गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब हो, जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्ब पनि हो ।
नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाटसहितको विशेषतासहित उपलब्ध छ, जसमा उच्च पावर कार्यदक्षता रहेको छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमेन्स रहेको छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य रु. १५० मा किन्न सकिन्छ जसमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ । हिमस्टार एलईडी बल्ब मूल्य, लुमेन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको छ, जून बल्बले तपाईँको घरमा सहि मात्रामा उज्यालो प्रदान गर्दछ ।
हिमस्टारले विभिन्न लाइटिङ तथा लुमीनारिज उपलब्ध गराउँछ । जसअन्तर्गत ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु पर्दछन् ।
हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ एलईडी बल्बको बारेमा प्रकाश पार्दै भने,‘नेपाली बजारमा हिमस्टार एलईडी बल्ब उपलब्ध भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं । हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केही समाधान गर्नका लागि सहयोग गर्नेछ, किनकी यसले न्यून उर्जाको खपत गर्ने र अन्य एलईडी बल्बहरुको तुलनामा उच्च तहको लुमेन्स प्रदान गर्दछ ।’
livingwithict.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks