपायहरू

चुरोट सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ। तर थाहा हुँदा हुँदै पनि धेरै मानिसले यसबाट छुट्कारा पाउन सक्दैनन्। निकोटिनको लतले गर्दा चुरोट छोड्न गाह्रो हुन्छ, तर यो असम्भव भने होइन। इच्छाशक्ति, योजना र सही तरिका अपनाएमा चुरोट छोड्न सकिन्छ। यस लेखमा हामी चुरोट छोड्ने प्रभावकारी तरिका र सुझावहरू प्रस्तुत गर्दैछौं।

website designing training

१. चुरोट किन छोड्ने?

चुरोट छोड्नुपर्ने मुख्य कारणहरू:

  • स्वास्थ्य लाभ: चुरोटले फोक्सो, मुटु, क्यान्सर लगायतका गम्भीर रोग निम्त्याउँछ। चुरोट छोडेपछि शारीरिक क्षमतामा सुधार हुन्छ।
  • आर्थिक बचत: दैनिक रूपमा खर्च हुने पैसाको ठूलो भाग चुरोटमा जान्छ। छोडेपछि त्यो पैसा अन्य उपयोगी काममा लगाउन सकिन्छ।
  • परिवारको सुरक्षाका लागि: चुरोटको धुवाँले घरपरिवार विशेष गरी बच्चा र गर्भवती महिलालाई असर पुर्‍याउँछ।
  • जीवनको गुणस्तर बढाउने: सास फेर्ने क्षमता, गन्ध र स्वाद थाहा पाउने शक्ति, छालाको चमक आदि फेरी फर्किन्छ।

२. चुरोट छोड्न मनोवैज्ञानिक तयारी कसरी गर्ने?

  • मोटिभेसन खोज्ने: तपाईंले किन चुरोट छोड्न चाहनुभएको हो भनेर स्पष्ट कारण टिपोट गर्नुहोस्। उदाहरण: स्वास्थ्य, परिवार, भविष्य, बच्चाहरूको लागि आदि।
  • लक्ष्य मिति तोक्ने: एक निश्चित मिति रोज्नुहोस् जब तपाईंले पूर्ण रूपमा चुरोट छोड्ने निर्णय गर्नुहुन्छ।
  • आत्मविश्वास बढाउने: “म सक्छु” भन्ने सोच बनाउनुहोस्। आफूलाई सकारात्मक रूपमा तयार पार्नुहोस्।

३. चुरोट छोड्ने व्यावहारिक उपायहरू

३.१. एक्कासी छोड्ने (Cold Turkey): धेरै मानिसले अचानक चुरोट पूर्ण रूपमा छोड्ने निर्णय गर्छन्। यो उपाय दृढ इच्छाशक्ति भएका मानिसका लागि उपयुक्त हुन्छ।
३.२. बिस्तारै घटाउने (Gradual Reduction): दिनको १० वटा चुरोट खाँने बानी छ भने त्यसलाई क्रमशः घटाउँदै जानुहोस् – ८, ५, २, १ अनि पूर्ण रूपमा बन्द।
३.३. निकोटिन रिप्लेसमेन्ट थेरापी (NRT): यसमा निकोटिन गम, प्यास्टिल, प्याच, इनेलर आदि प्रयोग गरिन्छ जसले चुरोटको तिर्सना घटाउँछ।
३.४. ध्यान र योग अभ्यास: ध्यान (Meditation) र प्राणायामले मन शान्त बनाउँछ र चुरोटको तिर्सना घटाउन सहयोग गर्छ।

४. लत लाग्नेमुल बानी परिवर्तन गर्ने तरिका

खाली समय कम गर्नुहोस्: व्यस्त रहनुहोस् – पढाइ, काम, घुमघाम आदि।
तुरुन्त बदल्ने विकल्प राख्नुहोस्: चुरोटको तिर्सना लाग्दा पानी पिउने, हावा खाने आदि उपायहरू प्रयोग गर्नुहोस्।
खानेकुरा परिवर्तन गर्नुहोस्: ताजा फलफूल अथवा मनपर्ने खानेकुरा खाँदा राम्रो हुन्छ।

५. साथी र वातावरणको भूमिका

  • धूम्रपान नगर्ने साथी बनाउनुहोस्।
  • धूम्रपान गरिने स्थानबाट टाढा रहनुहोस्।
  • परिवार र आफन्तलाई आफ्नो निर्णय भन्नुहोस्, ताकि पछी फेरी खान अपठ्यारो लागोस्

६. चुरोट छोडेपछि हुने समस्याहरू

चुरोट छोड्दा केही लक्षण देखिन सक्छन्:

  • मुड स्विङ
  • हल्का झर्को लाग्ने
  • निद्रा नलाग्ने

तर कसैलाई यस्तो नहुन पनि सक्छ। तपाईंले दिनमा कती चुरोट खानुहुन्छ त्यसमा भर पर्छ। तर यी लक्षणहरू केही दिनमै हराउँछन्। यी सहन गर्न सकिने अस्थायी असर हुन्।

७. चुरोट छोडेपछि हुने फाइदाहरू

  • रक्तचाप सामान्य हुँदै जान्छ
  • स्वाद र गन्ध पहिचान गर्न सक्ने शक्ति फर्कन्छ
  • सास फेर्ने क्षमता सुधार हुन्छ।
  • थकान कम हुन्छ।
  • मुटुरोगको जोखिम कम हुन्छ।

चुरोट छोड्नु सजिलो होइन, तर असम्भव पनि होइन। बलियो इच्छाशक्ति, योजना, परिवारको समर्थन र सही तरिका अपनाएमा चुरोटको लतबाट मुक्ति सम्भव छ। स्वास्थ्यप्रति सचेत बन्ने हो भने आजैबाट चुरोट छोड्ने संकल्प गर्नुहोस्। तपाईंको एउटा निर्णयले तपाईंको जीवन मात्र होइन, तपाईंको परिवारको जीवन पनि बदल्न सक्छ।