एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला । तर यदि अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको कुरा गर्नुहुन्छ भने चाहीँ एक बोतल पानीको मूल्य एक करोड पर्दैन भन्ने मान्छे चाहीँ मुर्ख ठहरिनेवाला छ ।
वास्तवमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ वा अमृत किनिरहेको छु भन्ने लाग्ला । करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो छैन । पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ, उत्पादनका लागि । त्यसपछि कम्पनीले उक्त पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पूराउँदछ ।
यो पानी सायद खानका लागि होइन, लक्जरी कलेक्सन हो । बोतलको बिर्को सुनको बनाइएको छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि छुट्टा छुट्टै खोल बनाइएको छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks