cleaner

होटल क्लिनरबाट अर्बपति

धनीका कुरा
– यदुप्रसाद पोख्रेल, काठमाडौं

आश्विन ७, २०७४-कोही व्यक्ति अर्बौंका मालिक भएर पनि सडकमा पुगेका छन् । कोही शून्यबाट उक्लेर अर्बपति बनेका छन् । कोही अर्बपति बन्न पैतृक सम्पत्ति वा पारिवारिक सहयोग आदि आवश्यक मान्छन् । व्यक्तिमा इच्छाशक्ति र लगनशीलता भए यी सबै कुरा गौण हुन पुग्छन् ।

भारतीय मूलका मिकी जगतियानी गरिबीको अँध्यारो गल्लीबाट निस्केर अर्बपति बनेका छन् । उनको सफलताको कथा प्रेरणादायी र अतुलनीय छ । फोब्र्स पत्रिकाको पछिल्लो रिपोर्टअनुसार उनको सम्पत्ति ४ अर्ब २० करोड डलर छ ।

उनी आप्रवासी भारतीय थिए । उनको परिवार भारतबाट कुबेत आएको थियो । मिकीका पिताले शिक्षाको महत्त्व बुझेका थिए । उनले कुनै तरिकाले रकम जम्मा गरेर मिकीलाई कमर्स स्कुलमा भर्ना गरिदिएका थिए । मिकीचाहिँ विद्यालयले लिने कुनै परीक्षामा सहभागी भएनन् । परीक्षामा सहभागी नभएपछि उनलाई विद्यालयले निष्कासन गरिदियो । मिकीका पिताले भनेका थिए, ‘मेरो अवसानपछि मिकीले कसरी पेट भर्ला ? पेट भर्न उसले के गर्ला ? मैले अनुमान गर्न पनि सक्दिनँ ।’

उनका पिताको यो चिन्ताको कारण पर्याप्त थियो । सन्तानले शिक्षामा प्रगति गर्न सकेको नदेख्दा पिताबाट यस्तै चिन्ता प्रकट हुन्छ । उनी २१ वर्षको हुँदा उनीबाहेक परिवारमा कोही जीवित थिएन । उनका भाइ ल्युकिमिया रोग लागेर संसारबाटै बिदा भए । भाइको मृत्युले उनमा गहिरो असर पार्‍यो । उनका मातापिताले पनि चाँडै नै संसार छोडे । पहिले मिकी भारत आउन चाहन्थे तर मातापिता र भाइ बहराइनमा बिलाएपछि उनको सपना आफैं हरायो ।

उनी गरिबीबाट आत्तिएनन् बरु सफलताको खोजीमा लागिपरे । यही खोजीले उनलाई सफलताको उनलाई शिखरमै पुर्‍यायो । मिकीले २० वर्षको उमेरमै जीविका चलाउन धेरै संघर्ष गरेका थिए । ब्ुलम वर्गका अनुसार उनले बहराइनमा होटलका कोठा सफाइको काम गरे । फोब्र्सका अनुसार उनले लन्डनमा टयाक्सी पनि चलाए । त्यसपछि उनी बहराइन हुँदै कुबेत फर्के । त्यहाँ पनि उनको अवस्थामा कुनै सुधार आएन ।

उनले बहराइनमै व्यावसायिक संघर्ष गर्ने अठोट गरे । ६ हजार डलरको लगानीमा उनले ‘बेबी सप’ खोले । त्यसमा नयाँ डिजाइनका कपडा र अरू सामग्री थिए । त्यही बेबी सपबाट माथि जाँदै दुबईको रिटेल चेन ल्यान्डमार्कसम्म उनी पुगेका छन् । मिकीको यस कम्पनीमा हजारौं एसियाली आप्रवासीलाई जागिर दिइयो । हाल उक्त ल्यान्डमार्क कम्पनीका खाडीका देशहरू, भारत, पाकिस्तान, चीन तथा स्पेनमा ६ हजार स्टोरहरू छन् ।

मिकी सादा जीवन रुचाउँछन् । उनको एउटा मात्र कार छ । उनी श्रीमतीसहित दुबईमा बस्छन् । मिकीले प्रेरणादायी चलचित्र हेर्छन् । उनी भन्छन्, ‘म गान्धीजीको जस्तो जीवन बाँच्न चाहन्छु । म भुइँमै सुत्छु ।’ मिकी भारतमा धनी र गरिबबीच ठूलो खाडल भएको बताउँछन् । ‘मैले मुम्बई जाँदा देखें, त्यहाँका बालबालिका एक छाक मात्र खाएर ११ घण्टा पसिना बगाउँछन्,’ ब्ुलमबर्गमा उल्लेखित उनको भनाइलाई नवभारत टाइम्सले उल्लेख गरेको छ, ‘मैले त्यहाँको गरिबीको कारण बुझ्न चाहें, यो के हुँदै छ र यसको निदान के छ ?nayabato.com