४५ करोड अमेरिकी डलरमा बिक्री भयोे दा भिन्चीको ५०० वर्ष पुरानो ‘पेन्टिङ’

सबैभन्दा पुरानो भनिएको जीजस् क्राइस्टको तस्वीर अंकित ‘पेन्टिङ’ ४५ करोड अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ ।

प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको पाँच सय वर्ष पुरानो ‘सल्भाटोर मुन्डी’ नामले प्रख्यात जीजस् क्राइस्टको तस्वीर अंकित उक्त ‘पेन्टिङ’ अमेरिकाको न्युयोर्कस्थित लिलामीमा ४५ करोड अमेरिकी डलरमा बिक्री भएको हो ।

तर, उक्त पेन्टिङ खरिद गर्नेको नाम भने गोप्य राखिएको छ ।

बीबीसी‘का अनुसार यो विश्वभर अहिलेसम्म कै सबैभन्दा महँगो ‘पेन्टिङ’ मानिएको छ । उक्त ‘पेन्टिङ’मा जिजस् क्राइस्टले एउटा हात उठाएको र अर्को हातमा ग्लास बोकेको देखाइएको छ । प्रसिद्ध चित्रकार दा भिन्चीले उक्त पेन्टिङ बनाएपछि बेलायतका राजा चाल्र्स प्रथमलाई उपहारस्वरुप प्रदान गरिएको बताइएको छ । जुन चार बर्षअघि रुसी संग्रहकर्ता दमित्री ई रयाबोलोभ्लेवले १२ करोड १० लाख अमेरिकी डलरमा किनेका थिए ।

उक्त पेन्टिङको तल्लो भाग पूरै जीर्ण बनिसकेको छ भने पेन्टिङको पछाडीको भागमा केही प्वाल परिसकेका छ ।

imagekhabar

Stock market ideas in Nepali language