११ बर्षिया बालिकाले पाएको ११ मिलीयन डलरको सफल ब्यवसायिक उडान्

अमेरिकाको टेक्सास निबासी मिकेला उलमेर, उमेरले ११ बर्षकी मात्र भईन तर उनी मौरी पालनसँग सम्बन्धित एक ब्यबसायबाट उदाएकी छिन।

मिकैला उलमेरले तयार पारेको ‘बीस्विट लेमोनेड’ लाई आफ्नो स्टोर मार्फत बिक्रीका लागी अमेरिकाको होल फुड स्टोरले उनी सँग ११ मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ। होल फुड विश्वकै सबै भन्दा ठुलो प्राकृतिक र अर्गानिक खाध्यान्न सामाग्री बिक्री गर्ने स्टोर हो। अमेरिकाको टेक्सास, ओक्लाहोमा , अर्कान्सास, लुजियाना र फ्लोरिडा राज्यहरु स्थित आफ्ना ५५ वटा स्टोरहरु मार्फत मिकेलाले तयार पारेको ब्रान्ड ‘बीस्विट लेमोनेड’ बिक्री गरिने होल फुडले जनाएको छ।

लेमोनेड कागती पानीमा गुलियो पदार्थको समिस्रण बाट तयार पारिने एक पेय पदार्थ हो जुन अमेरिकामा युवाहरु माझ प्रख्यात छ। मिकेलाको ‘बीस्विट लेमोनेड’मा कृतिम गुलियो पदार्थको बदलामा मौरी को प्राकृतिक महको प्रयोग गरिएको छ। आफ्नो हजुरआमा हेलेनले सन १९४० ताका तयार पारेको रिसिपी लाई आधार मानेर उनले यो पेय पदार्थ मा प्राकृतिक मह को प्रयोग गेरेको जानकारी गराएकी छन। यस बाट मौरीको सरक्षण हुनुका साथै मौरीपालक किसानहरु लाभान्बित हुने उनको दाबी छ।

मिकेला गत साल सन्चालित ‘सार्क ट्यान्क्’ नामक एक टिभी कार्यक्रममा सहभागी भएकी थिइन। उनले त्यस कार्यक्रममा जितेको ६० हजार अमेरिकि डलरको पुरस्कार लाई सिड मनी्को रुपमा अाफ्प्रनो ब्यवसायलाइ अफल पार्न प्रयोग गरेकी थिइन।

मिकेलाले सन २००९ मा लेमोनेड को ब्यबसाय सुरु गरेकी हुन। कुनै पनि ब्यबसायका लागी राम्रो सँगठनात्मक ब्यबस्थापान, काम प्रतिको लगाब र आफ्नो समय आवस्यक पर्ने उनी बताउछिन। ब्यबसायमा आफ्नो समय ब्यबस्थापनका लागी मिकैला भन्छिन्’ आफु स्कुलको कक्षा समाप्त भए पस्चात आफ्नो गृह कार्य सक्छु र प्रत्येक  हप्ताको बिदा तथा स्प्रीङको बिदामा आफ्नो ब्यबसायमा काम गर्छु’। यसबाट आफु लाई धेरै पटक काम र पढाई को धपेडीले तनाब हुने गरेको समेत मिकेला बताउछीन।

तर, मिकेला सधै मौरी लाई भने मन पराउदिनन…

आफु चार बर्ष की हुँदा एक हप्ता भित्र दुई वटा मौरीले टोकेको स्मरण गर्दै मिकेला भन्छिन -‘मौरी को टोकाइ पिडाजनक थियो र म डराएको थिए।’  मौरीले टोके पछि उनकी आमाले मौरीका  बारेमा जानकारी लिन सल्लाह दिएपछि आफुले मौरी का बारेमा थप अध्यन र अनुसन्धान सुरु गरेको बताउछिन उनी।

त्यस पछि मिकैलाको भाग्यले नयाँ मोड लियो …।

मिकेलाले नयाँ लेमोनेडको ब्यबसाय सुरु गर्ने निर्णय गरिन। उनले तयार गरेको नयाँ लेमोनेडमा चिनी र कृतिम गुलियो पदार्थको बदला मौरीको महको प्रयोग गरिन्छ जुन स्वास्थकर हुने तथा मौरीको बचावट र सरक्षण गरी मौरीपालक किसानहरु को ब्यबसाय लाई सहयोग पुग्ने उनको धारणा छ।

उनको यस कार्यले आज स्कुले युवाहरु बिच मिकेला प्रेरणाको श्रोत बनेकी छीन।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks