Ramesh Damani

८००० करोडका मालिक रमेश दमानी, लगानी गुरु र भारतको सबैभन्दा सफल सेयर लगानीकर्ता Ramesh Damani

रमेश दमानी लगानी गुरु र भारतको सबैभन्दा सफल सेयर लगानीकर्ता हुनुहुन्छ। उहाले १९९० मा सेयर बजारमा यात्रा सुरु गर्नु भएको थियो जब Sensex ६०० अंकमा थियो। उहाले क्यालिफोर्निया स्टेट यूनिवर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशनमा मास्टर डिग्री गर्नु भएको छ। रमेश दमनीले निजी स्वामित्वको रमेश दमनी फाइनान्स प्राइवेट लिमिटेडमा काम गर्नुहुन्छ।

Nepali typing

सफल सेयर लगानीकर्ताका छोरा रमेश दमानी १९८८ मा बंबई स्टक एक्सचेंज (बीएसई) को सदस्य बन्नु भएको थियो । शुरुमा रमेशले आफ्नो क्यारियर स्टक ब्रोकरको रूपमा बनाउने बिचार गर्नु भएको थियो। तथापि, पछि उहाँ लगानीकर्ता बन्नु भयो। रमेश दमनीको पहिलो प्रसिद्ध लगानी ‘इन्फोसिस’ थियो। उनी जान्थे कि इन्फोसिसको भविष्य राम्रो छ। जब १९९३ मा इन्फोसिस सार्वजनिक भए, उनले 10 लाख रुपैया लगानी गरे र यो लगानीले उनलाई १०० गुना भन्दा बढी फल दियो।

“मैले थाहा पाएको थिएँ कि सेयर डबल भयो भन्दैमा यो बेचन कारण होइन।” – रमेश दमानी
रामेश दमानीको लगानी दर्शन बुझ्न सजिलो र सरल छ। उहाँ एक दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ र छोटो अवधिको लाभको लागि लगानी गर्न सुझाव दिनुहुन्न। यसबाहेक उनले कुनै पनि स्टकमा लगानी गर्नु पूर्व बहिरगमन रणनीति स्पष्ट बनाउन सबैलाई सल्लाह दिन्छ। उनले थप भन्छन् कि बजारको भविष्यवाणी गर्न गाह्रो छ, तथापि यदि तपाईंले सेयरको सावधानीपूर्वक अनुसन्धान गर्नुभयो र राम्रो रणनीति बनाउनुभयो भने तपाई सजिलैसंग सेयर बजारमा भाग्य बनाउन सक्नुहुनेछ।

Ramesh Damani
Net worth: 8000 Crores (1.24 Billion USD)
Education: HR College, Mumbai (Bachelor’s degree in Commerce)
California State University (Master’s Degree in Business Administration)
Occupation – Founder of Ramesh s Damani Finance Pvt Ltd

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks