बिहे (विवाह) मानिसको जीवनको महत्वपूर्ण मोड हो। कानुनी रूपमा मान्यता पाउनका लागि विवाह दर्ता (Marriage Registration) अनिवार्य हुन्छ। यो लेखमा हामी बिहे दर्ता कसरी गर्ने, कुन-कुन कागजात चाहिन्छ, कति शुल्क लाग्छ, र कहाँ दर्ता गर्ने भन्ने सम्पूर्ण जानकारी दिनेछौं।
बिहे दर्ता किन आवश्यक छ?
- कानुनी मान्यता प्राप्त गर्न
- नागरिकता, राहदानी, भिसा आवेदनमा सहयोग पुर्याउन
- सम्पत्ति सम्बन्धी कानुनी प्रक्रियामा सहयोग गर्न
- वैवाहिक प्रमाणपत्र आवश्यक पर्ने कामहरूमा प्रयोग गर्न
बिहे दर्ता गर्ने प्रक्रिया
१. सम्बन्धित वडा कार्यालयमा जानुहोस्
विवाह दर्ता गर्न सबैभन्दा पहिले तपाईंले निवास रहेको वडाको वडा कार्यालयमा जानुपर्छ।
२. आवश्यक कागजात तयार गर्नुहोस्
तपाईंको विवाह दर्ता गर्नका लागि निम्न कागजातहरू आवश्यक पर्छ:
- दुवै पक्षको (दुलाहा दुलहीको) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- केटा पट्टिको आमा-बुवाको नागरिकता प्रतिलिपि
- पासपोर्ट साइज फोटो (प्रायः २/२ प्रति)
३. निवेदन फारम भर्नुहोस्
वडा कार्यालयबाट विवाह दर्ता फारम प्राप्त गरी, विवरणहरू भरि दस्तखत गर्नुहोस्।
४. शुल्क तिर्नुहोस्
राजस्व रसिद प्राप्त गर्न नबिर्सनुहोस्।
५. विवाह दर्ता प्रमाणपत्र प्राप्त गर्नुहोस्
सवै प्रक्रिया पूरा भएपछि तपाईंलाई विवाह दर्ता प्रमाणपत्र (Marriage Certificate) दिइन्छ। यो प्रमाणपत्र सरकारी तथा कानुनी काममा प्रयोग गर्न सकिने मान्य कागजात हो।
कहिले बिहे दर्ता गर्ने?
नेपालमा विवाह दर्ता विवाह भएको मितिबाट ३५ दिनभित्र गर्नुपर्ने नियम छ।
बिहे दर्ता एउटा कानुनी प्रक्रिया हो जसले तपाईंको वैवाहिक सम्बन्धलाई प्रमाणित गर्छ। सानो प्रयासले तपाईंले विवाहलाई सरकारी कागजातमा दर्ता गर्न सक्नुहुन्छ। त्यसैले विवाह भएको ३५ दिनभित्र दर्ता गर्न नबिर्सनुहोस्।