वारेन बफेटको जीवन, क्यारियर र सफलता | Warren Buffett’s Life, Career and Success

वारेन बफेट विश्वका धनी व्यक्तिहरु मध्ये एक हुन्। अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी वारेन बफेट १९७० देखि बर्कशायर हथवे होल्डि कम्पनीको अध्यक्ष र सबैभन्दा ठूलो सेयरहोल्डर हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ। उनले अमेरिकाको अमेरिकन एक्प्रेस, कोकाकोला, जिलेट, वेल्स फार्गो एण्ड कम्पनी, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरुमा धेरै लगानी गरे। उनको दुई मुलमन्त्र छ, पहिलो शेयर होल्डरको धन कुनै हालतमा नोक्सान नगर्नु र दोस्रो कहिले पनि पहिलो नियम नबिर्सिनु।

वारेन बफेटको प्रारम्भिक जीवन र क्यारियर शुरूआत

वारेन बफेटको जन्म १९३० मा अमेरिकाको ओमाहा शहरमा भएको थियो। उनको पूरा नाम वारेन एडवर्ड बफेट हो। उनका बुबा एडवर्ड बफेट र उनकी आमा लीला थिइन्। वारेन बफेटले बाल्यावस्थादेखि नै व्यवसायमा गहिरो चासो राख्थे र आफूलाई चाहिने पाकेट खर्च निकालनको लागि पत्रिका पनि बेचे। वारेनको प्रारम्भिक शिक्षा ओमाहाको रोज हिल इलिमेन्टरी स्कूलबाट शुरू भयो र नेब्रास्का विश्वविद्यालयबाट विज्ञान स्नातक पूरा गरे। बफेटले हार्वर्ड बिजनेस स्कूलमा अध्ययनको लागि आवेदन दिए तर उनि अस्वीकार भए, त्यसपछि उनले कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरे।

वारेन बफेट ११ बर्षको उमेरमा सन् १९४१ मा सिटी सर्विसेजको पहिलो सेयर ३८ डलरमा किने जुन ३० प्रतिशत सम्म घट्यो र पछि ४० मा बेचेका थिए। तर, उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलर सम्म पुग्यो। पहिलो लगानीले वारेन बफेलाई लगानी गर्दा धैर्य हुनु कत्तिको महत्त्वेपूर्ण छ भन्ने कुराको राम्रो पाठ सिकायो। सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए र उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो। त्यसपछि उनको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो र सन १९६५ मा उक्त कम्पनीको सेयर खरीद गरेर सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिए। अमेरिकाको ओमाहा सहरमा प्रधान कार्यालय रहेको बर्कशायर ह्याथ्वे कम्पनीको मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो। यो कम्पनीको सेयर विश्वकै महंगो मुल्य रहेको छ। सन १९७९ मा वाफेट पहिलोपटक फोर्ब्सको अर्वपति सुचीमा नाम अंकित गरे। त्यसपछि उनले १९८८ मा, कोकाकोला कम्पनीको सेयर खरिद गर्न सुरु गरे। कोकाकोला कम्पनीको ७% सेयर $१.०२ अर्बमा खरिद गरे।

उनी संसारकै ठूलो विमान कम्पनीका मालिक हुन् तर उनले जीवनमा कहिले निजी विमानबाट यात्रा गरेनन्, कहिले कुनै किसिमको निजी कप्युटर र ल्यापटपको प्रयोग गरेनन्। उनि एकदम सादा जीवन मन पराउछ्न। उनि न त बिलाशी बाङ्ग्लामा बस्न रुचाउछन् न त महँगो गाडी नै चदछन्। उनि धेरै अध्ययन गर्छन्।

सेयर बजारको राजा वारेन बफेटले यी ५ तरिकाले पैसा कमाउँछ, यी तरिकाले तपाईं पनि फाइदा उठाउन सक्नुहुन्छ।

१. लगानी बिना योजना शुरू नगर्नुहोस्

लगानी गर्दा, यो महत्वपूर्ण छ कि तपाईसँग केहि योजना होस्, किनकि लक्ष्य बिना लगानी अक्सर लाभदायक हुँदैन। सावधानीपूर्वक लगानी पछि, परिणामहरुको लागि धैर्यतापूर्वक प्रतीक्षा गर्नु आवश्यक छ।

२. डाइवर्सिफिकेशन

वारेन बफेटको अनुसार, आफ्नो सबै अन्दाहरु एउटै तोकरीमा राख्नु हुँदैन। यो सूत्र लगानीमा पनि लागू हुनुपर्छ। तपाईंले लगानी गर्नुभएको सबै पैसा विभाजन गर्नुपर्छ। एउटा मात्र कम्पनीको सेयरमा सबै पैसा खर्च नगर्नुहोस् बरु आफुसँग भएको पैसा थोरै थोरै गरी राम्रो कम्पनीहरुमा लगाउनुस् ।

३. वैल्‍यू हेर्नुहोस्, मूल्य होइन

वारेन बफेटको अनुसार मूल्य पछि नलाग्नुस्। उनको अनुसार, प्रतिष्ठाको निर्माण गर्न 20 वर्ष लाग्छ र यसलाई बर्बाद गर्न 5 मिनेट लाग्छ। त्यसैले जब तपाईं लगानी गर्नुहुन्छ, यो सूत्रबाट कम्पनीहरू चयन गर्नुहोस्।

४. आफ्नो आयको स्रोत एउटा मात्र नराख्नुस्

उनको अनुसार, आयको एउटै स्रोतमा निर्भर नगर्नुहोस्, चाहे यो नौकरी हो। धेरै आयको स्रोतहरू सिर्जना गर्नुहोस्। यसको लागि लगानी गर्नुहोस्, यसैले केही अतिरिक्त आय बनाउछ। उनको अनुसार, यदि तपाइँ अनावश्यक चीजहरू किन्नु हुनछ भने, चाँडै एक स्थितिमा हुनेछ जहाँ तपाइँलाई आवश्यक चीजहरू खरिद गर्न सोच्नु पर्नेछ।

५. धनीले गर्छ ‘समय’ मा लगानी

वारेन बफेटको अनुसार, धनी मान्छेले ‘समय’ मा लगानी गर्छन्, जबकि नबुज्ने व्यक्तिहरू पैसामा लगानी गर्छन्। उनको अनुसार समय बहुमूल्य हुन्छ, कस्तो कामलाई कती समय दिने यही व्यवस्थापनले व्यक्तिलाई अगाडि बदाउछ।
उनको अनुसार प्रत्येक व्यक्तिले 24 घण्टा पाउँदछ । समयको सही प्रयोगलाई सही लगानी भनिन्छ।